अन्तर्राष्ट्रिय समाचार

भारतबाट बढेर आयो इन्धनको मूल्य, निगम फेरि घाटामा जाने स्रोतको दाबी

भारतबाट बढेर आयो इन्धनको मूल्य, निगम फेरि घाटामा जाने स्रोतको दाबी

भारतबाट इन्धनको मूल्य बढेर आएको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेसँगै भारतीय आयल कर्पोरेसन (आईओसी)ले इन्धनको भाउ बढाएर पठाएको आयल निगमले जनाएको छ । खाना पकाउने ग्यासबाहेक सबै प्रकारका इन्धनको मुल्य बढेर आएको छ । हिजो मंगलबार निगमलाई आएको नयाँमुल्य सूची अनुसार पेट्रोल प्रतिलिटर आठ रुपैयाँ एक पैसा, डिजेल सात रुपैयाँ ९८ पैसा, मट्टितेल चार रुपैयाँ ६१ पैसा तथा हवाई इन्धन सात रुपैयाँ ८० पैसा बढेर आएको हो । भारतबाट बढेर नयाँ मूल्य पाए पनि निगमले आफ्नो उपभोक्ताका लागि नयाँ मूल्य भने निर्धारण गरेको छैन । विगत चार महिनासम्म नाफामा रहँदै आएको निगम भारतबाट इन्धनको मूल्य बढेर आएपछि…
Read More
नेपाल भ्रष्टाचार हुने मुलुकको एकसय १० औं स्थानमा

नेपाल भ्रष्टाचार हुने मुलुकको एकसय १० औं स्थानमा

दिनप्रतिदिन भ्रष्टाचार बढ्दै गईरहेको बेला नेपाल३४ अंकका साथ भ्रष्टाचार हुने मुलुकको एकसय १० औं स्थानमा परेको छ । आज ट्रान्सपरेन्सी इन्टरनेशनलले सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा सूचकाङ्कको सूची अनुसार गएको वर्ष अर्थात् सन् २०२२ को सूचकाङ्कमा डेनमार्क ९० अङ्क प्राप्त गरी सबैभन्दा कम भ्रष्टाचार हुने मुलुकको रुपमा गनिएको छ । त्यस्तै सबैभन्दा बढि भ्रष्टाचार हुने मुलुकमा सोमालिया सूचीकृत भएको छ । सोमलिया १२ अङ्क प्राप्त गरी सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकका रुपमा सूचीकृत भएको ट्रान्सपरेन्सी इन्टरनेशनलले जनाएको छ । ५० भन्दा कम अंक प्राप्त गर्ने राष्ट्र बढी भ्रष्टाचार हुने मुलुकका रुपमा गणना गरिने हुनाले सोही गणना अनुसार नेपाल पनि बढी भ्रष्टाचार…
Read More
गृह मन्त्रालय नपाए सरकारबाट बाहिरिने रवि लामिछानेको चेतावनी

गृह मन्त्रालय नपाए सरकारबाट बाहिरिने रवि लामिछानेको चेतावनी

राष्टिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गृह मन्त्रालय नपाए सरकारबाट बाहिरिने चेतावनी दिनुभएको छ । आज मंगलबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको भेटमा सभापति लामिछानेले गृहमन्त्रालयको जिम्मेवारी नपाए सरकार छोड्ने चेतावनी दिनुभएको हो । सभापति लामिछानेले आफूहरू सरकार ढाल्न सक्ने हैसियतमा रहेकाले आफ्नो भागमा परेको मन्त्रालय नदिए सरकारबाट बाहिरिने चेतावनी दिएको बालुवाटार स्रोतले जनाएको छ । तर, यता प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचन्ड) ले भने तत्कालै गृहमन्त्रालय दिने मनस्थितिमा नभएको बुझिएको छ । लामछानेले भर्खरै नागरिकता लिएकाले गृहमन्त्रालयको जिम्मेवारी दिन नसकिने प्रम दाहालले बताउनुभएको थियो ।
Read More
एक वर्षमा करिब ३५ लाख यात्रुले गरे त्रिभुवन विमानस्थलबाट अन्तर्राष्ट्रिय यात्रा

