भरतपुर । नेपाली खाद्य बजारमा छुट्टै पहिचान बनाउन सफल भएको हुलास ब्राण्डले चितवनका व्यवसायीलाई मंगलबार सम्मान तथा पुरस्कृत गरेको छ । भरतपुरमा एक औपचारिक कार्यक्रमको आयोजना गरी आर्थिक बर्ष २०७९/८० मा उत्कृष्ट कारोबार गर्ने विक्रेताहरुलाई सम्मान गरेको हो । हुलास फूडका प्रवन्ध निर्देशक सुरेन्द्र कुमार गोल्छा प्रमुख अतिथि रहेको सो कार्यक्रममा सङम ट्रेडर्सका सुर्य प्रकास रेग्मीले प्रथम स्थान हासिल गर्दै १५ तोला चांदी सहित पुरस्कृत भएका छन् । द्धितीय स्थान हासिल गर्दै गौतम स्टोर्स नारायणगढ १२ तोला चांदी तथा तीतृय स्थान हासिल गर्दै जय शिव गल्ला नारायणगढ १० तोला चांदी सहित पुरस्कृत भएका छन् । सो अबसरमा हुलास फूडका प्रवन्ध निर्देशक सुरेन्द्र कुमार गोल्छाले प्रतिस्र्धात्मक बजारमा हुलासको सफलतापछि थप उत्पादन बजारमा ल्याउने तयारी गरिएकोे बताए । कार्यक्रमका बोल्दै हुलास खाद्य चितवनका लागि आधिकारिक वितरक संगम ट्रेडर्सका सुर्य रेग्मीले आगामी दिनमा उपभोक्ताहरुको माझमा हुलासलाई थप लोकप्रिय बनाउने प्रतिबद्धता जनाए । कार्यक्रममा कम्पनीका बजार प्रमुख शैशवी निरौलाले उत्पादनको विशेषता र महत्वको बारेमा प्रस्तुतीकरण गरेकी थिइन् । कार्यक्रममा कम्पनीका वित्तिय प्रमुख पवन कुमार जैनले बजारीकरणको समस्या र त्यसको निराकरणको लागि प्रतिबद्धता जनाए । एरिया म्यानेजर सुजित तिमल्सिनाले कार्यक्रमको उद्देयका बारेमा प्रकास पारेका थिए । बजार प्रबन्धक सुम्निमा बास्कोटाले कार्यक्रम संचालन गरेकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर