अन्तर्राष्ट्रिय समाचार

नेपाल टी–२० क्रिकेट लिगको उपाधि लुम्बिनीले जित्यो, विराटनगर २४ रनले पराजित

नेपाल टी–२० क्रिकेट लिगको उपाधि लुम्बिनीले जित्यो, विराटनगर २४ रनले पराजित

नेपाल टी–२० क्रिकेट लिगको उपाधि लुम्बिनी अल स्टार्सले जितेको छ । आज बुधवार भएको फाइनल खेलमा विराटनगर सुपर किङ्ग्सलाई २४ रनले हराउँदै लुम्बिनीले उपाधि जितेको हो । लुम्बिनीले दिएको एक सय ३४ रनको लक्ष्य पछ्याएको विराटनगरले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय नौ रनमात्रै बनाउन सक्यो । विराटनगरका अर्जुन साउदले ३४ र पृथु बाँस्कोटाले ३१ रन बनाए । लुम्बिनीका हरमीत सिंह र सागर ढकालले दुई÷दुई विकेट लिन सफल भएको छ । यसअघि त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनीले १९ ओभर २ बलमा एक सय ३३ रन बनाउँदा अलआउट भयो । लुम्बिनीका लागि लाहिरु मिलन्थाले ४१…
Read More
राष्ट्रपति भण्डारीद्वारा पृथ्वीनारायण शाहको शालिकमा पुष्पहार अर्पण

राष्ट्रपति भण्डारीद्वारा पृथ्वीनारायण शाहको शालिकमा पुष्पहार अर्पण

राष्ट्रपति विद्यादेवी भण्डारीले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा नेपालका शाहवंशीय राजा पृथ्वीनारायण शाहको शालिकमा पुष्पहार अर्पण गर्नुभएको छ । पृथ्वीनारायण शाहको ३०१ औँ जन्मजयन्तीका अवसरमा सिंहदरबार पश्चिम मूलढोकाअघि रहेको शालिकमा उहाँले पुष्पहार एवं माल्यार्पण गर्नुभएको हो । कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता, कार्यकर्ता, नागरिक समाजलगायतको सहभागिता छ । विश्व हिन्दू महासङ्घ, विश्व हिन्दू परिषद्लगायत संस्थाका प्रतिनिधिको पनि भीड लागेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि यस अवसरमा भृकुटीमण्डपबाट सिंहदरबार पश्चिम मूलढोकासम्म र्याली निकालेको छ । र्यालीसहित राप्रपाले पृथ्वीनारायणको शालिकमा माल्यार्पण गरेको छ । जयन्तीका अवसरमा बाजागाजा, शङ्ख, घण्ट ध्वनिले पश्चिम मूलढोकाअघिको क्षेत्र गुञ्जायमान भएको थियो ।
Read More
आज पृथ्वीनारायण शाहको जन्मजयन्ती, देशभर विविध कार्यक्रम गरी मनाइँदै

आज पृथ्वीनारायण शाहको जन्मजयन्ती, देशभर विविध कार्यक्रम गरी मनाइँदै

हरेक वर्ष पुस २७ गते मनाइने पृथ्वीनारायण शाहको जन्मजयन्ती आज विविध कार्यक्रम गरी देशभर मनाइँदैछ । यस वर्ष पृथ्वीनारायण शाहको तीनसय एक औँ जन्मजयन्ती मनाइँदैछ । विसं १७७९ पुस २७ गते गोरखामा राजा नरभूपाल शाह र रानी कौशल्यावतीका कोखबाट पृथ्वीनारायण शाहको जन्म भएको थियो । विसं १७९९ चैत २५ गते पृथ्वीनारायण शाह राजा हुनुभएको थियो । त्यसअघि नेपाल ५२ राज्यमा विभाजित थियो । पृथ्वीनारायण राजा भएपछि पूर्वमा टिस्टादेखि पश्चिममा चेपे नदीसम्म नेपालको सीमा विस्तार गर्न उहाँ सफल हुनुभएको थियो । पृथ्वीनारायणको शेषपछि उहाँका उत्तराधिकारीले पश्चिममा किल्ला काँगडासम्म नेपाल राज्यलाई विस्तार गरेको इतिहास छ । पृथ्वीनारायण शाहले विसं १८०१ मा नुवाकोट…
Read More
प्रधानमन्त्री प्रचण्डलाई दुईसय ६८ सांसदले दिए विश्वासको मत

