अन्तर्राष्ट्रिय समाचार

धवलागिरिमा लडेर बेपत्ता भएका दुई युवाको शव तीन महिनापछि भेटियो

धवलागिरिमा लडेर बेपत्ता भएका दुई युवाको शव तीन महिनापछि भेटियो

पर्वतीय पदयात्राका क्रममा धवलागिरि हिमाल क्षेत्रमा लडेर बेपत्ता भएका दुई युवाको शव तीन महिनापछि फेला परेको छ । ‘फोर सिजन माउन्टेन ट्रेक’मार्फत गत असोजमा धवलागिरि क्षेत्रको पदयात्रामा गएका सिन्धुपाल्चोका २८ वर्षीय देव लामा र सोलुखुम्बुका २७ वर्षीय बालकुमार कार्कीको शव फेला परेको हो । पर्वतीय पर्यटन व्यवसायीको साझा संस्था ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ नेपाल (टान)को पहलमा फोर सिजन माउण्टेन ट्रेक्सले गत असोज २१ गते धवलागिरि हिमालको खरपासमा खसेर बेपत्ता भएकामध्ये कार्कीको शव बुधबार काठमाडौँ ल्याइएको हो । मृतक लामाको शव भने फेला परे पनि ल्याउन समस्या भएको फोर सिजन माउण्टेन ट्रेक्सका सञ्चालक बसन्त लिम्बूले बताउनुभएको छ । हिमपात भएको बेला…
Read More
निर्वाचन आयोगद्धारा मतदाता नामावली संकलन र अद्यावधिक सुरु

निर्वाचन आयोगद्धारा मतदाता नामावली संकलन र अद्यावधिक सुरु

निर्वाचन आयोगले ७७ वटै जिल्ला निर्वाचन कार्यालयबाट अनलाइन प्रणालीमा आधारित मतदाता नामावली ‘प्रि–रजिष्ट्रेशन’ र अद्यावधिक सुरु गरेको छ । गत मङ्सिर ४ गतेका लागि प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन तय भएपछि गत साउन १९ गते स्थगन भएको मतदाता नामावली ‘प्रि–रजिष्ट्रेशन’ र अद्यावधिक प्रक्रिया यही माघ २ गतेबाट सुरु भएको आयोगले जनाएको छ । आयोगले तोकिए बमोजिमको प्रमाण लिई मतदाता नामावलीमा नाम दर्ता गराउन आउने नागरिकको फोटोसहितको मतदाता नामावलीको विवरण मतदाता नामावली ऐन, २०७३ बमोजिम सङ्कलन गर्दै आएको छ । कुनै मतदाताले आफ्नो मतदाता नामावलीमा रहेको नाम, ठेगाना, जन्म मिति, नागरिकतासम्बन्धी विवरण, बाबुको नाम, आमाको नाम, पति वा पत्नीको नामलगायतका विवरणमा…
Read More
राप्रपाको प्रमुख सचेतकमा ज्ञानेन्द्र शाही मनोनित

राप्रपाको प्रमुख सचेतकमा ज्ञानेन्द्र शाही मनोनित

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले प्रतिनिधिसभा सदस्य ज्ञानबहादुर शाही ’ज्ञानेन्द्र’लाई प्रमुख सचेतक बनाएको छ । पार्टी संसदीय दलको विधान बमोजिम अध्यक्ष एवं संसदीय दलका नेता राजेन्द्र लिङ्देनले शाहीलाई प्रमुख सचेतकमा मनोनित गर्नु भएको हो । शाही जुम्लाबाट निर्वाचित सांसद हुनुहन्छ । उहाँले माओवादीकी गोमा गौतम कुँवरलाई १० हजारभन्दा बढी मतले हराउनु भएको थियो ।
Read More
सभामुखमा एमालेका घिमिरेको उम्मेदवारी दर्ता

