राजनिती

राष्ट्रियसभा बैठक आइतबार बस्ने

राष्ट्रियसभा बैठक आइतबार बस्ने

काठमाडौं, पुस २० । राष्ट्रियसभाको बैठक यही पुस २५ गते आइतबार दिउँसो १ बजे बस्ने भएको छ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उक्त मिति र समयमा बैठक बस्ने गरी समय निर्धारण गर्नुभएको महासचिव डा भरतराज गौतमद्वारा आज जारी सूचनापत्रमा उल्लेख छ । उक्त सभाको पुस ५ गतेको बैठकले अर्को सूचनाद्वारा मिति र समय नतोकिएसम्मका लागि सभाको बैठक स्थगित गरेको थियो । रासस
Read More
प्रचण्डलाई अमेरिकाको बधाई

प्रचण्डलाई अमेरिकाको बधाई

पुस २० । अमेरिकाले नेकपा माओवादी केन्द्रको अध्यक्षमा पुनः चुनिएकोमा पुष्पकमल दाहल प्रचण्डलाइृ बधाई तथा शुभकामना दिएको छ । नेपालस्थित अमेरिकी दूतावासले प्रचण्डलाई बधाई दिएको हो । अमेरिका विश्वभर प्रजातन्त्र र नेपालको प्रजातान्त्रिक प्रक्रियाप्रति प्रतिबद्ध रहेको पनि दूतावासले जनाएको छ ।
Read More
विवेकशील साझा पार्टी विवाद: सर्वोच्च अदालत जाँदै मिलन पाण्डेको पक्ष

विवेकशील साझा पार्टी विवाद: सर्वोच्च अदालत जाँदै मिलन पाण्डेको पक्ष

पुस २० । विवेकशील साझा पार्टीबाट निष्कासित तत्कालीन संयोजक मिलन पाण्डेको पक्षले पार्टीको वैधानिकता प्राप्तिका लागि सर्वोच्च अदालतमा मुद्दा हाल्ने भएको छ । विवेकशील साझा पार्टीको वैधानिकता अध्यक्ष रवीन्द्र मिश्रलाई दिएको निर्वाचन अयोगलाई यस विषयमा पुनरवलोकन गर्न भन्दै पाण्डेले निवेदन दिएका थिए । तर आयोगले ‘निर्णय गर्न नचाहेको’ भनेर जवाफ दिएपछि पाण्डे पक्ष सर्वोच्च अदालत जाने भएको हो । पाण्डे पक्षका प्रवक्ता हरिशपसाद भट्टले विज्ञप्ति जारी गरी आफूहरू यस विषयमा कानुनी उपचारका लागि चाँडै सर्वोच्च अदालत जाने तयारीमा रहेको जानकारी दिएका हुन् । ‘पार्टीको विधान विपरीत पार्टीको नीति र नेतृत्व परिवर्तन गर्ने जस्तो गम्भीर निर्णय भएको एकल बैठक, जहाँ उपस्थित…
Read More
राष्ट्रिय सभाका लागि जनमोर्चाले तय गर्‍यो उम्मेदवार

राष्ट्रिय सभाका लागि जनमोर्चाले तय गर्‍यो उम्मेदवार

काठमाडौं, पुस २० । राष्ट्रिय जनमोर्चाले राष्ट्रिय सभाका लागि उम्मेदवार तय गरेको छ । जनमोर्चाले सत्ता गठबन्धनमा परेको आफ्नो कोटाबाट तुल बहादुर बिकलाई लुम्बिनी प्रदेश अन्तर्गतको राष्ट्रिय सभा उम्मेदवार बनाउने भएको हो । राजमो उपाध्यक्ष दुर्गा पौडेलले बिकलाई उम्मेदवार बनाउने निर्णय भएको जानकारी दिइन् । यसअघि हिजो बसेको गठबन्धनको बैठकमा एमालेबाट रिक्त हुन लागेको राष्ट्रिय सभा सदस्यको स्थानमा गठबन्धनका दलहरुबीच भागवण्डा भएको थियो ।
Read More
माओवादी केन्द्रले टुंग्यायो राष्ट्रिय सभाका लागि उम्मेदवार

