रत्ननगरमा भदौं २९ गते रोटरीको रक्तदान
रत्ननगर । पूर्वी चितवनको रत्ननगरमा यही भदौं २९ गते बृहद् रक्तदान हुने भएको छ । रोटरी क्लव अफ रत्ननगरले आयोजना गर्ने सो कार्यक्रममा करिब ४०० बढी युनिट रगत संकलन गर्ने उद्देश्य रहेको जनाइएको छ । न्यू क्यापिटल कलेज परिसरमा विहान ७ बजेबाट रक्तदान कार्यक्रम सुरु हुने छ । रोटरी क्लवले शनिबार यहाँ पत्रकार सम्मेलनको आयोजना गरी रक्तदान कार्यक्रमको तयारी र उद्देश्यको बारेमा जानकारी दिएको हो । सन २०१९ मा रोटरीले गरेको कार्यक्रममा ४०५ युनिट रगत संकलन भएको थियो । कोरोनाले रोकिएको रोटरीको नियमित कार्यक्रम यस बर्षबाट सुरु गर्न लागिएको क्लवका अध्यक्ष हरिकुमार श्रेष्ठले बताए । ४०५ युनिट भन्दा बढी संकलन…