कामु प्रधानन्यायाधीश कार्कीले हेर्न नभ्याएको मेयर शाहविरुद्धको मुद्दा माथेमाको इजलासमा

काठमाडौं महानगरपालिकाले सिंहदरबादरभित्रको फोहोर नउठाएको भन्दै सर्वोच्च अदालतमा दायर भएको रिटको पेशी आज बुधबार सुष्मलता माथेमाको इजलासमा परेको छ ।
यसअघि बैशाख ४ गते दर्ता भएको रिटको पेशी हिजो मंगलबार कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको इजलासमा परेको थियो ।
तर, उक्त इजलासले हेर्न नभ्याएपछि प्रारम्भिक सुनुवाइ हुन सकेको थिएन । अधिवक्ता पदमबहादुर श्रेष्ठ निवेदक रहेको यो मुद्दा माथेमाका लागि बुधबार तोकिएका पेशीको छैटौं नम्बरमा रहेको छ ।

By रेडियो अर्पण

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.