माओवादी केन्द्रले टुंग्यायो राष्ट्रिय सभाका लागि उम्मेदवार

काठमाडौं, पुस २० । नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाएको छ । अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले नेताहरूसँगको छलफलपछि उम्मेदवारको नाम टुंगो लगाएका हुन्। माओवादी केन्द्रमा प्रदेश २ उर्मिला अर्याल, गण्डकीमा अन्यबाट सुरेश आलेमगर र दलितबाट भरत सुनार चयन भएका छन् । यस्तै कर्णालीमा अपांगबाट नरबहादुर विष्ट र सुदूरपश्चिममा दलितबाट जगत पार्की उम्मेदवार बन्ने भएको अध्यक्ष प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारि दिए । सोमबार बसेको माओवादीको केन्द्रीय समितिको बैठकले राष्ट्रिय सभाका उम्मेदवार छान्ने जिम्मेवारी प्रचण्डलाई दिएको थियो । १२ माघमा हुने राष्ट्रिय सभाको निर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदैछ ।
Read More
राष्ट्रियसभा सदस्य निर्वाचन: उम्मेदवारको मनोनयन आज

राष्ट्रियसभा सदस्य निर्वाचन: उम्मेदवारको मनोनयन आज

काठमाडौँ, पुस २० । निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य १९ रिक्त पदका लागि उम्मेदवारको मनोनयनपत्र दर्ता गराउन सम्पूर्ण तयारी पूरा गरेको छ । आगामी माघ १२ गते हुने उक्त निर्वाचनका लागि मङ्गलबार  बिहान १० देखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता हुने आयोगका सहायक प्रवक्ता कोमल धमलाले जानकारी दिए । उक्त निर्वाचनमा १२ राजनीतिक दलले भाग लिने छन् । आयोगले यही पुस २५ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने छ । आगामी फागुन २० गते नेकपा (एमाले)का आठ, नेकपा (एकीकृत समाजवादी)का चार, नेकपा (माओवादी केन्द्र)का चार र  नेपाली कांग्रेसका तीन राष्ट्रियसभा सदस्यको पदावधि सकिँदैछ । सदस्यको पदावधि समाप्त हुन ३५…
Read More
राष्ट्रिय सभा निर्वाचनका लागि एमालेले टुंग्यायो १९ उम्मेदवार (सूचीसहित)

राष्ट्रिय सभा निर्वाचनका लागि एमालेले टुंग्यायो १९ उम्मेदवार (सूचीसहित)

काठमाडौं, पुस १९ । राष्ट्रिय सभाको आसन्न निर्वाचनका लागि नेकपा एमालेले १९ जना उम्मेदवार टुंगो लगाएको छ । तुल्सीलाल स्मृति प्रतिष्ठान च्यासलमा सोमवार बसेको बैठकले राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवारहरूको नाम टुंगो लगाएको हो । राष्ट्रिय सभामा फागुन २० बाट रिक्त हुने १९ सीटका लागि आगामी माघ १२ गते निर्वाचन हुँदैछ । अर्को एक सीटमा भने सरकारको सिफारिशमा राष्ट्रपतिले मनोनित गर्नेछिन् । सत्तारुढ गठबन्धनले चुनावी तालमेल गरेर अगाडि बढ्ने सहमति गरिसकेकाले प्रदेश १ बाहेक अन्यत्र एमालेले जित्ने सम्भावना नगण्य छ । तैपनि एमालेले सबै सीटमा उम्मेदवारी दिनेगरी उम्मेदवार चयन गरेको हो । हेर्नुहोस्, एमाले उम्मेदवारहरूको सूची : प्रदेश–१ खुलाः देवराज घिमिरे…
Read More
माओवादी केन्द्रको अध्यक्षमा प्रचण्ड निर्विरोध निर्वाचित

