राष्ट्रिय सभाको उपाध्यक्षमा नेपाली कांग्रेसले उम्मेदवारी दिने
नेपाली कांग्रेसले राष्ट्रियसभा उपाध्यक्षको निर्वाचनमा उम्मेदवारी दिने भएको छ । सभापति एवम् संसदीय दलका नेता शेरबहादुर देउवाले आज बिहीबार बिहान केन्द्रीय संसदीय कार्यसमितिको बैठकमा त्यसबारे छलफल गर्नुभएको हो । उक्त बैठकले राष्ट्रिय सभाको उपाध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको छ भने त्यसका लागि राष्ट्रिय सभामा रहेका अन्य राजनीतिक दलहरूसँग समन्वय र परामर्श गर्न सभापति देउवालाई जिम्मेवारी दिएको छ । बैठकले राष्ट्रिय सभाको उपाध्यक्षको निर्वाचनमा कांग्रेसकातर्फबाट उम्मेदवारी दिने निर्णय भएको प्रमुख सचेतक रमेश लेखकले बताउनुभयो । उहाँले भन्नुभयो– ‘हामीले उम्मेदवारी दिन्छौं, त्यसैको तयारीबारे छलफल भयो । साथै राष्ट्रिय सभामा रहेका अन्य राजनीतिक दलहरूसँग समेत छलफल गरेर सकेसम्म कांग्रेसको उम्मेदवारलाई विजयी गराऔं भन्ने…