भारतमा बस दुर्घटना हुँदा तीन नेपालीको मृत्यु
भारतमा नेपाली यात्रु चढेको बस दुर्घटना हुँदा तीन जना नेपालीको मृत्यु भएको छ । भारतको गुजरातबाट कैलालीको टीकापुरतर्फ आउँदै गरेको उक्त बस आइतबार राति दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा टीकापुर नगरपालिका क्षेत्र र आसपासका ५५ वर्षीय चन्द्र साउद, ४५ वर्षीय ललीत साउद र २० वर्षीया निर्मला बोहरा रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । दुर्घटनामा अन्य नेपाली घाइते भएको हुनसक्ने बताइएको छ । उक्त बस लखनउदेखि झण्डै ३० किलोमिटर नेपालतर्फको दुरीमा दुर्घटनामा परेको बताइएको छ । यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उक्त बस दुर्घटनामा तीन जना नेपालीसहित चार जनाको मृत्यु भएको समाचारले स्तब्ध तुल्याएको…