माओवादी केन्द्रको अध्यक्षमा प्रचण्ड निर्विरोध निर्वाचित

काठमाडौं, पुस १९ । नेकपा माओवादी केन्द्रको अध्यक्षमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ निर्विरोध निर्वाचित भएका छन् । नवनिर्वाचित केन्द्रीय समितिको सोमवार बसेको बैठकमा नेता नारायणकाजी श्रेष्ठले अध्यक्षमा प्रचण्डको नाम प्रस्ताव गरेका हुन् भने नेता कृष्णबहादुर महराले प्रचण्डको नाममा समर्थन गरेका छन् । झण्डै ३ दशकदेखि पार्टीको अध्यक्ष रहेका प्रचण्ड आठौं महाधिवेशनपछि पुनः अध्यक्षमा निर्वाचित भएका हुन् ।
Read More
कांग्रेसले टुंगो लगायो राष्ट्रियसभा उम्मेदवार, को को परे ?

कांग्रेसले टुंगो लगायो राष्ट्रियसभा उम्मेदवार, को को परे ?

काठमाडौं, पुस १९ । राष्ट्रियसभा निर्वाचनका लागि नेपाली कांग्रेसले उम्मेदवारहरूको नाम टुंगो लगाएको छ । पार्टी कार्यालय सानेपामा बसेको पदाधिकारीको बैठकले ६ जना उम्मेदवार टुंगो लगाएको हो । आजै बिहान बसेको सत्तारुढ गठबन्धनले राष्ट्रियसभा निर्वाचनका लागि भागवण्डा मिलाएको थियो । आगामी माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि भोलि मंगलबार मनोनयन दर्ता हुँदैछ । जसमा कांग्रेसले गोपाल बस्नेत, कृष्णप्रसाद पौडेल, कमला पन्त, युवराज शर्मा, दुर्गा पन्त र नारायणदत्त मिश्रलाई उम्मेदवार बनाउने निर्णय गरेको डा.शेखर कोइरालाले जानकारी दिए । केन्द्रीय समिति बैठकअघि बसेको पदाधिकारी बैठकले यी नाममा सहमति जुटाएको थियो । उक्त नामहरू पदाधिकारी बैठकलगत्तै केन्द्रीय समिति बैठक बसेर अनुमोदन गरिएको…
Read More
समग्र कम्युनिष्टको नेतृत्व एमालेले मात्र गर्छ: उपमहासचिव गुरुङ

समग्र कम्युनिष्टको नेतृत्व एमालेले मात्र गर्छ: उपमहासचिव गुरुङ

दमक, पुस १९ । नेकपा (एमाले) का उपमहासचिव पृथ्वीसुब्बा गुरुङले एमाले मात्र सच्चा कम्युनिष्ट भएको बताएकाछन् । प्रेस चौतारी नेपाल झापाको नवौँ जिल्ला अधिवेशनको आज उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले विश्व राजनीति ध्रुवीय शक्तिका रुपमा स्थापित हुँदै गएको र नेपालमा समेत त्यस्तै राजनीति अवस्था देखिँदै गएकाले अब समग्र कम्युनिष्टको नेतृत्व एमालेले मात्र गर्ने जिकिर गरे । उनले एमालेको विकल्पमा अरु कम्युनिष्ट समूह, गुटका रुपमा मात्र सीमित भएकाले पनि समग्र बृहत कम्युनिष्टलाई सङ्गठित गर्न सक्ने भनेको एमाले मात्र भएको धारणा राखे । उनले भने, “एमाले सक्कली कम्युनिष्ट हो, सक्कली कम्युनिष्टको पक्षमा देशभरि फेरि जनलहर आएको छ, जनताले चिनिसकेका छन्, कुन असली…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.