प्रधानमन्त्री प्रचण्डलाई दुईसय ६८ सांसदले दिए विश्वासको मत

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले आज मंगलबार विश्वासको मत पाउनुभएको छ । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधि सभामा भएको मतदानमा उहाँले विश्वासको मत पाउनुभएको हो । आज प्रतिनिधिसभामा उपस्थित भएका दुईसय ७० सांसदमध्ये उहाँको पक्षमा दुईसय ६८ मत र विपक्षमा दुई मत खसेको बताइएको छ । प्रधानमन्त्री नियुक्त भएको ३० दिनभित्र प्रतिनिधि सभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार उहाँले आज विश्वासको मत लिनुभएको हो । दुई सय ७५ सदस्यीय प्रतिनिधिसभामा प्रचण्डले पाएको मत ९९ प्रतिशतभन्दा धेरै हो । यसअघि गएको पुस १० गते नेकपा माओवादी केन्द्र, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र स्वतन्त्र गरेर…
Read More
अनेरास्ववियु भोजपुरले ६५ सदस्यीय आयोजक कमिटी बनायो

अनेरास्ववियु भोजपुरले ६५ सदस्यीय आयोजक कमिटी बनायो

अनेरास्ववियु भोजपुरले ६५ सदस्यीय आयोजक कमिटी गठन गरेको छ । जिल्ला कमिटी अध्यक्ष सुशील कार्कीको अध्यक्षतामा आयोजक कमिटी गठन गरेको हो । कमिटीको उपाध्यक्षमा आर्यमन दाहाल, सचिवमा निसान राई, सहसचिवमा खगेन्द्र राई र सबिना बानिया, कोषाध्यक्षमा सुमी राई रहनुभएको छ । अधिवेशन सम्पन्न गर्न पाँच उपसमिति समेत गठन गरिएको छ । अब आउँदो माघ २१ गते २४ औँ जिल्ला अधिवेशन हुँदैछ । यस्तै बैठकले बुक बैंकको अवधारणालाई अगाडि बढाउने निर्णय पनि गरेको छ । बैठकमा अनेरास्ववियु केन्द्रीय कमिटी सचिवालय सदस्य ध्रुवराज राई, अनेरास्ववियु प्रदेश कमिटी सदस्य लक्ष्मण चौहान, प्रदेश कमिटी सदस्य प्रताप तामाङ लगायतको सहभागीता थियो ।
Read More
मावि तहको शिक्षकका लागि छसय ८६ पदमा विज्ञापन खुल्ला

मावि तहको शिक्षकका लागि छसय ८६ पदमा विज्ञापन खुल्ला

शिक्षक सेवा आयोगले माध्यामिक तह, तृतीय श्रेणी शिक्षक पदको खुला प्रतियोगितात्मक विज्ञापन खुला गरेको छ । आयोगले चालू शैक्षिक सत्रका लागि छ सय ८६ पदमा खुला प्रतियोगितात्मक विज्ञापन आह्वान गरेको हो । जसमा नेपाली विषयको लागि एकसय ११ रिक्त पदमा, अंग्रेजी विषयको लागि ८४ रिक्त पदमा, गणित विषयको लागि दुईसय आठ रिक्त पदमा, विज्ञान विषयको लागि एकसय ९१ रिक्त पदमा, सामाजिक अध्ययन विषयको लागि ५४ पदमा, अर्थशास्त्र विषयको लागि आठ पदमा, कार्यालय सञ्चालन तथा लेखा विषयको लागि १५ पदमा आयोगले विज्ञापन खुलाएको छ । यस्तै सुदूरपश्चिम प्रदेशमा शिक्षा विषयको लागि एक, मधेश प्रदेशमा स्वास्थ्य विषयको लागि एक, शुक्लयजुर्वेद विषयको लागि…
Read More
काठमाडौंलाई हराउँदै विराटनगर दोस्रो क्वालिफायरमा

