राजनिती

मधेस प्रदेशले पुर्णता पायो, माओवादी सरकारमा सहभागी

मधेस प्रदेशले पुर्णता पायो, माओवादी सरकारमा सहभागी

मधेस प्रदेशको मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । मुख्यमन्त्री सरोजकुमार यादवले माओवादी केन्द्रलाई पनि सरकारमा सहभागी गराएर तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गर्नु भएको हो । माओवादी केन्द्रबाट उद्योग वन तथा पर्यटन मन्त्रीमा सुनिता यादव र राज्यमन्त्रीमा रहबर अंसारी नियुक्त हुनुभएको छ । उहाँहरुको आजै शपथ ग्रहण हुनेछ । भागबण्डामा एउटा मात्रै मन्त्रालयले दिएपछि असन्तुष्ट भएको माओवादी सरकारमा सहभागी भएको थिएन । तर, केन्द्रीय नेतृत्वको हस्तक्षेप पछि सरकारमा सहभागी हुने निर्णय गरिएको माओवादीले जनाएको छ । यसअघि मुख्यमन्त्री सरोजकुमार यादवले पुस २९ गते तीन जना मन्त्री र माघ २० गते छ जना मन्त्री र तीन राज्यमन्त्री नियुक्त गर्नुभएको थियो । अब मधेस…
Read More
पूर्वसांसद चौधरीको मुद्दामा आज सुनुवाइ हुँदै

पूर्वसांसद चौधरीको मुद्दामा आज सुनुवाइ हुँदै

पूर्वसांसद रेशम चौधरीले आफूविरुद्ध जन्मकैदको फैसला खारेज हुनुपर्ने माग राखी दायर गरेको मुद्दाको आज सर्वोच्च अदालतमा सुनुवाई हुँदैछ । टीकापुर घटनासम्बन्धी मुद्दामा चौधरीसहित १२ जनाको मुद्दा सुनुवाइका लागि पेशी तोकिएको छ ।यसअघि आठ पटकसम्म साधारण तारिख र छ पटक पेसी सरिरहेको यो मुद्दाको आज बहस हुने बताइएको छ । २०७२ भदौ ७ गते थरुहटको आन्दोलन हिंसात्मक बनेपछि भीडको आक्रमणबाट नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपानेसहित आठ सुरक्षाकर्मी मारिएका थिए । उक्त घटनामा रेशम चौधरीसहित ११ जनालाई दोषी ठहर गर्दै २०७५ फागुन १२ गते कैलाली जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको थियो । त्यसको दुई वर्ष पछि २०७७ साल पुस ३…
Read More
राष्ट्रिय सभा उपाध्यक्षमा माओवादी केन्द्रकी अर्यालको उम्मेदवारी दर्ता

राष्ट्रिय सभा उपाध्यक्षमा माओवादी केन्द्रकी अर्यालको उम्मेदवारी दर्ता

राष्ट्रिय सभाको उपाध्यक्षमा नेकपा माओवादी केन्द्रकी सांसद उर्मिला अर्यालले सत्ता गठबन्धनका तर्फबाट उम्मेदवारी दर्ता गराउनुभएको छ । अर्यालको प्रस्तावकमा राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठ तथा समर्थकमा देवेन्द्र दाहाल र खिमलाल देवकोटा रहनुभएको छ । संसद् सचिवालयले उम्मेदवारी दर्ताको समय आज आइतवार दिउँसो ४ बजेसम्मका लागि तोकेको छ । भोलि सोमवार बस्ने राष्ट्रिय सभा बैठकमा उपाध्यक्षका लागि चुनाव हुनेछ । माओवादीकी अर्याललाई सत्तारूढ सबै तलको समर्थन रहेको र प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले उम्मेदवारी नदिने निर्णय गरेका कारण उहाँ राष्ट्रिय सभाको उपाध्यक्षमा निर्विरोध निर्वाचित हुने सम्भावना रहेको छ । तत्कालीन उपाध्यक्ष शशिकला दाहालको कार्यकाल सकिएपछि विगत एक वर्षदेखि राष्ट्रिय सभाको उपाध्यक्ष…
Read More
कांग्रेस पानी बाहिरको माछाजस्तै छट्पटाइरहेको छ ः एमाले अध्यक्ष ओली

