चितवन सेरोफेरो

अंग्रेजी नयाँ वर्ष मनाउन पूर्वराजा ज्ञानेन्द्र शाह चितवनमा

अंग्रेजी नयाँ वर्ष मनाउन पूर्वराजा ज्ञानेन्द्र शाह चितवनमा

अंग्रेजी नयाँ वर्ष मनाउन पूर्व राजा ज्ञानेन्द्र शाह हिजो बुधवार चितवन आउनुभएको छ । पूर्वरानी कोमल शाह र परिवारका अन्य सदस्यसंगै उहाँ चितवन आउनुभएको हो । पूर्व राजा शाहा सिमराबाट सडक मार्ग हुँदै चितवन आएको बताइएको छ । शाहलाई भरतपुरका विभिन्न ठाँउमा उहाँका समर्थकले स्वागत गरेका थिए । उहाँ केही दिन चितवन बस्नुहुनेछ । चितवनमा सुभेच्छुकसंग भेटघाट र छलफल पछि नयाँ बर्ष मनाएर काठमाडौं फर्कने कार्यक्रम रहेको बताइएको छ । निजी भ्रमणका लागि ज्ञानेन्द्र चितवन आएको पूर्वराजाको सचिवालयले जानकारी दिएको छ । पटिहानीमा रहेको सोल्टी वेष्टन रिसोर्टमा बस्नुभएका शाहले चितवन राष्ट्रिय निकुञ्जमा जंगल सफारी समेत गर्ने कार्यक्रम तय गरिएको छ…
Read More
चितवनमा यस वर्षकै धेरै चिसो, तापक्रम झर्यो ९ डिग्रीमा, भरतपुरका उडानसमेत प्रभावित

चितवनमा यस वर्षकै धेरै चिसो, तापक्रम झर्यो ९ डिग्रीमा, भरतपुरका उडानसमेत प्रभावित

चितवनमा चिसो ह्वात्तै बढेको छ । हिजो बुधबार देखि चितवन सहित आसपासका जिल्लामा घाम लागेको छैन भने हुस्सु र चिसो हावा चलेको छ । भरतपुर विमानस्थलमा रेकर्ड भएको तापक्रम अनुसार चितवनमा मंसिर लगतै चिसो सुरु भएको हो । तर पुस महिनामा मंसिरको भन्दा चिसो अत्याधिक बढेको छ । भरतपुर नागरिक उड्डयन कार्यालयले दिएको जानकारी अनुसार आज बिहिवार बिहान चितवनको तापक्रम १० डिग्रीमा झरेको थियो । बुधबार भने भरतपुरको तापक्रम बिहानदेखि बेलुका सम्म ११ डिग्री रहेको थियो । त्यस्तै, मंगलबार जिल्लाको तापक्रम ९ डिग्रीमा झरेको थियो । जुन चितवनको यस वर्षकै कम तापक्रम हो । भरतपुर विमानस्थलाले दैनिक बिहान ७ बजेदेखी…
Read More
तनहुँ र चितवन जोड्ने बुद्वसिं मार्गमा कालोपत्र

तनहुँ र चितवन जोड्ने बुद्वसिं मार्गमा कालोपत्र

तनहुँ र चितवन जोड्ने बुद्वसिं मार्गमा कालोपत्र सुरु गरिएको छ । कूल चौँतिस किलोमिटर दूरीमध्ये पहिलो चरणमा दश किलोमिटर मार्गमा कालोपत्र गर्न लागिएको हो । दमौलीको बसपार्कदेखि सुडेको पुलसम्म कालोपत्र गर्नको लागि ठेक्का सम्झौता भई काम अघि बढेको पूर्वाधार विकास कार्यालयका सूचना अधिकारी एवं इञ्जिनीयर धनमाया मिश्रले जानकारी दिनुभयो । ठेक्काको जिम्मा मैनाचुली सफल जेभी काठमाडौँले पाएको छ । विसं २०७९ भदौ २७ गते सम्झौता गरेको हो । सडक सात मिटर दुई लेनको हुनेछ । दमौलीबाट पृथ्वीराजमार्ग हुँदै चितवन जानुभन्दा बुद्वसिं मार्ग भएर जाँदा करिब २२ किलोमिटर दुरी छोटो पर्ने बताइएको छ । तेत्तीस महिनाभित्र सम्पन्न गर्ने सम्झौता भएको छ…
Read More
तमु सञ्चारकर्मी संघद्वारा छ जना पत्रकार पुरस्कृत

