रत्ननगर । पूर्वी चितवनको रत्ननगरमा आयोजना गरिएको रक्तदान कार्यक्रम २२५ युनिट रगत संकलन भएको छ ।
शैक्षिक परामर्शदाता संस्था एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेजको २१ औं बार्षिकोत्सवको अवसरमा बकुलहर स्थित शाखा कार्यालयमा आयोजित कार्यक्रममा ३६ जजा महिला सहित २२५ जनाले रक्तदान गरेको एक्सपर्टका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले जानकारी दिनुभएको छ । कार्यक्रमको उद्घाटन गर्दै रत्ननगरका मेयर प्रलाद सापकोटाले एक्सपर्ट गरिब तथा विपन्न समुदायका बालबालिकाको शिक्षाको लागि लगानी गर्नुपर्नेमा जोड दिनुभएको छ ।
एक्सपर्ट चितवनका अध्यक्ष घननाथ अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा एक्स्पर्ट एजुकेसन एण्ड भिजा सर्भिसेजका निर्देशक अधिकारीले एक्सपर्ट २२औं बर्ष प्रवेशको अबसरमा सामाजिक उत्तरदायित्व बहन गर्दै रक्तदान कार्यक्रम आयोजना गरिएको बताउनुभएको छ । बार्षिकोत्सव अन्तर्गत निःशुःक आँखा परीक्षण शिविर तथा देवघाटमा बृद्धबृद्धाहरुलाई साझको खाना समेत खुवाईएको उहाँले जानकारी दिनुभयो । कार्यक्रममा स्वागत मन्तव्य राख्दै एक्स्पर्ट रत्ननगरका प्रमुख मिना तिमल्सिनाले चितवनमा देखिएको रगतको अभावलाई मध्यनजर गरी रक्तदान कार्यक्रम आयोजना गरिएको बताउनु भएको छ ।
एक्सपर्टको रक्तदान सम्पन्न, ३६ महिला सहित २२५ ले गरे रक्तदान
