रत्ननगर जेसीजकाे पदहस्तान्तरण : विभिन्न विधामा अवार्ड वितरण

रत्ननगर । रत्ननगर जेसीजकाे पद हस्तान्तरण कार्यक्रम विहीबार गरिएकाे छ । रत्ननगरमा आयाेजित एक औंपचारिक कार्यक्रमका बीच २०२३ का अध्यक्ष अध्यक्ष अमित कुमार गुप्ताले बर्ष २०२४ का अध्यक्ष नरहरी पुरीलाई पद हस्तान्तरण गरेका थिए । कार्यक्रममा बर्ष २०२३ का अध्यक्ष गुप्ताले आफ्नाे कार्यकालमा उत्कृष्ट काम गर्नेलाई अवार्ड तथा कार्यकाल सफल बनाउन पदिय हैसियतमा रहेर भूमिका खेल्नेहरुलाई सम्मान गरेका थिए ।

नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष रविन पाेखरेल प्रमुख अतिथि रहेकाे साे कार्यक्रममा रत्ननगर उद्योग बाणिज्य संघका अध्यक्ष शंकर गिरी, वडा नं १२ का वडाध्यक्ष सुन्दरमणि सुवेदी, वडा नं ४ का वडाध्यक्ष रामकृष्ण चाैधरी, वडा नं १६ का वडाध्यक्ष हेमराज थापा, खैरहनी वडा नं ८ का वडाध्यक्ष शंकर कंडेल, नेपाल जेसीजकी निरुपीत राष्ट्रिय उपाध्यक्ष सप्ना पाैडेल, नेपाल जेसीजका पूर्व अध्यक्ष अरुणेश्वर खनाल, रत्ननगर जेसीजका पूर्व अध्यक्ष पुष्प जाेशी, नारायणगढ जेसीजका अध्यक्ष राजेन्द्र भट्टराई, लगायत नेपाल जेसीकाका पूर्व अध्यक्ष तथा रत्ननगर जेसीजका पूर्व अध्यक्षहरुकाे सहभागिता रहेकाे थियाे । रत्ननगर जेसीका महासचिव सुरेशजंग पाण्डले सञ्चालन गरेकाे साे कार्यक्रममा कार्यक्रम संयाेजक किरण लामिछानेले स्वागत मन्तव्य राखेका थिए । रत्ननगर जेसीजले समाज रुपान्तरण र युवाहरुकाे नेतृत्व विकासकाे काम गर्दै आएकाे छ । कार्यक्रममा नवनिर्वाचित अध्यक्ष पुरीले बार्षिक कार्ययाेजना प्रस्तुत गरेका थिए । कार्यक्रममा नेपाल जेसीजका अध्यक्ष पाेखरेलले नेपाल जेसीजले मुलुककाे नेतृत्व गर्न सक्ने क्षमतावान बनाएर युवालाई समाजमा पठाउने गरेकाे बताए । साथै साेही कार्यक्रममा रत्ननगर जुनियर जेसीजका बर्ष २०२३ का अध्यक्ष सन्दर्भ खनालले बर्ष २०२४ कि अध्यक्ष रेनुका ढकाललाई पद हस्तान्तरण गरेका थिए ।

By सञ्जय दवाडी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.