नेपाल रेडक्रस सोसाइटी चितवन जिल्ला शाखामा पौडेल
हिजो शनिवार राति सम्पन्न भएको नेपाल रेडक्रस सोसाइटी चितवन जिल्ला शाखाको ५१औंँ अधिवेशनले हरि पौडेलको सभापतित्वमा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । उक्त समितिको उपसभापतिद्वयमा रत्नप्रसाद सापकोटा र सिर्जना अधिकारी, मन्त्रीमा राममणि खनाल, कोषाध्यक्षमा विजयराज खनाल, उपमन्त्रीमा महेश्वर थपलिया, उपकोषाध्यक्षमा चिजकुमार आले निर्वाचित हुनुभएको छ । पौडेलले निकटतम प्रतिस्पर्धी विजय शर्मा भुसाललाई ५७ मतान्तरले हराउँदै निर्वाचित हुनुभएको हो । पौडेलले एक सय १८ मत प्राप्त गर्दा भुसालले ६१ मत प्राप्त गर्नुभएको थियो । उक्त समितिको खुला सदस्यमा सात र महिला सदस्य तीनजना निर्वाचित भएका छन् । जसमा शशी महतो, अनु गौतम, शारदा शर्मा पौडेल, हरिप्रसाद न्यौपाने, दीपककुमार खड्का,…