रेडियो अर्पण

797 Posts
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुर निलम्बनमा

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुर निलम्बनमा

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुर निलम्बनमा पर्नुभएको छ । ठाकुरले थाई स्माइल एयरलाइन्सका प्रतिनिधिसँग गैरकानुनी लाभ लिने उद्देश्यले गरेको कुराकानीको श्रब्य सामग्री प्राप्त भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ ।सोबारे जाँचबुझको लागि पदबाट निलम्बन गरिएको हो । यस विषयमा थप अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत पठाइने मन्त्रालयले जनाएको छ । ठाकुर पछिल्लो दुई वर्षयता विमानस्थलको प्रमुख पदमा कार्यरत हुनुहुन्थ्यो । यसअघि माघ ९ गते त्रिभुवन विमानस्थलका आन्तरिक टर्मिनल प्रमुख पूर्ण चुँडाललाई पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्रोत नखुलेको रकमसहित पक्राउ गरेको थियो ।
Read More
आज साँझ चितवन आउँदै रवि लामिछाने

आज साँझ चितवन आउँदै रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछान आज साँझ चितवन आउँदै हुनुहुन्छ । उहाँको साथमा पार्टी उपसभापति डिपि अर्याल पनि चितवन आउन लाग्नुभएको छ । भोली शनिबार र पर्सी आइतबारका विभिन्न सार्वजनिक कार्यक्रममा सहभागी हुन लामिछाने चितवन आउन लाग्नुभएको हो । लामिछाने सहभागी हुने शनिबारको विभिन्न कार्यक्रम तय भइसकेको उहाँका सहयोगी प्रकाश सिग्देलले जानकारी दिनुभयो । लामिछानेले भोली शनिबार बिहान साढे ६ बजे मौलाकालिका मन्दिरको दर्शन गर्नुहुनेछ । त्यसपछि आफ्नो निवासमा पुगि खाना खाएर खैरहनी जानुहुनेछ । त्यहाँ एक कार्यक्रममा सहभागी भई करिब २ बजेतिर कोटिहोम महायज्ञ र साढे २ बजेतिर लंकुस्थित अर्काे महायज्ञमा सहभागी हुनुहुनेछ । भोली बेलुकीपख मेघौली र…
Read More
गैँडाको खाग बिक्री गर्ने चितवनका छ सहित १५ जना पक्राउ

गैँडाको खाग बिक्री गर्ने चितवनका छ सहित १५ जना पक्राउ

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले गैँडाको चोरी शिकारमा संलग्न १५ जनाको टोलीलाई पक्राउ गरेको छ । लामो समय देखि गैँडा शिकारमा संलग्न रहँदै आएका टोलीलाई प्रहरीले विभिन्न मितिमा पक्राउ गरी बिहीबार सार्वजनिक गरेको हो । ब्युरोले अपरेसन ‘रुट टु रुट’ चलाएर प्रहरीले यी शिकारीलाई पक्राउ गरेको हो । लामो समयदेखि काठमाडौँ र अन्य क्षेत्रमा रहेर गैँडाको खाग बिक्रीमा संलग्न रहँदै आएका १५ जनालाई पक्राउ गरी कारबाही अघि बढाइएको ब्यूरोका प्रवक्ता सञ्जयसिंह थापाले जानकारी दिनुभयो । पक्राउ पर्नेमा झापाका इन्द्रमणि आचार्य, बाँकेकी जमुनाकुमारी शर्मा, पाल्पाका बाबुलाल भट्टराई, कैलालीका गणेश भनिने गजाधर सापकोटा, प्रताप चौधरी, ललितपुरका डम्बरकुमार आले मगर, गोरखाका दानबहादुर राना,…
Read More
अपहरणमा परेको भन्दै नाटक गर्ने छ जना पक्राउ

