सिद्धि छात्राबासलाई खाधान्न तथा न्यानो कपडा सहयोग

१३ माघ, रत्ननगर ।
कालिका १० मा रहेको सिद्धि छात्राबासलाई खाधान्न तथा न्यानो कपडा सहयोग गरिएको छ । श्रीकृष्ण प्रणामी युवा परिषद प्रारम्भिक समिति टिकौलीले सो छात्राबासलाई सहयोग गरेको हो । अभाव र गरिवी झेलिरहेका ५४ जना चेपाङ बालबालिकाहरुलाई आवासिय रुपमा नै राखेर संचालन गरिएको सिद्धि छात्राबासमा खाधान्न तथा न्यानो कपडाको अभाव भएको जानकारी पाउनासाथ सहयोग हस्तान्तरण गरिएको प्रारम्भिक समितिका अध्यक्ष केशवराज बरालले बताउनुभयो । सिद्धि छात्राबासका लागी १ सय ७५ किलो चामल, २५ किलो दाल, २० किलो चिउरा, २० लिटर खाने तेल, २० किलो नुन, १ बोरा भुजा, १ दिनको खाजा तथा ब्लाङ्केट, ट्रयाकसुट लगायत अन्य कपडाहरु सहयोग गरिएको संस्थाका सचिव सुर्यमणि ढकालले जानकारी दिनुभयो ।

कपडाजन्य सामाग्रीहरुमा श्रीकृष्ण प्रणामी युवा परिषद जिल्ला समिति काठमाण्डूको सहयोग रहेको संस्थाका कोषाध्यक्ष दिलिप महतले जानकारी दिनुभयो । औपचारिक रुपमा आयोजना गरिएको सहयोग हस्तान्तरण कार्यक्रमको प्रमुख अतिथि समेत रहनुभएको श्रीकृष्ण प्रणामी युवा परिषदका केन्द्रिय महासचिव सुजन सुवेदीले आफुहरु विपन्न बर्गको हितमा सधै समन्वय तथा सहयोगको लागी लागिपर्ने बताउनुभएको छ । कार्यक्रममा प्रारम्भिक समिति टिकौलीका सल्लाहाकार तुलप्रसाद अधिकारी, सिद्धि छात्राबासका संचालक भरत चेपाङ लगायतले बोल्नुभएको थियो । कार्यक्रम प्रारम्भिक समिति टिकौलीका अध्यक्ष केशवराज बरालको अध्यक्षतामा सम्पन्न भएको हो ।

By सञ्जय दवाडी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.