राष्ट्रिय सभा निर्वाचनका लागि एमालेले टुंग्यायो १९ उम्मेदवार (सूचीसहित)

काठमाडौं, पुस १९ । राष्ट्रिय सभाको आसन्न निर्वाचनका लागि नेकपा एमालेले १९ जना उम्मेदवार टुंगो लगाएको छ । तुल्सीलाल स्मृति प्रतिष्ठान च्यासलमा सोमवार बसेको बैठकले राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवारहरूको नाम टुंगो लगाएको हो ।

राष्ट्रिय सभामा फागुन २० बाट रिक्त हुने १९ सीटका लागि आगामी माघ १२ गते निर्वाचन हुँदैछ । अर्को एक सीटमा भने सरकारको सिफारिशमा राष्ट्रपतिले मनोनित गर्नेछिन् ।

सत्तारुढ गठबन्धनले चुनावी तालमेल गरेर अगाडि बढ्ने सहमति गरिसकेकाले प्रदेश १ बाहेक अन्यत्र एमालेले जित्ने सम्भावना नगण्य छ ।

तैपनि एमालेले सबै सीटमा उम्मेदवारी दिनेगरी उम्मेदवार चयन गरेको हो ।

हेर्नुहोस्, एमाले उम्मेदवारहरूको सूची :

प्रदेश–१
खुलाः देवराज घिमिरे (झापा)
महिलाः सुमित्रा भण्डारी (झापा)
अल्पसंख्यकः सोनाम गेल्जेन शेर्पा (सोलुखम्बु)

प्रदेश–२
खुलाः असर्फी भिनवार यादव (धनुषा)
महिलाः बिना साह (रौतहट)

बागमती
खुलाः गोपाल शाक्य (ललितपुर)
महिलाः निरकुमारी कुँवर (निरु) दर्लामी (सिन्धुली)

गण्डकी
खुलाः पुण्यप्रसाद पौडेल (कास्की)
महिलाः लीला पोखरेल थनेट (नवलपुर)
दलितः गोविन्दबहादुर नेपाली (बाग्लुङ)

लुम्बिनी
खुलाः रामदयाल गुप्ता (दाङ)
महिलाः भारती खनाल (बाँके)
दलितः कृष्णबहादुर सुनार (गुल्मी)

कर्णाली
खुलाः चूडामणि शर्मा (सुर्खेत)
महिलाः गंगा थापा महत (जुम्ला)
अल्पसंख्यकः पदमबहादुर माझी (दैलेख)

सूदुरपश्चिम
खलाः डिल्लीराज भट्ट (डोटी)
महिलाः सन्तोषकुमारी शर्मा (कैलाली)
दलितः नरेश बिक (बैतडी)

By Admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.