रेडियो अर्पण

797 Posts
चितवनमा एक वर्षमा दुई सय २४ फरार प्रतिवादी पक्राउ

चितवनमा एक वर्षमा दुई सय २४ फरार प्रतिवादी पक्राउ

जिल्ला प्रहरी कार्यालय चितवनले एक वर्षमा दुई सय २४ जना फरार प्रतिवादी पक्राउ गरेको छ । विसं २०७८ फागुन ४ गतेदेखि २०७९ माघ २५ गतेसम्म उनीहरूलाई पक्राउ गरिएको हो । फैसला कार्यान्वयनका क्रममा उनीहरूलाई पक्राउ गरी जिल्ला अदालत पेस गरिएको कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिनुभयो । अधिकारी जिल्लामा आएपछि भए गरेका कामको जानकारी दिन हिजो आयोजना गरिएको पत्रकार सम्मेलनमा अदालतबाट फैसला भएर सम्पर्कमा नआएका उनीहरूलाई पक्राउ गरिएको बताउनुभयो । सो क्रममा उनीहरूबाट ५० वर्ष तीन महिना सात दिन कैद भुक्तान गराइएको र रु एक करोड ३३ लाख ८९ हजार तीन सय ६७ जरिवाना असुल गरिएको जनाइएको छ…
Read More
प्रेम दिवसका लागि भारतबाट एक करोड ६० लाखको गुलाब  फूल आयात, चितवनमा २५ लाखको माग

प्रेम दिवसका लागि भारतबाट एक करोड ६० लाखको गुलाब फूल आयात, चितवनमा २५ लाखको माग

प्रेम दिवसका लागि नेपालमा एक करोड ६० लाखको गुलाब फूल भारतबाट आयात भएको छ । प्रेम दिवसका लागि भारतबाट दुई लाख ६० हजार गुलाबको स्टिक आयात हुनेछ । विभिन्न डेको रुपमा सात दिनसम्म मनाइने प्रेम दिवसका लागि चितवनमा करिब २५ लाखको गुलाब फूलको माग भएको फ्लोरिकल्चर एसोसिएसनले जनाएको छ । आयात भएको फुलको ६० प्रतिशत काठमाडौँमा र ४० प्रतिशत काठमाडौँ उपत्यकाबाहिर खपत हुने जनाइएको छ । चितवनमा २५ हजार गुलाबको स्टिकको माग रहेको फ्लोरिकल्चर एसोसिएसनका अध्यक्ष फ्लोरिकल्चर एसोसिएसनका अध्यक्ष मीनबहादुर तामाङले बताउनुभएको छ । नेपालमा गुलाब फूलमा लगानी हुन नसक्नाले र उच्चतम प्रविधि भित्र्याउन नसक्नाले प्रेम दिवसमा ९० प्रतिशत गुलाबको…
Read More
टर्कीको भुकम्पमा परी करिब आठ हजारले गुमाए ज्यान ,झन्डै चालीस हजार घाइते

टर्कीको भुकम्पमा परी करिब आठ हजारले गुमाए ज्यान ,झन्डै चालीस हजार घाइते

टर्कीमा सोमबार गएको भुकम्पमा परि कम्तीमा सात हजार नौसय २६ जनाको ज्यान गएको पुष्टि भएको छ । उक्त भुकम्पबाट करिब ४० हजारजना घाइते भएका सीएनएनले जनाएको छ । टर्की र सिरियामा गरी हालसम्म झन्डै आठ हजारजनाको मृत्यु भएको हो । सिरियामा मात्र एक हजार नौसय भन्दा बढी मानिसको मृत्यु भएको छ । मानिस सुतिरहेको समयमा टर्कीको गाजियन्टेपनजिकै केन्द्रविन्दु भएर ७.८ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पका कारण हजारौँ भवनहरू भत्किएको जनाइएको छ । स्थानीय समयानुसार सोमबार बिहान ४ बजेर १७ मिनेटमा गएको उक्त भूकम्पको केन्द्रविन्दु जमिनको सतहबाट १७.९ किमि गहिराइमा थियो । सोमबारै दिउँसो टर्कीमा अर्को शक्तिशाली भूकम्प गएको थियो…
Read More
पाकिस्तानमा सैनिक कारबाहीमा १२ आतङ्कवादी मारिए

