चितवनका १८ क्रसर उद्योग बन्द

चितवनका १८ वटा क्रसर उद्योग बन्द भएका छन् । जिल्ला प्रशासनल कार्यालय चितवनले जिल्लामा रहेका १८ वटा क्रसर उद्योगलाई बन्द गरेको हो ।
जिल्ला प्रशासन कार्यालयले भरतपुर महानगरपालिका वडा नं. १ मा एक, वडा नं.२९ मा तीन, वडा नं. २६ मा एक गरी पाँच क्रसर उद्योग बन्द गराइएको छ ।यस्तैं, खैरहनी नगरपालिकाका पाँच, रत्ननगर नगरपालिका.माडी नगरपालिका र कालिका नगरपालिकाका एक÷एक, राप्ती नगरपालिकाका तीन र इच्छाकामना गाउँपालिकाका दुई वटा क्रसर बन्द गराइएको छ ।
यसअघि नै बन्द भएका पाँचसहित थप १३ वटा क्रसरलाई बन्द गराइएको चितवनका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङ्गले जानकारी दिनुभयो ।

By रेडियो अर्पण

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.