तमु सञ्चारकर्मी संघद्वारा छ जना पत्रकार पुरस्कृत

तमू (गुरूङ) सञ्चारकर्मी संघ, नेपाल (एट्जोन)ले छ जना पत्रकारलाई पुरस्कृत गरेको छ । हरेक वर्ष वितरण हुने ‘तमू पत्रकारिता पुरस्कार’बाट विभिन्न शीर्षकमा देशभरका छ जना पत्रकार तथा सञ्चारकर्मीहरूलाई पुरस्कृत गरिएको संघका अध्यक्ष रवीन गुरूङले जानकारी दिनुभयो । ‘छत्रमानसिंह–कमला गुरूङ पत्रकारिता पुरस्कार’बाट कान्तिपुर टेलिभिजनका भूपाल गुरूङ (कास्की) र एभरेष्ट एफएमका दीपेन्द्र श्रेष्ठ (पोखरा)लाई प्रदान गरिएको छ । यो पुरस्कार जनही २० हजार एक राशिको हो । यस्तै ‘भद्रकुमारी घले पत्रकारिता प्रोत्साहन पुरस्कार’बाट टिभी कालिकाकी गीता गुरूङ (चितवन)लाई प्रदान गरिएको छ । ‘लक्ष्मी गुरूङ पत्रकारिता पुरस्कार’ ग्यालेक्सी फोरके टेलिभिजनका देवराज गुरूङ (ताप्लेजुङ)लाई प्रदान गरिएको छ । तमू ल्होसार मूल आयोजक समितिले उपलब्ध…
Read More
चितवनमा बर्षेनी बढ्दो बलात्कार र यौनदुव्र्यवहारका घटना ः बालिका बढी जोखिममा

चितवनमा बर्षेनी बढ्दो बलात्कार र यौनदुव्र्यवहारका घटना ः बालिका बढी जोखिममा

दीपा चालिसे पछिल्लो समय बालबालिकामाथि हुने जघन्य अपराधको घटना वृद्धि हुँदै गएको छ । अन्य आपराधिक घटनाको तुलनामा बालबालिकासँग सम्बन्धित घटनाहरुका क्रम बढ्दो छ । विशेष गरी अन्य उमेरसमुहका भन्दा बालिकाहरु नै बलात्कार र यौन दुव्र्यवहार जस्ता जघन्य अपराधको सिकार बन्न पुगेका छन् । देशको फितलो कानुनको कारण विद्यालयमा पढ्न पठाएकी छोरी होस् वा बजार, मेला, पर्वमा पठाएकी छोरी नै किन नहोस्– घर फर्किदा सकुशल फर्किन्छे कि लास बनेर फर्किन्छे कुनै टुंगो छैन । सरकारले न त अपराधीलाई कानुनको कठघरमा उभ्याउन सक्यो न त पिडितलाई न्याय दिलाउन नै । सरकारको वेवास्ता र फितलो कानुनले यता अपराधी खुलमखुल्ला हिँडेका छन् भने…
Read More
आन्तरिक पर्यटकको रोजाइमा नारायणी नदी

आन्तरिक पर्यटकको रोजाइमा नारायणी नदी

छोटो समय लिएर घुम्न आउने आन्तरिक पर्यटकको लागि चितवनको नारायणी नदी किनार आन्तरिक पर्यटकका लागि बन्दै गइरहेको छ । नदी वरपरको रमणीय वातावरण तथा नदीमा सञ्चालित मोटरबोटका कारण यहाँ आन्तरिक पर्यटक आकर्षित बनेका हुन् । नारायणगढ बजार नजिकै रहेको नदी किनारमा मोटरबोटको मज्जा लिनेदेखि घाम ताप्ने र फुर्सदको समयमा घुम्न आउने मानिसको संख्या बढ्दै गइरहेको छ । मोटरबोट चढ्नकै लागि धेरै मानिसहरु त्यहाँ जाने गरेका छन् । मोटरबोट चढेर यहाँको दृश्य अवलोकन गर्न पाउँदा निकै रमाउँछन् आन्तरिक पर्यटक नारायणी नदीमा सञ्चालन भएको मोटरबोट चढ्न आउने आन्तरिक पर्यटकको भीड बढ्दै गएको व्यवसायी बताउँछन् । चितवन भएर यात्रा गर्नेहरु नारायणी नदीमा मोटरबोटको…
Read More
कोरोनाको नयाँ भेरियन्ट ः रत्ननगरद्धारा सर्तक रहन नगरबासीलाई आग्रह