एक वर्षमा करिब ३५ लाख यात्रुले गरे त्रिभुवन विमानस्थलबाट अन्तर्राष्ट्रिय यात्रा

यो एक वर्षको अवधिमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब ३५ लाख अन्तर्राष्ट्रिय हवाई यात्रुले यात्रा गरेका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणको तथ्यांक अनुसार सन् २०२२ मा त्रिभुवन विमानस्थलबाट मात्र ३४ लाख ८८ हजार तीनसय२८ जना यात्रुले अन्तर्राष्ट्रिय यात्रा गरेका छन् । यसमा आगमन र प्रस्थान दुवैको तथ्यांक जोडिएको छ । कार्यालयका अनुसार यो संख्या सन् २०२१ को तुलनामा साढे दुई गुणा बढी हो । सन् २०२१ मा अन्तर्राष्ट्रिय उडानका यात्रु संख्या १४ लाख ५६ हजार नौसय २९ जना रहेको थियो । सन् २०२२ मा त्रिभुवन विमानस्थलमा १५ लाख ५६ हजार आठसय ११ जना यात्रुको आगमन भएको तथ्यांकले देखाएको छ ।…
Read More
अमेरिकी उपमन्त्री नुल्यान्ड र प्रधानमन्त्री प्रचन्डबीच भेटवार्ता

अमेरिकी उपमन्त्री नुल्यान्ड र प्रधानमन्त्री प्रचन्डबीच भेटवार्ता

अमेरिकाको राजनीतिक मामिला हेर्ने उपमन्त्री भिक्टोरिया नुल्यान्ड र प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) विच भेटवार्ता भएको छ । दुई दिने नेपाल भ्रमणमा आउनुभएकी नुल्यान्डले आज बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्रीसँग भेट गर्नुभएको हो । उहाँहरुबीच दुई पक्षीय साझेदारी तथा आपसी हितका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । नयाँ सरकार बनेपछि अमेरिकाबाट भएको यो पहिलो उच्चस्तरीय भ्रमण हो । नुल्यान्डले आजै परराष्ट्रमन्त्री विमला पौड्याल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेटवार्ता गर्ने जनाइएको छ । उपमन्त्री नुल्यान्डले पाटन दरबार स्क्वायरको भ्रमण पनि गर्नुहुने काठमाडौंमा रहेको अमेरिकी दूतावासले जनाएको छ ।
Read More
राष्ट्रपतिको चुनाव आउँदो फागुन २५ गते

राष्ट्रपतिको चुनाव आउँदो फागुन २५ गते

राष्ट्रपतिको चुनाव अब आउँदो फागनु २५ गते बिहिवार हुने भएको छ । निर्वाचन आयोगले आज सोमबार राष्ट्रपतिको चुनावको मिति तय गरेको हो । राष्ट्रपति विद्यादेवी भण्डारीको पाँच वर्ष कार्यकाल २०७९ फागनु २९ मा सकिने छ । त्यसको चार दिनअघि निर्वाचन हुन लागेको हो । यस्तै आयोगले उपराष्ट्रपतिको चुनावको मिति पनि तय गरेको छ । उपराष्ट्रपतिको चुनाव आउँदो चैत ३ गते शुक्रवार हुने गरी मिति तय भएको छ । उपराष्ट्रपति नन्दकिशोर पुन २०७४ चैत ४ मा निर्वाचित हुनुभएको थियो ।
Read More
क्यानका अध्यक्षसहित पाँच जना पदाधिकारीको राजिनामा माग

क्यानका अध्यक्षसहित पाँच जना पदाधिकारीको राजिनामा माग

नेपाल क्रिकेट संघ क्यानका सात जना केन्द्रिय सदस्यले अध्यक्ष चतुरबहादुर चन्दसहित कार्य सम्पादन समितिमा रहेका पाँच जना पदाधिकारीको राजिनामा माग गरेका छन् । कार्यसम्पादन समितिमा अध्यक्ष चतुरबहादुर चन्द, सचिव प्रशान्त विक्रम मल्ल, कोषाध्यक्ष रोसन सिंह, सदस्यहरु दुर्गाराज पाठक र पदम खड्का हुनुहुन्छ । उक्त क्यानका ऋषिराज गौतम, दाउद अन्सारी, सञ्जयराज सिंह, करण महतरा क्षेत्री, अमितवीर पाण्डे, छुम्बी लामा र धर्मराज गिरी लगायतका सात केन्दीय सदस्यले राजीनामा माग्नुभएको हो । उहाँहरुले काठमाडौंमा पक्रकार सम्मेलन गरी नेपाल टी–२० लिग आयोजनाको जिम्मेवारी भारतीय कम्पनी सेभेन थ्री स्पोर्टसलाई दिएर गल्ती गरेको भन्दै उक्त पाँच जना पदाधिकारीको राजिनामा माग गर्नुभएको हो । आयोजक कम्पनी सेभेन…
Read More
गृहमन्त्रालय नछाड्ने रास्वपाको दाबी

