बागलुङको काठेखोला गाउँपालिका वडा नम्वर १ पाटामा आज बिहान पिकअप जिप दुर्घटना भएको छ ।
गलकोट नगरपालिका वडा नम्वर ३ हटियाबाट बागलुङ बजार जादैँ गरेको प्रदेश ३—०१—०२३ च ८६२५ नम्वरको पिकअप जिप मध्यपहाडि लोकमार्गमा दुर्घटना भएको हो । उक्त दुर्घटनामा चालक सहित चारजना घाईते भएका छन् ।
घाइते हुनेमा गलकोट नगरपालिका वडा नम्वर ३ का ५२ वर्षिय नितु श्रेष्ठ, ५७ वर्षिय विरबल श्रेष्ठ, ५९ वर्षिय कृष्ण श्रेष्ठ र चालक २६ वर्षिय अभिषेक श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय बागलुङका सुचना अधिकारी मदन केसीले जानकारी दिनुभयो ।
घाईतेहरुको अहिले धौलागिरी अस्पताल बागलुङमा उपचार भईरहेको र अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । उक्त जिप अचानक ब्रेक फेल भई मध्यपहाडि लोकमार्गबाट करिब १० मिटर तल खसेको थियो ।