सभामुखमा एमालेका घिमिरेको उम्मेदवारी दर्ता

प्रतिनिधिसभाको सभामुख पदका लागि नेकपा एमालेका देवराज घिमिरेले उम्मेदवारी दर्ता गराउनु भएको छ । आज बुधवार बिहान नयाँ बानेश्वरमा रहेको संघीय संसद् सचिवालयमा उम्मेदवारी दर्ता गराउनुभएको हो । एमाले स्थायी कमिटी सदस्य समेत रहनुभएका घिमिरेको प्रस्तावकमा एमालेका सुवासचन्द्र नेम्वाङ र समर्थकमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र नेकपा माओवादी केन्द्रका हितराज पाण्डे रहनुभएको छ । झापा–२ बाट निर्वाचित भएर पहिलोपटक प्रतिनिधिसभा सदस्य बन्नुभएका घिमिरे २०५६ मा राष्ट्रिय सभा सदस्य चुनिनु भएको थियो । सभामुख पदमा एमाले र उपसभामुख पदमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवारी दिने सत्तारुढ दलहरुबीच सहमति भएको थियो । एमालेमा सभामुखका लागि पृथ्वीसुब्बा गुरुङ,…
Read More
कोरोनाका कारण झन्डै तीन वर्ष रोकिएको काठमाडौं–बेइजिङ उडान फेरी सुरु

कोरोनाका कारण झन्डै तीन वर्ष रोकिएको काठमाडौं–बेइजिङ उडान फेरी सुरु

कोरोना महामारीका कारण २०७६ चैतदेखि बन्द भएको काठमाडौं–बेइजिङ सिधा उडान झन्डै तीन वर्षपछि फेरी सुरु भएको छ । चीनले आफ्नो मुलुकमा लगाएको यात्रा प्रतिबन्ध पुस २४ गतेदेखि फुकुवा गरेपछि हिमालय एयरलायन्सले बेइजिङ उडान सुरु गरेको हो । नेपालको यती वल्र्ड इन्भेस्टमेन्ट प्रालि र तिब्बत एभिएसन डेभलपमेन्ट एज्ड इन्भेस्टमेन्ट कम्पनी लिमिटेडको संयुक्त लगानीमा आठ वर्षअघि स्थापना भएको हिमालय एयरलायन्सले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बेइजिङस्थित डाक्सिङ अन्तर्राष्ट्रिय विमानस्थलमा यहि माघ २८ देखि हरेक शनिबार नियमित उडान गर्ने भएको छ । काठमाडौंबाट चीनको राजधानीका लागि सिधा उडान गर्ने हिमालय एक मात्र वायुसेवा हो । साढे चार घण्टाहाराहारीको यो रुटमा पर्यटक, व्यापारी र विद्यार्थीहरूको आवागमन…
Read More
प्रधानमन्त्री दाहालसँग बेलायतका राजदूत निकोलाको भेटवार्ता

प्रधानमन्त्री दाहालसँग बेलायतका राजदूत निकोलाको भेटवार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)सँग नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले आज शिष्टाचार भेटवार्ता गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा द्विपक्षीय सम्बन्धका विविध विषयमा विचारविमर्श भएको प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ ।
Read More
सभामुखको निर्वाचनका लागि कार्यतालिका सार्वजनिक

सभामुखको निर्वाचनका लागि कार्यतालिका सार्वजनिक

सभामुख पदको निर्वाचनका लागि संघीय संसद् सचिवालयले कार्यतालिका सार्वजनिक गरेको छ । संसद् सचिवालयले जारी गरेको कार्यतालिका अनुसार भोलि बुधबार सभामुख पदका लागि उम्मेदवारी दर्ता गराउन पाइनेछ । सत्ता गठबन्धन दलहरूबीच भएको सहमति अनुसार सभामुख पद एमालेको भागमा परेको भनिए पनि कसलाई बनाउने भनेर निर्णय भइसकेको छैन । तर, सोमबार राति बसेको सत्ता साझेदार दलहरूको बैठकले उपसभामुख राष्ट्रिय स्वतन्त्र पार्टीलाई दिने सहमति गरेको थियो ।
Read More
प्रधानमन्त्री प्रचन्डद्धारा मन्त्रीमण्डल विस्तार, नवनियुक्त मन्त्रीले लिए आजै सपथ

प्रधानमन्त्री प्रचन्डद्धारा मन्त्रीमण्डल विस्तार, नवनियुक्त मन्त्रीले लिए आजै सपथ

