सौराहा जेसीजको शाखा अधिवेशनबाट बर्ष २०२४ का लागी निर्बिरोध निर्वाचित अध्यक्ष जेसी रन्जन भण्डारी लाई बर्ष २०२३ का अध्यक्ष जेसी शुरेष शर्मा भुषालले हर्षोउल्लासका साथ भब्य समारोहमा पदहस्तान्तरण गर्नु भएकोछ।
उक्त पदस्थापन कार्यक्रममा नेपाल जेसीजका राष्ट्रीय अध्यक्ष युवाहरुका ढुकढुकी जेसी सिनेटर रबिन पोख्रेल ज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भएकोछ।उक्त कार्यक्रमा बर्ष २०२४ का अध्यक्ष रन्जन भण्डारीले यस बर्ष युवाहरुको नेतृत्व र व्यक्तीत्व विकास का कार्यक्रमहरु संगसंगै स्थानिय निकायहरु संग संवन्वय गरी युवाहरुलाई उध्यमशिलता संग जोड्ने कार्यक्रमहरु गरी युवाहरुलाई बिदेश पलायन हुनबाट रोक्न मद्दतगर्ने योजना रहेको बताउनु भयो। पर्यटन प्रबर्दन गर्न लिडरसिप, कन्जरभेसन एण्ड & इम्प्याक्ट भन्ने प्रकरणमा रही बातावरण संरक्षणका कार्यहरुमा पनी सौराहा जेसीज अग्रणी भुमिका निर्वाह गर्ने प्रतिबद्दता ब्यक्त गर्नु भयो।
बर्ष २०२३ मा उत्कृष्ट कार्य गर्ने पदाधिकारीहरुलाई अवार्ड गर्नुका साथै दुई जना उत्कृष्ट युवालाई सम्मान गरिएको उक्त कार्यक्रममा स्थानीय कला र संस्कृतीको जगेर्नां गर्नुका साथै लोपउन्मुख गोरु गाडाको संरक्षण गर्ने उदेश्यले प्रमुख अतिथिलाई थारु पोसाकमा गोरु गाडामा सवार गराई स सम्मान स्वागत गरीएको थियो। कार्यक्रम सौराहा जेसीज बर्ष २०२३ का महासचिव जेसी असोक भुषाल ले संचालन गर्नुभएको थियो भने कोषाध्यक्ष जेसी राम परियारले संयोजकत्व गर्नु भएको थियो।