रतननगर । चितवनकाे पर्यटकीय नगरी साैराहामा साेमबार चिकित्सकहरु बीच मैत्रीपूर्ण क्रिकेट प्रतियाेगिता गरिएकाे छ । बकुलहर रत्नगर अस्पताल र विपी काेइराला मेमाेरियल क्यान्सर अस्पतालका चिकित्सकहरु बीच मैत्रीपूर्ण प्रतियाेगिता आयाेजना गरिएकाे हाे । प्रतियाेगिताकाे रत्ननगर नगरपालिका र बकुलहर रत्ननगर अस्पतालकाे संयाेजनमा मैत्रीपूर्ण प्रतियाेगिता गरिएकाे हाे । रत्ननगर वडा नं ७ स्थित सिसुवार चाैरमा गरिएकाे मैत्रीपूर्ण प्रतियाेगिता विपी काेइराला मेमाेरियल क्यान्सर अस्पतालकाे टिमले जितेकाे छ । विपी काेइराला मेमाेरियल क्यान्सर अस्पतालकाे टिमलेले पहिलो ब्याटिङ गर्दै २० ओभरमा ८ विकेट गुमाउँदै २०३ रन बनाएको थियो। जवाफमा बकुलहर रत्ननगर अस्पतालले २० ओभरमा ८ विकेट गुमाउँदै १८४ रन बनाएको थियो । प्रतियाेगितामा १९ रनले  विपी काेइराला मेमाेरियल क्यान्सर अस्पतालकाे टिम विजयी भएको थियो । खेलकुदकाे माध्यमबाट दुई अस्पतालका चिकित्सकहरु बीच सम्बन्ध विस्तारका लागि प्रतियाेगिता गरिएकाे बकुलहर रत्ननगर अस्पतालका कन्सल्ट्यान्ट फिजिसियन डा.शशांक कुमार सिंहले जानकारी दिनुभयाे ।

प्रतिक्रिया

सम्बन्धित खवर