वृद्धबृद्वाद्वारा कुमरोज सामुदायिक वनमा बृक्षारोपण

साउन २८ गते । कुमरोज मध्यवर्ती सामुदायिक वन उपभोक्ता समुहको वन क्षेत्रमा आइतबार बृक्षारोपण गरिएको छ । वनको ईकाइ दुई अन्तर्गत हात्ती काउन्टर नजिक बृक्षारोपण गरिएको हो । खैरहनी नगरपालिका वडा नम्बर १३ का वडा अध्यक्ष कुलप्रसाद भुसालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमम वृद्धबृद्वाहरुले विरुवा रोपेका थिए ।
सोही अवसरमा ४८ जना वृद्धबृद्वाहरुलाई सम्मान समेत गरिएको थियो । सम्मानित वृद्धबृद्वाहरुलेनै धुपी,आँप लगायतका बिरुवा रोपेका वनका कार्यालय सचिव भरत नेपालले जानकारी दिए ।
कार्यक्रमका प्रमुख अतिथि वडा अध्यक्ष भुसालले यहाँका जेष्ठ नागरिकले नै वन संरक्षण गरेको उल्लेख गर्दै युवा पुस्तालाई पनि संरक्षण गर्न प्रेरित गर्ने बिश्वास व्यक्त गरे । सम्मानित जेष्ठ नागरिककै कारण वनले अहिले मनग्ये आम्दानी गर्न सक्ने भएको छ,वडा अध्यक्ष भुसालले भने – संरक्षणलाई दिगो बनाउन यहाँ स्थानीय जिम्मेवार छन् ,युवा पुस्ताले पनि अपनत्व लिनुपर्छ । ज्यानको बाजि राखेर संरक्षणलाई प्रभावकारी वनाउन यहाँका जनताको महत्त्वपूर्ण भुमिका रहेको भन्दै उनले निकुञ्जले कतिपय ब्यवहारिक पाटोलाई ध्यान दिनु पर्ने तर्फ जोड दिए ।
सामुदायिक वनका कार्यबाहक अध्यक्ष श्याम प्रसाद बराकोटिले जेष्ठ नागरिकले वन संरक्षणमा खेलेको भूमिकाको मुल्यांकन गर्दै सम्मानसंगै उनिहरुकै हातबाट बृक्षारोपण गरिएको र यो कार्यलाई निरन्तरता दिने बताए ।
वनको इकाई दुई संयोजक निर्मल भुसालले स्वागत मन्तव्य राखेको कार्यक्रममा निकुञ्ज पुर्वी सेक्टर प्रमुख सन्त मगर,रास्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका प्रमुख रचना शाहले वन सिमानाका स्थानीयले गरेको संरक्षणकै कारण पर्यापर्यटनबाट वनले आम्दानी गरेको र त्यसले स्थानीयलाईनै फाइदा पुगेको बताए ।

By सञ्जय दवाडी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.