रेडियो अर्पण

797 Posts
शितलहरबाट आफगानिस्तानमा २० जनाको मृत्यु,  दुई करोड ८० लाख नागरिक प्रभावित

शितलहरबाट आफगानिस्तानमा २० जनाको मृत्यु, दुई करोड ८० लाख नागरिक प्रभावित

अफगानिस्तानमा शितलहरका कारण २० जनाको मृत्यु भएको छ भने दुई करोड ८० लाख नागरिक प्रभावित भएका छन् । राजधानी काबुलको तापक्रम माइनस २१ डिग्रि सेल्सियससम्म मापन गरिएको जनाइएको छ । राजधानी काबुलमा पछिल्लो दुई सातायता अस्वभाविक रुपमा तापक्रम घट्दै गइरहेको छ । न्यून आर्थिक अवस्थाका कारण नागरिकलाई कोईला किन्न समेत अभाव भएको छ । ग्रामीण भेगमा हिमआँधीमा फसेका नागरिकको उद्धारमा तालिवान सरकार खटिएको छ । तालिबान शासक सत्तामा आएदेखि अफगानी नागरिकहरु अर्थतन्त्रलाई पुनरुत्थान गर्न संघर्ष गरिरहेका छन् । नागरिकहरु गरिबी र मानवीय संकटको सामना गर्न बाध्य बन्दै आएको बताइएको छ ।
Read More
सभामुखमा एमालेका घिमिरेको उम्मेदवारी दर्ता

सभामुखमा एमालेका घिमिरेको उम्मेदवारी दर्ता

प्रतिनिधिसभाको सभामुख पदका लागि नेकपा एमालेका देवराज घिमिरेले उम्मेदवारी दर्ता गराउनु भएको छ । आज बुधवार बिहान नयाँ बानेश्वरमा रहेको संघीय संसद् सचिवालयमा उम्मेदवारी दर्ता गराउनुभएको हो । एमाले स्थायी कमिटी सदस्य समेत रहनुभएका घिमिरेको प्रस्तावकमा एमालेका सुवासचन्द्र नेम्वाङ र समर्थकमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र नेकपा माओवादी केन्द्रका हितराज पाण्डे रहनुभएको छ । झापा–२ बाट निर्वाचित भएर पहिलोपटक प्रतिनिधिसभा सदस्य बन्नुभएका घिमिरे २०५६ मा राष्ट्रिय सभा सदस्य चुनिनु भएको थियो । सभामुख पदमा एमाले र उपसभामुख पदमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवारी दिने सत्तारुढ दलहरुबीच सहमति भएको थियो । एमालेमा सभामुखका लागि पृथ्वीसुब्बा गुरुङ,…
Read More
साढे २२ लाखरुपैयाँसहित पर्साबाट दुई जना हुण्डी कारोबारी पक्राउ

साढे २२ लाखरुपैयाँसहित पर्साबाट दुई जना हुण्डी कारोबारी पक्राउ

पर्सामा दुई जना हुण्डी कारोबारीलाई प्रहरीले पक्राउ गरेको छ । वीरगञ्जको घण्टाघरबाट वीरगञ्ज महानगरपालिका–१६ का ३४ वर्षीय विकास साह र १८ का १९ वर्षीय सुवास साहलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट २२ लाख ५० हजार रुपैयाँसहित स्रोत नखुलेको रकम भेटिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । प्रहरीले त्यो रकम हुण्डी कारोबारमा प्रयोग भइरहेको पनि पुष्टि गरेको छ । यस्तै उनीहरुले प्रयोग गरेको बीआरओ ५ एई ९३४३ नम्बरको स्कुटी र दुई थान मोबाइल पनि बरामद गरिएको छ । दुवै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Read More
कोरोनाका कारण झन्डै तीन वर्ष रोकिएको काठमाडौं–बेइजिङ उडान फेरी सुरु

