प्रवास

पेनाल्टी रोकेपछि मैदानमै ढलेका बेल्जियमका गोलकिपर इस्पिलको निधन

पेनाल्टी रोकेपछि मैदानमै ढलेका बेल्जियमका गोलकिपर इस्पिलको निधन

पेनाल्टी रोक्ने क्रममा मैदानमै ढल्नुभएका बेल्जियमका गोलकिपर अर्ने इस्पिलको निधन भएको छ । इस्पिल बेल्जियमको प्रान्तीय क्लब विन्कल स्पोर्ट्स बी बाट व्यावसायिक फुटबल खेल्दै आउनुभएको थियो । वेस्ट्रोजेवेकविरुद्धको खेलमा विन्कल स्पोर्ट्सले २–१ को अग्रता बनाइरहँदा रेफ्रीले दोस्रो हाफमा विपक्षी टिमलाई पेनाल्टी दिएका थिए । तर, इस्पिलले भने वेस्ट्रोजेवेकका खेलाडीको पेनाल्टी प्रहार बचाउनुभएको थियो । बेल्जियमका सञ्चारमाध्यमका अनुसार पेनाल्टी बचाएको खुसीयाली मनाइरहँदा इस्पिल मैदानमै ढल्नुभएको थियो । मैदानमै अचेत हुनुभएका इस्पिलको सहायताका लागि स्वास्थ्यकर्मी र मैदानमा रहेका अन्य आपतकालीन स्वंयमसेवक पुगेको भएपनि त्यसको केही समयपछि नै उहाँको मृत्यु भएको हो । रोयटर्सका अनुसार इस्पिलको पोस्टमार्टम भइसके पनि हालसम्म यसको रिर्पोट भने…
Read More
बीबीसीको दिल्ली कार्यालयमा भारतकको आन्तरिक राजस्व कार्यालयको छापा

बीबीसीको दिल्ली कार्यालयमा भारतकको आन्तरिक राजस्व कार्यालयको छापा

भारतको आन्तरिक राजस्व कार्यालयले ब्रिटिस ब्रोडकास्टिङ कर्पोरेसन (बीबीसी) को दिल्लीस्थित कार्यालयमा छापा हानेको छ । बीबीसीमा कार्यरत सम्पूर्ण कर्मचारीको मोबाइल फोनसमेत कब्जामा लिइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । केही समयअघि बीबीसीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विषयमा एउटा वृत्तचित्र बनाएको थियो । उक्त वृत्तचित्रबारे असन्तुष्टि जनाउँदै सरकारले भारतमा त्यसको अनलाइन लिंकमाथि प्रतिबन्ध लगाएको थियो । मोदी गुजरात राज्यको मुख्यमन्त्री हुँदा सन् २००२ मा भएको साम्प्रदायिक दंगाको विषयलाई लिएर तयार पारिएको उक्त वृत्तचित्रको पहिलो भाग १७ जनवरीमा सार्वजनिक भएको केही समयमा नै भारतमा ब्लक गरिएको थियो । भारतको सूचना तथा प्रशारण मन्त्रालयले आईटी नियमलाई आधार बनाएर बीबीसीको सामग्रीले साम्प्रदायिकतामा खलल ल्याउने…
Read More
नेपाल–भारत परराष्ट्र सचिवस्तरीय संयन्त्रको बैठक सम्पन्न

नेपाल–भारत परराष्ट्र सचिवस्तरीय संयन्त्रको बैठक सम्पन्न

दुई देशबीच साझेदारीको व्यापक समीक्षा हुँदै नेपाल–भारत परराष्ट्र सचिवस्तरीय संयन्त्रको बैठक सम्पन्न भएको छ । उक्त बैठकमा दुवै पक्ष समग्र क्षेत्रको हितका लागि आर्थिक र विकास सहयोगलाई थप सुदृढ गर्न सहमत भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । द्वीपक्षीय परराष्ट्र सचिवस्तरीय संयन्त्रको बैठकमा नेपालका परराष्ट्र सचिव भरतराज पौड्याल र भारतका विदेश सचिव विनयमोहन क्वात्राको नेतृत्वमा सात–सात जनाको टोली उपस्थित थियो । भारतीय विदेश सचिव क्वात्रा दुईदिने औपचारिक भ्रमणका लागि आज सोमबार नै काठमाडौं उत्रिनुभएको हो । उहाँलाई परराष्ट्र सचिव पौड्यालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नुभएको थियो । त्यसलगत्तै उहाँहरु रु याक एन्ड यति होटलमा द्वीपक्षीय परराष्ट्र सचिवस्तरीय संयन्त्रको बैठकमा आइपुगेको परराष्ट्र…
Read More
टर्की भूकम्पमा ज्यान गुमाउनेको संख्या ३३ हजार नाघ्यो

टर्की भूकम्पमा ज्यान गुमाउनेको संख्या ३३ हजार नाघ्यो

टर्की र सिरियामा गत सोमबार गएको शक्तिशाली भूकम्पमा परी हालसम्म ३३ हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन् । सन् १९३९ पछिकै शक्तिशाली मानिएको भूकम्पका कारण टर्कीमा २९ हजार छ सय पाँच र सिरियामा तीनहजार पाँचसय ७४ जनाको ज्यान गएको पुष्टि भएको छ । एकलाख भन्दा बढी मानिस घाइते भएर विभिन्न अस्पतालमा उपचार गराईरहेका छन् । भुकम्पमा अझै कयौं बेपत्ता भएका छन् । उनीहरुको खोजी भइरहेको छ । भूकम्प गएको एक हप्ता भइसक्दा पनि हराइरहेका धेरैजसो भेटिएका छैनन् । तर, यस बीचमा कतिपयको भने जीवितै उद्धार भइरहेको छ । अत्यधिक चिसो र भग्नावशेषमा पुरिएकाले जीवित भेटिने सम्भावना कम भइरहेका बेला पनि कतिपयको…
Read More
छ महिनाका लागि बेल्जियमका जान डी ब्रान्ट नेपालको भलिबल प्रशिक्षक नियुक्त

