अंग्रेजी नयाँ वर्ष मनाउन पूर्वराजा ज्ञानेन्द्र शाह चितवनमा

अंग्रेजी नयाँ वर्ष मनाउन पूर्व राजा ज्ञानेन्द्र शाह हिजो बुधवार चितवन आउनुभएको छ । पूर्वरानी कोमल शाह र परिवारका अन्य सदस्यसंगै उहाँ चितवन आउनुभएको हो । पूर्व राजा शाहा सिमराबाट सडक मार्ग हुँदै चितवन आएको बताइएको छ ।
शाहलाई भरतपुरका विभिन्न ठाँउमा उहाँका समर्थकले स्वागत गरेका थिए । उहाँ केही दिन चितवन बस्नुहुनेछ । चितवनमा सुभेच्छुकसंग भेटघाट र छलफल पछि नयाँ बर्ष मनाएर काठमाडौं फर्कने कार्यक्रम रहेको बताइएको छ । निजी भ्रमणका लागि ज्ञानेन्द्र चितवन आएको पूर्वराजाको सचिवालयले जानकारी दिएको छ । पटिहानीमा रहेको सोल्टी वेष्टन रिसोर्टमा बस्नुभएका शाहले चितवन राष्ट्रिय निकुञ्जमा जंगल सफारी समेत गर्ने कार्यक्रम तय गरिएको छ ।

By रेडियो अर्पण

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.