रत्न प्रिय कपको दोस्रो संस्करण सुरु, पहिलो खेलमा आयोजक टिम विजयी

रत्ननगर, मंसिर २५ । पूर्वी चितवनको रत्ननगर स्थित टिकौलीमा सोमवार देखि दोस्रो रत्न प्रिय कप फुटवल प्रतियोगिता सुरु भएको छ ।

वडा नं ९ मा रहेको रत्न प्रिय क्लवले आयोजना गरेको सो प्रतियोगिताको रत्ननगरका मेयर प्रलाद सापकोटा प्रमुख अतिथि रहेका थिए ।

सोमवार भएको पहिला खेलमा आयोजक रत्न प्रिय क्लव विजयी भएको छ । सौराहा फुटबल क्लवलाई पेनाल्टी सुटआउटमा ५ का बिरुद्द ४ गोलले हराउदै रत्नप्रिय क्लव विजयी भएको हो ।

निर्धारित समयमा दुबै तर्फबाट कुनै पनि गोल हुन नसकेपछि खेल पेनाल्टि सुट आउटमा धकेलिएको थियो ।

प्रतियोगितामा उत्कृष्ट गोल गरेका रत्न प्रिय क्लवका यूकेश तामाङ म्याद अफ दी म्याच घोषित हुँदै रू १ हजार पुरस्कार हात पारेका छन् ।
विजेतालाई वडा नं ९ का वडा अध्यक्ष  अन्नत अधिकारी र सेन्ट्रल कलेजका प्रमुख यज्ञ बिलास पौडेल वाई बी० ले पुरस्कार बितरण गरेका थिए ।

क्लवका अध्यक्ष  वसन्त राना मगरको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रमा वडा नं ९ का वडा अध्यक्ष  अन्नत अधिकारी, नगरपालिकाका सामाजिक विकाश शाखा संयोजक तथा वडा नं ५ का वडा अध्यक्ष  बालकृष्ण चापागाई, चितवन जिल्ला फुटबल संघका अध्यक्ष श्री कृष्ण कार्की लगाएतले मन्तव्य राखेका थिए ।

चितवन सहित मकवानपुर र नवलपरासी गरी तीन जिल्लाका १० वटा टिमको सहभागिता रहेको सो प्रतियोगितामा पहिलो हुने टिमलाई १ लाख ५५ हजार ५५५ र दोस्रो हुने टिमलाई ७७ हजार ७७७ रुपैया पुरस्कार प्रदान गरिने खेल समितिका संयोजक बिबेक अम्गाईले जानकारी दिए ।

प्रतियोगिता अन्तर्गत मंगलवार मिलिजुली युवा क्लव कालिका र खेलकुद विकास समिति रत्ननगर १२ बीच हुने जनाइएको छ ।

By सञ्जय दवाडी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.