कोरोनाको नयाँ भेरियन्ट ः रत्ननगरद्धारा सर्तक रहन नगरबासीलाई आग्रह

रत्ननगर नगरपालिकाले कोरोना भाइसरको नयाँ भेरियन्टको जोखिम बढ्न सक्ने सम्भावना रहेकाले सतर्क रहन नगरबासीलाई आग्रह गरेको छ । सो नगरपालिकाले एक सुचना प्रकाशित गरी कोरोनाको जोखिमबाट बच्न सर्तकता अपनाउन आग्रह गरेको हो । विश्वका केही देशहरुमा कोरोनाको नयाँ भेरियन्ट पुष्टि हुँदै सक्रमणको जोखिम फरक स्वरूपमा देखिइरहेकोले सर्तकता अपनाउन आग्रह गरेको हो । मेयर प्रल्हाद सापकोटाले कोरोनाको नयाँ भेरियन्टबाट बच्न माक्सको प्रयोग गर्न, एक अर्कामा भौतिक रुपमा दुरी गर्न र नियमित रुपमा हातको सरसफाईमा विशेषत ध्यान दिन आग्रह गरिएको बताउनुभयो । नगरपालिकाले कोरोना विरुद्धको खोपको पूर्ण मात्रा लगाउन र संस्था वा कार्यालय जाँदा पूर्ण रुपमा जनस्वास्थ्यका मापदण्ड पालना गर्न समेत अनुरोध…
Read More
उद्योगी पौडेल भरतपुर अस्पतालको अध्यक्षमा

उद्योगी पौडेल भरतपुर अस्पतालको अध्यक्षमा

चितवन उद्योग संघका निवर्तमान अध्यक्ष राजु पौडेल भरतपुर अस्पताल विकास समितिको अध्यक्षमा नियुक्त हुनुभएको । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पौडेललाई अध्यक्षमा नियुक्त गरेको हो । फ्रेन्ड्स अफ भरतपुर अस्पतालको संयोजक समेत रहनुभएका पौडेलले उक्त संस्थामा रहेर भरतपुर अस्पतालको विकासमा योगदान दिंदै आउँनुभएको थियो । भरतपुर अस्पतालको अध्यक्ष हुँदा डा.भोजराज अधिकारी राजीनामा दिएर चुनाव लड्न गएपछि उक्त पद रिक्त थियो । डा.अधिकारी मंसिर ४ गते सम्पन्न निर्वाचनमा चितवन क्षेत्र नं.३ बाट चुनाव लड्दै पराजित हुनुभएको थियो ।
Read More
शिक्षा बिना महानगरको विकास असम्भव ःउप प्रमुख अधिकारी

शिक्षा बिना महानगरको विकास असम्भव ःउप प्रमुख अधिकारी

भरतपुर महानगर उप प्रमुख चित्रसेन अधिकारीले भरतपुर महानगरपालिकालाइ शैक्षिक रुपमा बिकास गर्नुपर्ने बताउनु भएको छ । आजको २१ औ शताब्दीमा शिक्षा बिना महानगरको बिकास सम्भब नभएको बताउँदै उप प्रमुख अधिकारीले आजको आबश्यकता भरतपुर महानगरलाइ शैक्षिक गन्तव्यकै रुपमा बिकास गर्नु हो । नारायणी नमूना मा बि भरतपुर १० को हिरक महोत्सव २०७९ अन्तर्गतको सप्ताह ब्यापी कार्यक्रम तथा अभिभावक रेखदेख तथा प्रतिबद्धता कार्यक्रमलाई भरतपुरमा सम्बोधन गर्नु हुँदै उप प्रमुखले अन्यत्र जिल्लाहरुबाट अध्ययन गर्न काठमाडौ पोखरा गए जस्तै भरतपुरलाई पनि शैक्षिक गन्तव्यको रुपमा बिकास गर्नु पर्नेमा बिशेष जोड दिनुभयो । चितवनको शैक्षिक इतिहासको शाखलाइ नारायणी नमूना मा बि ले बचाएको छ, नारायणी नमूना…
Read More
सडक र पुल अलपत्र पारेपछि माडीका युवाले टाँसे ‘ठेकेदार हराएको सूचना’

सडक र पुल अलपत्र पारेपछि माडीका युवाले टाँसे ‘ठेकेदार हराएको सूचना’

माडी नगरपालिकाको मुख्य सडक स्तरोन्नतीको काम लामो समयदेखि अलपत्र परेपछि स्थानीयहरु आजित भएका छन् । सडकको धुलोले स्थानीय जनता रोगी भएका छन् भने सास्ती उस्तै पाएका छन् । सडक र पुल निर्माणको कामलाई अलपत्र पारेपछि माडीका युवाले ‘ठेकेदार हराएको सूचना’ टाँस्ने काम सुरु गरेका छन् । माडीको ७.७ किलोमिटर सडक स्तरोन्नत्ति गर्न २०७६ सालको पुसमा सम्झौता भएको थियो । ३३ करोड रूपैयाँ खर्च हुने सो काम गएको वैशाखमा सकिनु पर्ने सम्झौतामा उल्लेख छ । तर हालसम्म सडकको १० प्रतिशतका हाराहारीमा मात्रै काम भएको हुलाकी सडक आयोजना वीरगन्ज कार्यालयका सूचना अधिकारी इन्जिनियर दुर्गा मण्डलले बताउनुभयो । निकुञ्ज आडबाट सडक गएको छ…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.