काठमाडौं । काठमाडौंस्थित सन्डरल्याण्ड विश्वविद्यालयबाट सम्बन्धन प्राप्त प्रविधि मैत्री विदेशी शैक्षिक कार्यक्रममा अब्बल आइएसएमटी कलेजले आयोजना गरेको ‘आईएसएमटी एक्स्पो-२०२३’ भब्य रुपमा सम्पन्न भएकाे छ । आइतबार शुरु भएको एक्स्पो सोमबारसम्म चलेको थियो ।

कलेजले प्रयोगात्मक शिक्षालाई प्राथमिकतामा राखेर अध्यापन गर्दै आएको र सोही अनुशार एक्स्पो आयोजना गरिएको आइटी डिपार्टमेन्टकी सिनियर फ्याकल्टी शिला पौडेलले बताईन् । विद्यार्थीले नै बनाएका प्रोजेक्टहरु एक्स्पोमा प्रर्दशन गरिएको र एक्स्पो विद्यार्थीका लागि महत्वपुर्ण अवसर रहेको पौडेलले बताईन । बिशेष गरि आर्टिफिसियल इन्टेलिजेन्ससँग सम्वन्धित प्रोजेक्टहरु एक्स्पोमा छन् ।

एक्स्पोमा काठमाडौंसँगै काठमाडौं बाहिरका विभिन्न कलेजका विद्यार्थी अवलोकनका लागि आएको र उत्साहका साथ अवलोकन गरेको आइएसएमटी कलेजकी छात्रा स्नेहा जोशीले बताईन् । एक्स्पोमा ११ भन्दा बढी स्टल राखिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर