रत्ननगर । पूर्वी चितवनकाे रत्ननगर स्थित टाँडीमा आइतबार देखि पाँचाै रत्ननगर सांस्कृतिक खाना महाेत्सव सुरु भएकाे छ । रत्ननगर महाेत्सव अन्तर्गत आयाेजना गरिएकाे खाना महाेत्सवकाे बागमती प्रदेशका सांसद कृष्णप्रसाख खनालले एक भब्य समाराेहका बीच उद्घाटन गरेका छन् । साैराहाचाेक र टाँडीचाेककाे बीचमा रहेकाे बसपार्ककाे खालीचाैरमा खाना महाेत्सव सुरु भएकाे हाे । ३२ वटा स्टल रहेकाे खाना महाेत्सवमा दैनिक रुपमा राष्ट्रिय कलाकारहरुकाे प्रस्तुती रहने छ ।महाेत्सवका विभिन्न जातजातीका परम्परागत खाना तथा कुखुरा, माछा र बंगुरका मासुकाे परिकार सहित खानाका स्टलहरु रहेकाे रत्ननगर उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष तथा खाना महाेत्सवका संयाेजक ज्ञान बहादुर विसुरालले जानकारी दिए । टिकाैलीमा महाेत्सव गर्दा टाँडी बजार अझेलमा पर्न नदिन साँस्कृतिक खाना महाेत्सव गरिएकाे विसुरालले जानकारी दिए । खाना महाेत्सवका स्थानीय खानाकाे परिकारकाे बजारीकरणमा जाेड दिइएकाे छ । दिउसाे टिकाैली स्थित महाेत्सवमा रमाउने र साँझ टाँडीमा गीत संगित तथा खानाका परिकारकाे स्वादकाे मज्जा लिने गरी खाना महाेत्सव गरिएकाे संघका अध्यक्ष तथा रत्ननगर महाेत्सव मुल समाराेह समितिका अध्यक्ष शंकर गिरीले बताए । खाना महाेत्सवका संयाेजक विसुरालकाे अध्यक्षतामा भएकाे उद्घाटन कार्यक्रममा रत्ननगरका उपमेयर यादवप्रसाद पाठक, नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य अनिलकृष्ण श्रेष्ठ लगायत मन्तब्य राखेका थिए । संघका महासचिव उपेन्द्रशर्मा आचार्यले सञ्चालन गरेकाे उद्घाटन कार्यक्रममा संघका पदाधिकारी, पूर्व अध्यक्ष तथा कार्यसमिति सदस्यहरुकाे उपस्थिति रहेकाे थियाे । खाना महाेत्सव सुरुहुनुपूर्व रत्ननगरमा शाेभायात्रा निकालिएकाे थियाे ।

प्रतिक्रिया

सम्बन्धित खवर