काठमाडौंलाई हराउँदै विराटनगर दोस्रो क्वालिफायरमा

विराटनगर सुपर किङ्ग्स नेपाल टी–२० क्रिकेट लिगको दोस्रो क्वालिफायरमा पुगेको छ । त्रिवि क्रिकेट मैदानमा आज सोमवार भएको खेलमा काठमाडौंै नाइट्सलाई ९९ रनले हराउँदै विराटनगर क्वालिफायरमा पुगेको हो । विराटनगरले दिएको एक सय ८३ रनको लक्ष्य पछ्याएको काठमाण्डौ १२ ओभर ४ बलमा ८३ रन बनाउँदा अलआउट भयो । काठमाण्डौका लागि अविनाश बोहराले सर्वाधिक १६ रन बनाए । विराटनगरका सूर्य तामाङले चार तथा शहाब आलम र किओन जोसेफले दुई–दुई विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको विराटनगरका लागि कप्तान रोहित पौडेलले ६१ र विवेक यादवले १८ बलमा ४६ रन बनाए । काठमाण्डौका अनिल खरेल र कमलसिंह ऐरीले दुई– दुई तथा अभिनाश…
Read More
भारतमा बस दुर्घटना हुँदा तीन नेपालीको मृत्यु

भारतमा बस दुर्घटना हुँदा तीन नेपालीको मृत्यु

भारतमा नेपाली यात्रु चढेको बस दुर्घटना हुँदा तीन जना नेपालीको मृत्यु भएको छ । भारतको गुजरातबाट कैलालीको टीकापुरतर्फ आउँदै गरेको उक्त बस आइतबार राति दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा टीकापुर नगरपालिका क्षेत्र र आसपासका ५५ वर्षीय चन्द्र साउद, ४५ वर्षीय ललीत साउद र २० वर्षीया निर्मला बोहरा रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । दुर्घटनामा अन्य नेपाली घाइते भएको हुनसक्ने बताइएको छ । उक्त बस लखनउदेखि झण्डै ३० किलोमिटर नेपालतर्फको दुरीमा दुर्घटनामा परेको बताइएको छ । यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उक्त बस दुर्घटनामा तीन जना नेपालीसहित चार जनाको मृत्यु भएको समाचारले स्तब्ध तुल्याएको…
Read More
मलेसियामा बन्धक १३ नेपाली नागरिकको उद्धार

मलेसियामा बन्धक १३ नेपाली नागरिकको उद्धार

मलेसियामा बन्धक बनाइएका १३ जना नेपाली नागरिकको उद्दार गरिएको छ । उद्धार भएकामध्ये छ जनालाई भोली (मंगलबार) स्वदेश फर्काइने छ । बाँकी रहेका सात जनालाई भने दूतावासको पहलमा अब आउँदो शुक्रवार अर्थात् (पुस २९) गते नेपाल फर्काइने छ । मलेसिया गएका नेपालीहरु समस्यामा परेको गुनासो प्राप्त भएपछि आज (सोमबार) मात्रै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बन्धक बनाइएका र समस्यामा परेका उनीहरुको अवस्था बुझी तत्काल उद्दार पहल गर्न मुख्यसचिव शंकरदास बैरागीलाई निर्देशन दिनुभएको थियो । सोही निर्देशनका आधारमा सरकारले परराष्ट्र मन्त्रालयमार्फत मलेसियास्थित नेपाली राजदूतावाससँग सम्पर्क गरेको हो ।
Read More
जनता समाजवादी पार्टीले सरकारलाई विश्वासको मत दिने

जनता समाजवादी पार्टीले सरकारलाई विश्वासको मत दिने

जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारलाई विश्वासको मत दिने भएको छ । सत्ता साझेदार दलहरुको कार्यदलले तयार पारेको न्यूनतम साझा कार्यक्रमको मस्यौदामा नागरिकता समस्या समाधान र सुशासनको प्रत्याभूति जस्ता विषय समावेश भएसँगै सरकारलाई विश्वासको मत दिने निर्णय भएको पार्टीका प्रवक्ता मनिष सुमनले जानकारी दिनुभयो । जसपाले गठबन्धनको तर्फबाट मस्यौदा गरिएको न्यूनतम साझा कार्यक्रमको खाकामा पार्टीको राजनीतिक समितिको बैठकबाट सरकारमा सहभागी हुनका लागि राखिएका दुई वटा सर्तहरू समेटिएको भन्दै विश्वासको मत दिने बताएको हो । कार्यदलले तयार पारेको न्यूनतम साझा कार्यक्रमको मस्यौदा हिजो सत्तारुढ दलका शीर्ष नेतालाई बुझाएको छ । जसपाले पुस २७ गते पृथ्वी जयन्तीका दिन सार्वजनिक बिदा दिने विषयमा…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.