कांग्रेस पानी बाहिरको माछाजस्तै छट्पटाइरहेको छ ः एमाले अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस अहिले पानीबाहिरको माछा जस्तै छट्पटाएको टिप्पणी गर्नुभएको छ । आज आइतबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै ओलीले कांग्रेसले आफूलाई प्रतिपक्ष भनेर स्वीकार्न नसकेको टिप्पणी समेत गर्नुभयो । यतिबेला नेपाली कांग्रेस पानी बाहिरको माछा जस्तो छट्पटाएको देखिएको छ भन्दै अध्यक्ष ओलीले नेपाली कांग्रेस सत्ता बाहिर आफ्नो अस्तित्व आफैं विश्वास गर्न नसक्ने अवस्थामा पुगेको बताउनुभयो । नेपाली कांग्रेससँग सत्ता बाहिर रहँदा सत्तामा विग्रह ल्याउने र अल्पकालीन लाभ लिने अनुभव पनि रामै्सँग भएको उहाँको भनाई छ ।
Read More
बाराबाट स्वतन्त्र जितेका सांसद कलवार जसपामा प्रवेश

बाराबाट स्वतन्त्र जितेका सांसद कलवार जसपामा प्रवेश

बाराबाट निर्वाचित स्वतन्त्र प्रदेशसभा सदस्य शारदा शंकर कलवार जनता समाजवादी पार्टी (जसपा)प्रवेश गर्नुभएको छ । बारा २ (१) बाट जितेका कलवारलाई मधेश प्रदेशका अर्थमन्त्री संजय कुमार यादव र जसपाका विराटनगर महानगरपालिका अध्यक्ष अमरेन्द्र यादवले पार्टी प्रवेश गराउनुभएको हो । उहाँ बारा क्षेत्र नं २ (१) बाट नौहजार दुईसय ९५ मत प्राप्त गरी एमालेका बलवीर भुजेललाई पराजित गर्दै विजय हुनुभएको थियो । यसअघि महोत्तरी २ (२) बाट चुनाव जित्नुभएका स्वतन्त्र सांसद सुरिता साह र पर्सा क्षेत्र नम्बर ३(१) का प्रमोद कुमार जैसवालले जसपामा प्रवेश गर्नुभएको थियो । यो सँगै जसपाको मधेश प्रदेशमा १९ सांसद पुगेको छ ।
Read More
चितवन–२ मा आफू स्वतः विजयी भएको घोषणा गर्न माग गर्दै निर्वाचन आयोग पुगे कांग्रेस नेता श्रेष्ठ

चितवन–२ मा आफू स्वतः विजयी भएको घोषणा गर्न माग गर्दै निर्वाचन आयोग पुगे कांग्रेस नेता श्रेष्ठ

सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सांसदको उम्मेदवार नै बन्न अयोग्य भएको ठहर गरेर उहाँको पद खारेज भएपछि अहिले चितवन क्षेत्र न २ मा प्रतिनिधिसभा सदस्य पद रिक्त छ । लामिछानेको पद खोरेज भएसँगै चितवन क्षेत्र न २ मा उपनिर्वाचनबारे बहस चलिरहेकै बेला गत मंसिरको निर्वाचनमा दोस्रो हुनुभएका नेपाली कांग्रेसका नेता उमेश श्रेष्ठले आफूलाई स्वतः विजयी भएको घोषणा गर्न माग गर्दै निवेदन दिन निर्वाचन आयोगमा पुग्नुभएको छ । यसबारे उहाँँले आजै दिउँसो २ बजे हिमालय होटेलमा पत्रकार सम्मेलन गर्ने कार्यक्रम रहेको उहाँको सचिवालयले जनाएको छ । लामिछानेले कांग्रेसका नेता एवम् तत्कालीन राज्यमन्त्री श्रेष्ठ र नेकपा एमालेका नेता कृष्णभक्त…
Read More
नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरी जेल चलान

नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरी जेल चलान

नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरी आज शुक्रवार जेल चलान हुनुभएको छ । १३ वर्ष पुरानो आगजनीको घटनामा छ महिना कैद सजाय सुनाइएका कैलाली क्षेत्र नम्बर २ बाट निर्वाचित चौधरी हिजो बिहीवार बेलुका कैलाली जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहनुभएको थियो । उहाँलाई आज १० बजे कैलाली जिल्ला अदालतमा उपस्थित गराइ कैद पुर्जी लिएर धनगढी कारागारमा चलान गरिएको हो । फरार सूचीमा रहनुभएका चौधरीलाई हिजो बिहीवार बाँकेबाट पक्राउ गरी नेपालगञ्जबाट जहाजमा काठमाडौं लगिएका थियो । फेरी हिजो बिहिवार नै जहाजमार्फत धनगढी पु¥याइएको थियो । सांसद चौधरी नौ वर्षदेखि फरार हुनुहुन्थ्यो । कैलाली जिल्ला अदालतमा २०६६ भदौ ३ गते लु २ त…
Read More
सरकारले गर्यो एकैपटक २६ सहसचिवको सरुवा

सरकारले गर्यो एकैपटक २६ सहसचिवको सरुवा

सरकारले २६ सहसचिवको सरुवा गरेको छ । सोमबारको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार सहसचिव सरुवा गरीएको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतकाअनुसार विभिन्न मन्त्रालय, विभाग, आयोग, प्रदेश तथा निकायमा कार्यरत सहसचिवको सरुवा गरिएको हो । यसअघि संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले मन्त्रीस्तरीय निर्णयबाट सरुवा गर्दै आएकोमा यसपटक क्याबिनेटबाट सहसचिवको सरुवा गरिएको हो । सूचीअनुसार यातायात व्यवस्था विभागका महानिर्देशक डा. टोकराज पाण्डेयको सत्य निरूपण तथा मेलमिलाप आयोगमा सरुवा भएको छ भने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव इन्द्रमणि पोखरेलको भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयमा सरुवा भएको छ । त्यस्तै गरी अर्थमन्त्रालयका सहसचिव भुपाल बरालको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, केदारनाथ शर्माको गृहमन्त्रालय,…
Read More
परराष्ट्रमन्त्री पौड्याल श्रीलङ्का प्रस्थान

परराष्ट्रमन्त्री पौड्याल श्रीलङ्का प्रस्थान

परराष्ट्रमन्त्री डा. विमला राई पौड्याल श्रीलंकाको ७५औँ स्वतन्त्रता दिवसका अवसरमा आयोजित विशेष समारोहमा सहभागी हुन आज कोलम्बो प्रस्थान गर्नुभएको छ । उहाँलाई श्रीलंकाको बन्दरानाइके अन्तर्राष्ट्रिय विमानस्थलमा त्यहाँका सांसद परमिता बन्दरा तेनाखुनले स्वागत गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्री पौड्याल आज साँझ श्रीलंकाका लागि नेपाली राजदूत वासुदेव मिश्रले आयोजना गर्ने रात्रि भोजमा सहभागी हुनुहुनेछ ।सो अवसरमा उहाँले श्रीलंकामा रहेका नेपाली समुदायसँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ । त्यस्तै भोलि शुक्रबार पौड्याल श्रीलंकाका समकक्षीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । त्यस्तै पर्सि २१ गते श्रीलंकाका राष्ट्रपति रणिल विक्रमासिंघे र प्रधानमन्त्री दिनेश गुणबद्र्धधनेसँग शिष्टाचार भेटवार्ता गर्नुहुनेछ । परराष्ट्रमन्त्री पौड्याल माघ २२ गते स्वदेश…
Read More
नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरी बाँकेबाट पक्राउ

नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरी बाँकेबाट पक्राउ

नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरी बाँकेबाट पक्राउ पर्नुभएको छ । सार्वजनिक सम्पत्तिमा आगजनी गरेको मुद्दाका दोषी चौधरी आज पक्राउ पर्नुभएको हो । उहाँले सार्वजनिक सम्पत्तिमा आगजनी गरेको मुद्दा खेपिरहनुभएको थियो । त्यसको साथै उहाँमाथि टीकापुर घटनामा संलग्न भएको मुद्दा पनि परेको थियो । १० वर्षअघि आगजनी गरेको कसूरमा चौधरीमाथि कैलाली जिल्ला अदालतले छ महिना कैद र आठ लाख रुपैयाँ जरिवाना गर्ने फैसला गरेको थियो । यो बीचमा उहाँ सांसद बनेर आएपछि सो फैसला कार्यान्वयन हुन नसकेको विषय बाहिर आएको थियो । चौधरी गत मंसिर ४ मा सम्पन्न भएको निर्वाचनमा कैलाली क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको थियो…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.