अपहरणमा परेको भन्दै नाटक गर्ने छ जना पक्राउ

अपहरणमा परेको भन्दै नाटक गर्ने कार्यमा संलग्न रहेको अभियोगमा छ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं चन्द्रागिरी नगरपालिका– १३ बस्ने ४७ वर्षीय बिदुर बस्नेत, चितवन भण्डारा राप्ती नगरपालिका–५ घर भई हाल काठमाडौं नैकाप बस्ने ३३ वर्षीय दिलिप बिक, सर्लाही बर्हथवा नगरपालिका–६ घर भई काठमाडौं बालाजु बस्ने ४७ वर्षीय भोला महतो नुनिया, काभ्रे खानिखोला गाउँपालिका–१ बस्ने ४२ वर्षीय जगत बहादुर भोलान, काभ्रे बनेपा नगरपालिका–६ घर भएका ५३ वर्षीय कान्छामान जिम्वा र धादिङ् थाक्रे गाउँपालिका–५ घर भई काठमाडौं कालिमाटी बस्ने ४४ वर्षीय आशमान लामा रहेका छन् । चन्द्रागिरी नगरपालिका–१३ पुरानो नैकापस्थित कंकाली पिस ब्याम्बो रिसोर्टको अगाडि मानिस अपहरण…
Read More
माओवादी केन्द्रको पार्टी उपाध्यक्षमा सापकोटा र पम्फा बढुवा

माओवादी केन्द्रको पार्टी उपाध्यक्षमा सापकोटा र पम्फा बढुवा

नेकपा (माओवादी केन्द्र) ले पूर्वसभामुख अग्नि सापकोटा र उपमहासचिव पम्फा भुसाललाई पार्टी उपाध्यक्ष बनाएको छ । माओवादी केन्द्रले हिजो सर्कुलर जारी गरी सापकोटा र भुसाललाई पार्टी उपाध्यक्षमा बढुवा गरेको हो । यसअघि नारायणकाजी श्रेष्ठ वरिष्ठ उपाध्यक्ष र कृष्णबहादुर महरा उपाध्यक्ष हुनुहुन्थ्यो । पूर्वसभामुख सापकोटा पार्टीको कुनै पनि जिम्मेवारीमा रहनुभएको थिएन । उपमहासचिवमा भुसालसँगै हरिबोल गजुरेल, जनार्दन शर्मा, वर्षमान पुन, गिरिराजमणि पोखरेल, मातृका यादव र शक्ति बस्नेत रहनुभएको थियो । त्यसैगरी सचिवमा गणेश साह, दीनानाथ शर्मा, चक्रपाणि खनाल, देवेन्द्र पौडेल, लीलामणि पोखरेल, हितराज पाण्डे, हितमान शाक्य, राम कार्की र डिलाराम आचार्य रहनुभएको छ । कोषाध्यक्षमा श्रीराम ढकाल हुनुहुन्छ । अब माओवादी…
Read More
गैँडा मार्नेदेखि खागको कारोबारीसहित १५ जना पक्राउ

गैँडा मार्नेदेखि खागको कारोबारीसहित १५ जना पक्राउ

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गैँडा मार्नेदेखि खागको कारोबारसम्म जोडिएका १५ जनालाई पक्राउ गरेको छ । सीआईबीले गत महिना चाबहिलको सरस्वतीनगरबाट खागसहित दुईजनालाई पक्राउ गरेको थियो । अनुसन्धानका क्रममा चितवन राष्ट्रिय निकुञ्जमा गैँडा मार्नेसम्मको पहिचान खुलेपछि सीआईबीले पूरै गिरोहलाई नियन्त्रणमा लिएको छ । पक्राउ परेका व्यक्तिहरूलाई आजै सार्वजनिक गर्ने सीआईबीको तयारी छ । पक्राउ पर्नेमा धेरै चितवनका रहेका छन् ।
Read More
‘ए’ डिभिजन लिगमा विदेशी खेलाडीको कोटा बढाउन एन्फा सहमत

‘ए’ डिभिजन लिगमा विदेशी खेलाडीको कोटा बढाउन एन्फा सहमत

शहीद स्मारक ‘ए’ डिभिजन लिगका लागि विदेशी खेलाडीको कोटा बढाउन अखिल नेपाल फुटबल सङ्घ (एन्फा) सहमत भएको छ । नेपाली राष्ट्रिय टोलीबाट खेलिसकेका धेरैजसो खेलाडी विदेश पलायन भएसँगै ‘ए’ डिभिजन लिगका क्लबहरूले खेलाडी अभाव देखाउँदै विदेशी खेलाडीको कोटा बढाउन गरेको मागलाई एन्फाले सम्बोधन गरेको हो । ‘ए’ डिभिजनका धेरैजसो क्लबले आफूहरूलाई खेलाडी अभाव रहेको भन्दै विदेशी खेलाडीको कोटा थप्न माग गर्दै एन्फामा यसअघि पत्र बुझाएका थिए । खेलाडी थप गर्ने मागलगायत शहीद स्मारक ’ए’ डिभिजन लिग सञ्चालन सम्बन्धमा हिजो बुधवार बसेको बैठकले खेलाडीको कोटा बढाउने निर्णय गरेको एन्फाले जनाएको छ । अनुभवी खेलाडी पाउन मुस्किल भएको भन्दै क्लबहरूले कोटा थप्न…
Read More
नेपाली सेनाका एक उपरथीसहित १४ अधिकृतको बढुवा