पाकिस्तानमा सैनिक कारबाहीमा १२ आतङ्कवादी मारिए

आतङ्कवादीविरुद्ध पाकिस्तानी सेनाले उत्तरपश्चिम खैबर पाख्तुनख्वा प्रान्तमा गरेको कारबाहीमा गएराती १२ जना मारिएका छन् । गुप्तचर सूचनाका आधारमा गरिएको कारबाहीमा प्रतिबन्धित तेहरिक–ए–तालिबान पाकिस्तानसँग सम्बन्धित आतङ्ककारी मारिएका राष्ट्रिय सेनाको मिडिया शाखा इन्टरसर्भिसेस पब्लिक रिलेसन (आइएसपीआर) ले बुधकार जारी गरेको विज्ञप्तिमा जनाइएको छ । कारबाहीका क्रममा आतङ्कारीहरूबाट हतियार, गोलाबारुद र विदेशी मुद्रा पनि बरामद गरिएको छ । कारबाहीस्थल र त्यसको वरपर सुरक्षा बलले खोजतलास जारी राखेको छ । अघिल्लो सातादेखि नै सुरक्षा निकायले उक्त प्रान्तमा आतङ्कवादीका गतिविधिमाथि निरन्तर निगरानी गरेको थियो । अफगानीस्तान र पाकिस्तानको सीमामा सक्रिय पाकिस्तानी तालिवान समूहले सन् २००७ देखि पाकिस्तानमा आतङ्कवादी गतिविधि गरिरहेको छ । विभिन्न इस्लामिक सशस्त्र…
Read More
कर्णाली  प्रदेश सरकारको प्रवक्तामा कानुनमन्त्री कृष्णबहादुर जिसी

कर्णाली प्रदेश सरकारको प्रवक्तामा कानुनमन्त्री कृष्णबहादुर जिसी

कर्णाली प्रदेश सरकारको प्रवक्तामा आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसी तोकिनुभएको छ । मुख्यमन्त्री राजकुमार शर्माको अध्यक्षतामा बसेको बैठकले मन्त्री जिसीलाई प्रवक्ता तोक्ने निर्णय गरेको हो । मन्त्रिपरिषद् कार्यालयको प्रस्तावमा उक्त बैठकले चालु आव २०७९÷८० असार मसान्तभित्र भौतिक पूर्वाधार, ऊर्जा तथा जलस्रोत मन्त्रालयको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण गरी मन्त्रालय तथा मातहतमा रहने संरचना र दरबन्दीको निक्र्यौल गर्ने निर्णय गरेको प्रवक्ता जिसीले जानकारी दिनुभयो । त्यस्तै, एकीकृत मन्त्रालयको नाम चालु आव २०७९–०८० असार मसान्तसम्म साविकको दिएको अख्तियारी अनुसार नै बजेट तथा कार्यक्रम कार्यान्वयन तथा हाल कार्यरत प्रदेश सचिव (भौतिक पूर्वाधार र जलस्रोत तथा ऊर्जातर्फ)ले साविकको कार्य जिम्मेवारी अनुसारकै कार्य क्षेत्रमा कामकाज…
Read More
त्रिभुवन विश्वविद्यालयद्वारा स्ववियु चुनावसम्बन्धी निर्देशिका पारित

त्रिभुवन विश्वविद्यालयद्वारा स्ववियु चुनावसम्बन्धी निर्देशिका पारित

त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावसम्बन्धी निर्देशिका–२०७९ पारित गरेको छ । त्रिवि कार्यकारी परिषद्को बैठकले स्ववियु चुनावसम्बन्धी निर्देशिका पारित गरेको त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले जनाएको छ । निर्देशिकामा स्ववियु चुनावको कार्यतालिका प्रकाशन भएपछि क्याम्पसमा विद्यार्थी भर्ना बन्द गरिने छ । स्ववियु कार्यतालिका चुनाव मितिभन्दा एक महिना अगाडि प्रकाशन गर्ने त्रिविले जनाएको छ । त्रिविले चुनाव कार्यतालिकाको मिति प्रकाशित गरेको दिनसम्म वार्षिक प्रणालीअन्तर्गत स्नातक तह प्रथम वर्षको मात्र भर्ना र अरुको हकमा कार्यतालिका प्रकाशित भएको मितिभन्दा दुई दिनअघिसम्म भर्ना भएका विद्यार्थी मात्र मतदाता नामावलीमा सहभागी हुने पाउने व्यवस्था गरेको छ । कुनै पनि तहको अन्तिम सेमेष्टर वा अन्तिम…
Read More
सभामुख देवराज घिमिरेसँग चिनियाँ राजदूत छेन सोङको भेट

