झुवानीका स्वास्थ्य शिविर : १५७ जनाकाे स्वास्थ्य परीक्षण

रत्ननगर । पूर्वी चितवनकाे रत्ननगर नगरपालिका वडा नं ५ झुवानीमा शुक्रबार आयाेजना गरिएकाे नि:शुल्क शिविरमा १५७ जनाकाे स्वास्थ्य परीक्षण गरिएकाे छ । झुवानी सामुदायिक पुस्तकालय र झुवानी सामुदायिक महिला बचत तथा ऋण सहकारी संस्थाकाे सयुक्त आयाेजनामा गरिएकाे शिवरमा १३० जना महिला सहित १५७ जनाकाे स्वास्थ्य परीक्षण गरिएकाे हाे । शिविरमा ९५ जनाकाे पाठेघरकाे मुखकाे क्यान्सर परीक्षण, १७ जनाकाे ईसीज सहित दीर्घ तथा अन्य राेगहरुकाे परीक्षण गरि नि:शुल्क अाैषधि वितरण गरिएकाे थियाे । शिविरमा डा. गाैरीराम महताे र डा.निर्मलालक्ष्मी श्रेष्ठ नेतृत्वकाे स्वास्थ्यकर्मीकाे टाेलीले विरामीकाे उपचार गरेकाे हाे । शिविरकाे प्राविधिक सहयाेग नेशनल सिटी हस्पिटल तथा वडा नं ५ वडा कार्यालयकाे सहयाेग रहेकाे थियाे । पुस्तकालयका उपाध्यक्ष शेषप्रसाद सापकाेटाकाे अध्यक्षतामा उद्घाटन कार्यक्रम भएकाे थियाे ।

By सञ्जय दवाडी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.