कोरोनाका कारण झन्डै तीन वर्ष रोकिएको काठमाडौं–बेइजिङ उडान फेरी सुरु

कोरोना महामारीका कारण २०७६ चैतदेखि बन्द भएको काठमाडौं–बेइजिङ सिधा उडान झन्डै तीन वर्षपछि फेरी सुरु भएको छ । चीनले आफ्नो मुलुकमा लगाएको यात्रा प्रतिबन्ध पुस २४ गतेदेखि फुकुवा गरेपछि हिमालय एयरलायन्सले बेइजिङ उडान सुरु गरेको हो । नेपालको यती वल्र्ड इन्भेस्टमेन्ट प्रालि र तिब्बत एभिएसन डेभलपमेन्ट एज्ड इन्भेस्टमेन्ट कम्पनी लिमिटेडको संयुक्त लगानीमा आठ वर्षअघि स्थापना भएको हिमालय एयरलायन्सले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बेइजिङस्थित डाक्सिङ अन्तर्राष्ट्रिय विमानस्थलमा यहि माघ २८ देखि हरेक शनिबार नियमित उडान गर्ने भएको छ । काठमाडौंबाट चीनको राजधानीका लागि सिधा उडान गर्ने हिमालय एक मात्र वायुसेवा हो । साढे चार घण्टाहाराहारीको यो रुटमा पर्यटक, व्यापारी र विद्यार्थीहरूको आवागमन…
Read More
प्रधानमन्त्री दाहालसँग बेलायतका राजदूत निकोलाको भेटवार्ता

प्रधानमन्त्री दाहालसँग बेलायतका राजदूत निकोलाको भेटवार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)सँग नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले आज शिष्टाचार भेटवार्ता गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा द्विपक्षीय सम्बन्धका विविध विषयमा विचारविमर्श भएको प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ ।
Read More
आठौं खिचरा महोत्सव आज सकिँदै ः समापन मन्त्री पाण्डेले गर्ने

आठौं खिचरा महोत्सव आज सकिँदै ः समापन मन्त्री पाण्डेले गर्ने

यही पुष २८ गतेदेखि पूर्वी चितवनको खैरहनीमा शुरु भएको आठौं खिचरा महोत्सव आज सकिँदै छ । एक हप्ता सञ्चालन भएको महोत्सवको समापन विकास मन्त्री विक्रम पाण्डेले गर्देै हुनुहुन्छ । राप्रपाका वरिष्ठ उपाध्यक्षसमेत रहनुभएका पाण्डे मंगलबार मात्रै मन्त्री पदमा नियुक्त हुनुभएको हो । उक्त कार्यक्रममा माडी, खैरहनी, राप्ती, कालिका र रत्ननगर नगरपालिका तथा भरतपुर महानगरपालिकाका प्रमुखको समेत उपस्थिति हुने आयोजकले जनाएको छ । महोत्सवमा अवधिभर नै सांस्कृति पहिचान दिलाउने खालका मौलिक प्रस्तुतिलाई विशेष प्राथमिकतामा राखेको थियो । महोत्सवलाई संगीतमय बनाउनका लागि विभिन्न विधाका कलाकारले प्रस्तुति दिएका थिए । साथै पूर्वको झापादेखि पश्चिमको कञ्चनपुरसम्मका थारुहरुले सांस्कृतिक प्रस्तुति दिएका थिए। यस्तै गरी बाल…
Read More
नारायणगढ–मुग्लिन सडकको काम नसकिएपछि थप एक महिना बाटो बन्द गरिने

नारायणगढ–मुग्लिन सडकको काम नसकिएपछि थप एक महिना बाटो बन्द गरिने

नारायणगढ–मुग्लिन सडकको काम नसकिएपछि थप एक महिना बाटो बन्द गरेर काम गरिने भएको छ । दिउँसोको समयमा सवारी रोकेर पुल निर्माणका लागि भित्तो काटिँदै आइएको थियो । गत पुस ५ गतेबाट ३० दिनका लागि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सडक रोकेर काम गरिँदै आएको थियो । यही माघ ५ गते अर्थात् भोली दिउँसो १२ बजे देखि ४ बजे सम्म थप ३० दिन बन्द गर्न लागिएको हो । जिल्ला प्रशासन कार्यालयमा आज सम्पन्न सरोकारवालाको बैठकले काम नसकिएपछि दिन थप गरेर काम सम्पन्न गर्ने निर्णय गरेको हो । प्रमुख जिल्ला अधिकारी आश्मान तामाङले सवारी नरोकी भित्तो काट्न नसकिने भएकाले एक महिना…
Read More
सभामुखको निर्वाचनका लागि कार्यतालिका सार्वजनिक

