एशियन किड्स मन्टेश्वरीद्धारा आफनै सुबिधा सम्पन्न भवन बाट शैक्षिक सेवा सुभारम्भ

रत्ननगर । पूर्वी चितवनको रत्ननगरमा रहेको एशियन किड्र्स मन्टेश्वरी हाउसले विहीबारदेखि आफ्नै भवनबाट शैक्षिक सेवा सुभारम्भ गरेको छ । रत्ननगरमा १४ बर्ष अघि स्थापना भएर बालवालिकालाई सुरुवातीचरणको शिक्षा प्रदान गर्दै आएको सो संस्थाले शैक्षिक गुणस्तर बृद्धिसंगै रत्ननगर वडा नं २ हाइस्कुल रोडमा आफ्नै सुविधा सम्पन्न भवनबाट सेवा सुभारम्भ गरेको हो । नेपाल सरकारले तोकेको मन्टेश्वरी सञ्चालन सम्बन्धी मापदण्ड पुरा गरी बालवालिकालाई शिक्षण सेवा प्रदान गर्दैै आएको सो संस्थाले सुरक्षित शिक्षण सिकाइलाई आगाडि बढाउदै आएको छ । हिजो (बिहिबार) आयोजित एक औपचारिक कार्यक्रमका बीच रत्ननगर उद्योग बाणिज्य संघका अध्यक्ष शंकर गिरीले गृहप्रवेशसंगै नयाँ भवनबाट सुवा सुभारम्भको उद्घाटन गरेका थिए । सो अबसरमा उनले मन्टेश्वरी शिक्षा बालवालिकाको उच्च शिक्षा अध्ययन गर्ने बलियो माध्यम भएकाले यसलाई व्यवस्थित र सुरक्षित बनाउनु पर्नेमा जोड दिए ।एशियन किड्स मन्टेश्वरीले अबलम्बन गरेको शिक्षण सिकाइ नमुना रहेको भन्दै उनले अभिभावकको विश्वास जित्ने गरी काम गर्न आग्रह समेत गरे । २०६६ सालमा स्थापना भएको सो मन्टेश्वरीमा हाल १०० जना बालबालिका अध्यायनरत छन् । बालवालिकालाई खेल्दै सिक्दै संस्कारिक र व्यवहारिक ज्ञान दिलाउदै आएको मन्टेश्वरीकी सञ्चालक तथा प्राचार्य राधिका तिमिल्सिना खनालले बताइन् । बालवालिका भित्र रहेको अन्तरनिहीत क्षमताको पहिचान गरी उनीहरुले रुची र क्षमता अनुसार अक्षर चिनाउने उनको भनाई छ । मन्टेश्वरी शिक्षा प्रदान गरी सहकारी तथा संस्थागत विद्यालयमा भर्ना हुने विद्यार्थीहरु अब्बल सावित हुने गरेको प्राचार्य तिमिल्सिनाले बताइन् । उनले विद्यार्थीहरुलाई बाल्यकालदेखि नै स्वदेशप्रतिको माया र सम्भावनाको विषयमा जानकारी गराउने हो भने अबको १० बर्ष भित्र विदेश पलायन हुने युवाहरुको संख्या कम हुने धारणा राखिन ।

उद्घाटन कार्यक्रममा मन्टेश्वरी एशोसियसनकी अध्यक्ष देवी आचार्य, एशियन किड्स मन्टेश्वरी हाउसका सल्लहाकार रुपनराज घिमिरे लगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा वडा नं २ की वडा सदस्य रमादेवी भट्टराई, रत्ननगर उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष निराजन खनाल, रोटरी क्लव अफ रत्ननगरका अध्यक्ष हरिकुमार श्रेष्ठ, स्काप किड्स कसमस मन्टेश्वरीकी प्राचार्य शोभा लामिछाने, सुनगाभा मन्टेश्वरीकी प्राचार्य भगवती देवकोटा, एक महादुर रोका, दुर्गाप्रसाद पौडेल लगायतको उपस्थिति रहेको थियो ।

By सञ्जय दवाडी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.