सभामुख देवराज घिमिरेसँग चिनियाँ राजदूत छेन सोङको भेट

सभामुख देवराज घिमिरे र नेपालका लागि चिनियाँ राजदूत छेन सोङबीच आज सिंहदरबारस्थित सभामुखको कार्यालयमा भेटवार्ता भएको छ । उक्त भेटमा उहाँहरुबीच द्विपक्षीय मैत्रीपूर्ण सम्बन्ध, संसदीय गतिविधि आदानप्रदानलगायत विषयमा छलफल भएको संघीय संसद् सचिवालयले जनाएको छ । सो अवसरमा ‘एक चीन नीति’प्रति नेपाल दृढ रहेको जनाउँदै सभामुख घिमिरेले कोभिड–१९ को महामारीमा चीनले स्वास्थ्य सामग्री र खोपका लागि पु¥याएको सहयोगको प्रशंसा गर्नुभयो । भूकम्पपछिको पुनःनिर्माणमा चीनबाट भएको सहयोग पनि स्मरणीय रहेको बताउँदै सभामुख घिमिरेले अब दुई देशका नाकाहरु क्रमशः खुलाउन सहयोग हुने विश्वास व्यक्त गर्नुभयो । चिनियाँ राजदूत सोङले सभामुख घिमिरेको कार्यकालको सफलताका लागि शुभकामना दिनुभयो । भेटमा चिनियाँ राजदूतले चीनको राष्ट्रिय…
Read More
नागरिक उन्मुक्तिले विश्वासको मत नदिने भएपछि सुदूरपश्चिम प्रदेश सभा बैठक स्थगित

नागरिक उन्मुक्तिले विश्वासको मत नदिने भएपछि सुदूरपश्चिम प्रदेश सभा बैठक स्थगित

सुदूरपश्चिम प्रदेश सभा बैठक आजको लागि स्थगित भएको छ । आज बुधवार दिउँसो १ बजेका लागि बोलाइएको बैठक भोलि बिहीवार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको प्रदेश सभा सचिवालयले जनाएको छ । आजको बैठकमा मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मतको प्रस्ताव पेस गर्ने कार्यसूची थियो । तर, सुदूरपश्चिम सरकार गठनमा मुख्यमन्त्री रावललाई समर्थन गरेको नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिने भएपछि प्रदेश सभा बैठक स्थगित भएको हो । नागरिक उन्मुक्ति पार्टीले संरक्षक रेशम चौधरीसहित टीकापुर घटनामा जेलमा रहेकाहरूलाई रिहाइ गर्नुपर्ने माग गरिरहेको छ । नागरिक उन्मुक्ति पार्टीले आफूहरूका माग पूरा नभएसम्म सरकारमा नजाने पनि बताइरहेको छ । ५३ सदस्यीय प्रदेश सभामा…
Read More
मुग्लिन–नारायणगढ सडकको विकल्पका रुपमा शक्तिखोर–फिसलिङ सडक तयार, फागुनदेखि सञ्चालनमा आउने

मुग्लिन–नारायणगढ सडकको विकल्पका रुपमा शक्तिखोर–फिसलिङ सडक तयार, फागुनदेखि सञ्चालनमा आउने

मुग्लिन–नारायणगढ सडकको विकल्पका रूपमा शक्तिखोर–फिसलिङ सडक तयार भएको छ । उक्त सडकखण्ड आगामी फागुनभित्र सञ्चालनमा आउने भएको छ । ग्रामीण सडकका रूपमा निर्माण गरिएको यस सडकखण्डमा साना तथा मझौला सवारीसाधन सञ्चालन गर्न सकिनेछ । २०७५ सालबाट निर्माण थालिएको सडकको काम ९० प्रतिशत सकिएको ग्रामीण सडक सञ्जाल सुधार आयोजना कार्यालयले जनाएको छ । पृथ्वी राजमार्गअन्तर्गत चितवनको फिसलिङबाट शक्तिखोरसम्मको दूरी ४५ किलोमिटर छ । यस क्षेत्रको नौ किलोमिटर पहिला नै निर्माण भएको थियो । निर्माण भएको पुरानो स्थानमा थप फराकिलो पारेर नयाँ निर्माणको काम भएको ग्रामीण सडक सञ्जाल सुधार आयोजना कार्यालयका व्यवस्थापक सुरेन्द्र घिमिरेले जानकारी दिनुभयो । अहिले नयाँ निर्माण भएको ३५…
Read More
चितवनमा उपनिर्वाचन चैतपछि मात्र हुने

चितवनमा उपनिर्वाचन चैतपछि मात्र हुने

चितवन क्षेत्र नम्बर २ मा चैतपछि मात्रै उपनिर्वाचन हुने भएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आगामी चैत महिना अघि चितवनमा उपनिर्वाचन सम्भव नहुने बताउनुभएको हो । उहाँका अनुसार मतदाता नामावली अद्यावधिक गरेर मात्र उपनिर्वाचनको प्रक्रिया सुरु हुनेछ । राष्ट्रपतिको निर्वाचनअघि उपनिर्वाचन गर्न समय नपुग्ने थपलियाको भनाई छ । नागरिकता सम्बन्धमा सर्वोच्च अदालतको फैसलाले चितवन २ बाट निर्वाचित रवि लामिछानेको पद गुमेपछि सो क्षेत्रमा पुनः निर्वाचन हुन लागेको हो । देशभर मतदाता नामावली अद्यावधिक सुरु गरेपछि कम्तीमा ४० दिन समय लाग्ने र त्यसपछि मात्रै उपनिर्वाचनका लागि आयोगले समय तोक्नेछ । आयोगले मतदाता नामावली अद्यावधिक गर्नका लागि छिट्टै मिति तोकेर…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.