सभामुखको निर्वाचनका लागि कार्यतालिका सार्वजनिक

सभामुख पदको निर्वाचनका लागि संघीय संसद् सचिवालयले कार्यतालिका सार्वजनिक गरेको छ । संसद् सचिवालयले जारी गरेको कार्यतालिका अनुसार भोलि बुधबार सभामुख पदका लागि उम्मेदवारी दर्ता गराउन पाइनेछ । सत्ता गठबन्धन दलहरूबीच भएको सहमति अनुसार सभामुख पद एमालेको भागमा परेको भनिए पनि कसलाई बनाउने भनेर निर्णय भइसकेको छैन । तर, सोमबार राति बसेको सत्ता साझेदार दलहरूको बैठकले उपसभामुख राष्ट्रिय स्वतन्त्र पार्टीलाई दिने सहमति गरेको थियो ।
Read More
लुम्बिनीका मुख्यमन्त्री  गिरीले माघ ५ गते विश्वासको मत लिने

लुम्बिनीका मुख्यमन्त्री गिरीले माघ ५ गते विश्वासको मत लिने

लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले आउँदो माघ ५ गते विश्वासको मत लिने हुनुभएको छ । पुस २७ गते प्रदेश सभाका १० मध्ये सात दलका ५६ जना र दुईस्वतन्त्र गरी ५८ सांसदको समर्थनमा गिरी मुख्यमन्त्री नियुक्त हुनुभएको हो । मुख्यमन्त्री गिरीले प्रदेशसभाबाट विश्वासको मत लिनेबारे मंगलबार प्रदेश सभा सचिवालयलाई जानकारीपत्र बुझाएको प्रदेश सभा सचिवालयले जनाएको छ । संविधानको धारा १६८ को उपधारा ४ अनुसार मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । गिरीलाई नेकपा एमालेका २९, माओवादी केन्द्रका १०, राष्ट्रिय प्रजातन्त्र पार्टीका ४, नागरिक उन्मुक्ति पार्टीका ४, जसपाका ३, जनमत पार्टीका ३ जना, लोकतान्त्रिक समाजवादी पार्टीका ३…
Read More
सुदूरपश्चिमको सभामुखमा माओवादीका भण्डारी निर्वाचित

सुदूरपश्चिमको सभामुखमा माओवादीका भण्डारी निर्वाचित

सुदूरपश्चिम प्रदेशसभाको सभामुख पदमा माओवादी केन्द्रका सांसद भीमबहादुर भण्डारी निर्वाचित हुनुभएको छ । आज मंगलबार भएको मतदानमा उहाँले २९ मत पाएर बहुमत प्राप्त गर्नुभएको हो । यसअघि लगातार दुई पटक भएको मतदानमा कुनै पनि उम्मेदवारले बहुमत ल्याउन नसकेर सभामुख चयनमा सकस भएको सुदूरपश्चिममा तेस्रो पटकको मतदानबाट सत्ता गठबन्धनकातर्फबाट उम्मेदवार रहनुभएका माओवादी केन्द्रका सांसद भण्डारी निर्वाचित हुनुभएको हो । उहाँ बझाङ प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर (२) बाट निर्वाचित सांसद हुनुहुन्छ । आज भएको मत विभाजनमा भण्डारीले २९ मत प्राप्त गर्नुभएको छ । ५३ सदस्यीय प्रदेशसभामा बहुमत पु¥याउन २७ मत आवश्यक हुन्छ । सत्ता गठबन्धनका साझेदार दलहरु माओवादी केन्द्र ११, एमाले १०,…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.