प्रधानमन्त्री नियुक्त भएको २३ दिनपछि पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वको सरकारले पूर्णता पाएको छ । गत पुस १० मा प्रधानमन्त्री नियुक्त हुनुभएका प्रचण्डले आज मंगलबार (३ माघ) मा मन्त्रिपरिषद्लाई पूर्णता दिनुभएको हो । प्रधानमन्त्री बनेकोे भोलिपल्ट अर्थात् गत पुस ११ मा पद तथा गोपनियताको शपथ ग्रहण गर्नुभएका प्रधानमन्त्री प्रचण्डले सोही दिन नै आठ सदस्यीय मन्त्रिमण्डल विस्तार गर्नुभएको थियो । त्यसपछि आज (मंगलबार) १४ मन्त्री नियुक्त भएका हुन् । जसपा समेतका दलहरुलाई समेट्न केही मन्त्रायय बाँकी राख्दै आज मन्त्रिमण्डल विस्तार गरिएको हो । नवनियुक्त मन्त्रीहरुले शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथग्रहणसमेत गरिसक्नुभएको छ । सत्ता साझेदार दलमध्ये एमालेले सबैभन्दा बढी आठवटा मन्त्रालय…
Read More
सरकारले अवैध क्रसर बन्द गराएको रिसमा व्यवसायीले ढुङ्गा, गिटी बेच्न छाडे, विकास निर्माणको काम प्रभावित

सरकारले अवैध क्रसर बन्द गराएको रिसमा व्यवसायीले ढुङ्गा, गिटी बेच्न छाडे, विकास निर्माणको काम प्रभावित

सरकारले अवैध क्रसर बन्द गराएको रिस फेर्न व्यवसायीले ढुङ्गा, गिटी र बालुवा बेच्न छाडेपछि विकास निर्माणको काम प्रभावित हुन थालेको छ । गृह मन्त्रालयले अवैध क्रसर बन्द गराउन पत्राचार गरेपछि वैधरूपले सञ्चालनमा रहेका क्रसर उद्योगीले पनि सोहि रिसमा ढुङ्गा, गिटी र बालुवा नबेच्दा ठूला विकास निर्माणका काम नै प्रभावित हुन थालेका हुन् । गृह मन्त्रालयले गत पुस २० गते सबै जिल्ला प्रशासन कार्यालयलाई पत्र पठाएर अवैध र मापदण्ड विपरीत सञ्चालनमा रहेका क्रसर उद्योग बन्द गराउन पत्र पठाएको थियो । प्रारम्भिक तथ्याङ्कअनुसार सञ्चालमा रहेका आधाभन्दा धेरै क्रसरले दर्ता नवीकरण नगरेको, आवश्यक कागजात कार्यालयमा नराखेको, मापदण्ड विपरीत उत्खनन गरेको पाइएको गृह मन्त्रालयले…
Read More
वर्षेनि बढ्दै सडक दुर्घटना, सात वर्षमा तेह्र हजारले गुमाए ज्यान

वर्षेनि बढ्दै सडक दुर्घटना, सात वर्षमा तेह्र हजारले गुमाए ज्यान

दीपा चालिसे मुलुकमा वर्षेनि सडक दुर्घटनाका घटना बढ्दो छ । यहि बढ्दो सवारी दुर्घटनाको कारण धेरैले अकालमा ज्यान गुमाइसकेका छन् भने केहि अंग–भंग भएर जीवन र मृत्युको दोसाधमा छटपटाइरहेका छन् । विशेष गरी यान्त्रिक परीक्षणबिनै सवारी गुडाउने, चालकले मादक पदार्थ सेवन गर्ने, इन्जिनियरिङबिनै सडक खन्ने, पैसा कमाउने लोभमा चालकले आराम नगर्ने, द्रुत गतिमा सवारी गुडाउनेजस्ता कारणले सडक दुर्घटनाका घटना दिनानुदिन बढिरहेको हो । यसरी दिनप्रतिदिन हुने दुर्घटनाको कारण पहिचान गरेर त्यस्ता गतिविधि नियन्त्रण गर्नेतर्फ सरकारले ध्यान दिन सकेको छैन । सरकारको वेवास्ताका कारण मुलुकमा वर्षेनि सडक दुर्घटना र त्यसबाट भएको मानवीय क्षतिको अवस्था निकै डरलाग्दो छ । यहि सडक दुर्घटनाका कारण…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.