नेपाली सेनाका एक उपरथीसहित १४ अधिकृतको बढुवा

नेपाली सेनाका सहायक रथी कृष्णदेव भट्टराई उपरथीमा बढुवा हुनुभएको छ । माघ २३ गते सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले भट्टराईलाई उपरथीमा बढुवा गर्ने निर्णय गरेको हो । बढुवा हुनुभएका भट्राईलाई आज बिहीबार जंगी अड्डामा प्रधानसेनापति प्रभुराम शर्माले दज्र्यानी चिन्ह प्रदान गर्नुभएको थियो । बढुवा भएसँगै भट्राईलाई प्रबन्धरथी विभागको विभागीय प्रमुखको जिम्मेवारी प्रदान गरिएको छ । त्यस्तै,पाँच जनालाई सहायक रथीमा र आठजनालाई महासेनानीमा पनि बढुवा गरिएको छ । सहायक रथीमा बढुवा हुने पाँच जना महासेनानीहरु मनोज थापा, पूर्णबहादुर खत्री, रोशन शमशेर जबरा, जगतबहादुर पौडेल र प्रकाश थापा रहनुभएको छ । उहाँहरुलाई महासेनानीबाट सहायक रथीमा बढुवा गर्ने निर्णय भएको सैनिक प्रवक्ता सहायक रथी…
Read More
कालिका नगरपालिकाले जेष्ठ नागरिकहरुलाई घरमै गएर उपचार गर्दै

कालिका नगरपालिकाले जेष्ठ नागरिकहरुलाई घरमै गएर उपचार गर्दै

कालिका नगरपालिकामा असि वर्ष माथिका जेष्ठ नागरिक र रातो कार्ड पाएका जेष्ठ नागरिकहरुको घर– घरमा गई स्वास्थ्य परिक्षण तथा औषधी वितरण कार्यक्रम सुरु गरिएको छ । कालिका नगर उप प्रमुख बिमल तामाङ्गबाट कालिका चार पिपरिया टोलमा कार्यक्रम गरि स्वास्थ्य परिक्षण तथा औषधी वितरण कार्यक्रम शुभारम्भ गरिएको हो । कालिका नगरपालिकाको एक देखि एघार ओटा वडा अन्तरगत सवै स्वास्थ्य संस्थाहरुले एकै पटक जेष्ट नागरिक र रातो कार्ड पाएका व्यक्तिहरुको घर– घरमा गई स्वास्थ्य परिक्षण तथा औषधी वितरण कार्यक्रम सुरु गरेको छ । कालिका नगरपालिकाले अशि बर्ष पुग्नुभएका जेष्ठ नागरिकहरुलाई बिमा अभिकर्ताहरु मार्फत निःशुल्क बिमा गरि कालिका नगर अस्पताल बाट तिन सय…
Read More
रविको पासपोर्टबारे प्रमाण संकलन सुरु, एकसाथ तीन निकायबाट कागजात झिकाउने निर्णय

रविको पासपोर्टबारे प्रमाण संकलन सुरु, एकसाथ तीन निकायबाट कागजात झिकाउने निर्णय

सरकारी वकिलको कार्यालय काठमाडौंले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको पासपोर्टमाथि परेको जाहेरीका विषयमा अनुसन्धान थालेको छ । आफूकहाँ पेश भएको जाहेरीका आधारमा सरकारी वकिल कार्यालयले एकसाथ तीन निकायबाट कागजात मगाएर अनुसन्धान थालेको हो । उक्त कार्यालयले आजमात्रै निर्णय गरेर जिल्ला प्रशासन कार्यालय, अध्यागमन विभाग र राहदानी विभागमा लामिछानेको बारेमा विस्तृत विवरण मगाएको हो । एक सरकारी वकिलका अनुसार तीन निकायमा लामिछानेबारे फरक फरक विवरण मागिएको छ । जसमा राहदानी विभागमा पठाएको पत्रमा २०७२वैशाख२८ मा लामिछानेले ०८८३४८३८ नम्बरको नेपाली पासपोर्ट लिएको हो कि होइन भनी सोधिएको छ । त्यस्तै जिल्ला प्रशासन कार्यालयमा २०७२वैशाख २८ मा रवि लामिछानेको नेपाली नागरिकताको…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.