गृहमन्त्रालय नछाड्ने रास्वपाको दाबी

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले गृहमन्त्रालय आफ्नो नै हुने दाबी गरेको छ । सर्वोच्च अदालतले यहि माघ १३ गते नागरिकता विवादमा रवि लामिछानेको सांसद पद खारेज गरेसँगै उहाँको गृहमन्त्री पद पनि गुमेको थियो । लामिछानैले पद गुमाए पनि गृहमन्त्रालय आफूहरुको भागमा परेको हुँदा दाबी कायमै रहने रास्वपाले बताएको छ । रास्वपाले भागवण्डामा गृहमन्त्रालय पाएको बताउँदै रास्वपा प्रवक्ता मुकुल ढकालले, ‘त्यो मन्त्रालय हाम्रो पार्टीले पाएको हो । त्यसकारण हाम्रो गृहमन्त्रालयमा दाबी रहने बताउनुभएको छ । गृहमन्त्रीमा रास्वपाले कसलाई पठाउने भन्ने विषयमा भने छलफल नभएको बताइएको छ । यस विषयमा सत्ता गठबन्धनका दलसँग पनि छलफल हुने ढकालको भनाई छ । त्यसो त गैरसांसदलाई…
Read More
आज ७० औं विश्व कुष्ठरोग दिवस मनाईदै, मधेस प्रदेशमा सबैभन्दा धेरै कुष्ठरोगी

आज ७० औं विश्व कुष्ठरोग दिवस मनाईदै, मधेस प्रदेशमा सबैभन्दा धेरै कुष्ठरोगी

कुष्ठरोग अन्त्यका लागि आजैबाट पहल गरौँ’ भन्ने मुख्य नाराका साथ आज ७०औँ विश्व कुष्ठरोग दिवस कार्यक्रम विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ । कुष्ठरोग आँखाले देख्न नसकिने ‘माइको व्याक्टेरियम लेप्रे’ नामको सुक्ष्म किटाणुबाट लाग्ने एक प्रकारको ज्यादै कम सर्ने रोग हो । धेरै मानिसलाई कुष्ठरोगको पहिलो लक्षणको रुपमा छालामा फिक्का दाग आउनु वा औँलाहरु सुनिने गर्दछ । चिकित्सकका अनुसार कुष्ठरोगले मुख्यतया स्नायु र छालालाई असर गर्दछ । समयमा उपचार नगरिएमा, यसले स्नायु क्षति, अनुभूति (सनसनी) गुमाउने र हात, खुट्टा र अनुहारको मांसपेशिको पक्षाघात गराउन सक्छ । विश्वका सय भन्दा बढी देशमा वार्षिक दुई लाखभन्दा बढी व्यक्तिलाई कुष्ठरोगको लक्षण देखिने गरेको…
Read More
राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन यहि माघ २३ मा हुने

राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन यहि माघ २३ मा हुने

राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन यहि माघ २३ गते हुने भएको छ । राष्ट्रिय सभाको आज शुक्रबार बसेको बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सभाको उपाध्यक्षको निर्वाचन माघ २३ गते सोमबार बिहान ११ बजेर ५९ मिनेटमा गर्ने गरी तोक्नुभएको हो । राष्ट्रिय सभा उपाध्यक्ष पद एक वर्षदेखि रिक्त छ । निर्वाचनसम्बन्धी कार्यक्रम सार्वजनिक गर्नका लागि संघीय संसद्का महासचिव भरतराज गौतमलाई निर्देशन दिनुभएको छ । राष्ट्रिय सभाको शुक्रबारको बैठक ४ मिनेटमात्रै बसेको थियो । बैठकले नेपाल विश्वविद्यालय विधेयक, २०७९ लाई दफावार छलफलका लागि राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिमा पठाएको छ । शिक्षामन्त्री शिशिर खनालले राखेको प्रस्तावलाई बैठकको सर्वसम्मतिले पारित गरेको थियो । राष्ट्रिय सभाको…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.