जेसिज सप्ताहको समापन

सौराहा जेसिजले जेसिज सप्ताहको समापन गरेको छ। सौराहाको होटल गैरिवारी रिसोर्टमा एक कार्यक्रमका बिच जेसिज सप्ताहको समापन गरिएको हो।
एक हप्ता सम्म चलेको जेसिज सप्ताहमा सौराहा जेसिजले विभिन्न समाजिक कार्यहरु गरेको थियो।समापन समारोहका प्रमुख अतिथी एवम नेपाल जेसिजका कार्यकारिणी उपाध्यक्ष रजनी थापाले सौराहा जेसिज अन्य जेसिज भन्दा अब्बल रहेको र सामाजिक उत्तरदायीत्वलाई बहन गर्न सफल भएकोमा खुसी ब्यक्त गर्नु भएको थियो।
कार्यक्रमका विशिष्ट अतिथी एवम रतननगर ६ का वडा अध्यक्ष किरण महत्तोले वडाले गर्नु पर्ने सामाजिक कार्य सौराहा जेसिजले गरेको भन्दै आवश्यक सहकार्य गर्न आफू तयार रहेको भन्दै बजेट बिनियोजन समेत गर्ने बताउनु भएको छ।
यस्तै खैरहनी १३ का वडा अध्यक्ष कुल प्रसाद भुसालले सामाजिक सेवामा जेसिज फराकिलो भैरहेको मा खुसी व्यक्त गर्दै आफु आवश्यक हातेमालो गर्न इच्छुक रहेको बताउनु भएको छ।
मृगकुन्ज उपभोक्ता समितिका अध्यक्ष दुर्गा प्रसाद घिमिरेले सरक्षणमा जेसिज सौराहाले गरेकी कार्यको मुक्तकण्ठले प्रसंशा गर्दै सरक्षणमा जेसिज र युवाको भुमिका महत्त्वपूर्ण हुने बताउनु भएको छ।
कार्यक्रममा पुर्व अध्यक्षहरुकि तर्फ बाट जेसिज सुबास चन्द्र गौतम र छिमेकी साखाका तर्फ बाट मकवानपुरगढी जेसिजका अध्यक्ष जेसि पुस्पराज पुडासैनीले मन्तव्य राख्नु भएको उक्त कार्यक्रममा छिमेकी साखाका अध्यक्ष र पदाधिकारीहरुको उल्लेख सहभागीता रहेको थियो। सौराहा जेसिजका बर्ष २०२३ का अध्यक्ष जेसि सुरेस भुसालको अध्यक्षतामा सप्पन्न भएको कार्यक्रममा एडमाएर इन्टरनेशनल कन्सल्टेन्सी सहयोगीको रुपमा रहेको थियो।

By सञ्जय दवाडी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.