छ महिनाका लागि बेल्जियमका जान डी ब्रान्ट नेपालको भलिबल प्रशिक्षक नियुक्त

बेल्जियमका जान डी ब्रान्ट नेपाली राष्ट्रिय भलिबल टिमको मुख्य प्रशिक्षक नियुक्त हुनुएको छ । अन्तर्राष्ट्रिय भलिबल महासंघ एफआईभीबीको प्राविधिक सहयोगमा उहाँ राष्ट्रिय टिमको भलिबल प्रशिक्षक नियुक्त भएको नेपाल भलिबल संघले जनाएको छ । उहाँ छ महिनाको लागि मात्रै नेपालको प्रशिक्षक नियुक्त हुनुभएको हो । उहाँको कार्यकाल मार्चदेखि अगष्टसम्म हुनेछ । छ महिनाका लागि मात्र नेपाल आउने उहाँले महिला र पुरुष दुवै टोलीलाई प्रशिक्षण दिनुहुनेछ । जानले आगामी सेप्टेम्बरमा हुने एसियन गेम्ससम्म नेपालको प्रशिक्षकको रुपमा काम गर्नुहुनेछ । तर एसियन गेम्सको बेला भने उहाँ फर्किनुहुनेछ भने नयाँ प्रशिक्षक आउने छन् । जान फर्केपछि हान अबिङ एसियन गेम्सको लागि आउनुहुनेछ । हानले…
Read More
नेपालले पहिलो खेपमै टर्की पठायो २२ टनभन्दा बढी राहत सामग्री

नेपालले पहिलो खेपमै टर्की पठायो २२ टनभन्दा बढी राहत सामग्री

नेपाल सरकारले टर्कीका भूकम्प पीडितका लागि राहत सामग्रीको पहिलो खेपमा २२ टनभन्दा बढी राहत सामग्रीहरु पठाएको छ । उक्त सामग्रीमा औषधि, मेडिकल उपकरण, न्याना कपडा लगायत अन्य अत्यावश्यक सामग्रीहरु रहेका छन् । ति सामग्रीहरु आज दिउँसो टर्की पठाइएको परराष्ट्र मन्त्रालयले जनाएको छ । गत सोमबार गएको शक्त्तिशाली भूकम्पमा परी टर्की नराम्रोसँग प्रभावित भएको छ । टर्की र सिरियामा गरी करिब ३० हजार जना मानिसको मृत्यु भइसकेको जनाइएको छ । त्यस लगत्तै यहि माघ २५ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको बैठकले टर्कीमा अत्यावश्यक सामग्री र स्वास्थ्यकर्मी पठाउने निर्णय गरेको थियो ।
Read More
भूकम्पको पीडामा छटपटाइरहेको टर्कीमा बढ्न थाले लुटपाटका घटना, ४८ जना पक्राउ

भूकम्पको पीडामा छटपटाइरहेको टर्कीमा बढ्न थाले लुटपाटका घटना, ४८ जना पक्राउ

भूकम्पको पीडामा छटपटाइरहेको टर्कीमा लुटपाटका घटना बढेका छन् । भुकम्पको पिडाका बिच लुटपाटका घटना बढ्दै जादा यसले झन् चिन्ता बढाएको छ । प्रहरीले लुटपाटमा संलग्न भएको भन्दै टर्कीमा हालसम्म ४८ जनालाई पक्राउ गरिसकेको छ । लुटपाटका घटनाबारे अनुसन्धानका लागि एक कमिटी गठन गरिएको र सोही कमिटीको अनुसन्धानपछि आठ अलग–अलग प्रान्तबाट संदिग्ध ४८ जनालाई पक्राउ गरिएको बताइएको छ । यसअघि टर्कीका राष्ट्रपति रेचेप तैयप एर्दोआनले लुटपाट लगायतका अपराधमा संलग्नलाई कडा कारबाही गर्न निर्देशन दिनुभएको थियो । भूकम्पपछि राष्ट्रपति एर्दोआनले टर्कीका १० प्रान्तमा तीन महिनासम्मका लागि संकटकाल घोषणा गर्नुभएको छ । टर्की र सिरियामा गत सोमबार बिहान ७.८ म्याग्निच्युडको भूकम्प जाँदा हालसम्म…
Read More
मैत्रीपूर्ण खेलका लागि भारत जाने नेपाली महिला फुटवल टोलीको बिदाइ

मैत्रीपूर्ण खेलका लागि भारत जाने नेपाली महिला फुटवल टोलीको बिदाइ

अखिल नेपाल फुटबल संघ (एन्फा) ले भारत जाने नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई आज आइतबार बिदाइ गरेको छ । एन्फाले भारतसँग मैत्रीपूर्ण खेल खेल्ने नेपाली टोलीलाई सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिदाइ गरेको हो । राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिव टंक लाल घिसिङ, एन्फाका उपाध्यक्ष वीर बहादुर खड्का, महासचिव किरण राई लगायतले उक्त नेपाली टोलीलाई बिदाइ गर्नुभएको हो । नेपाली महिला टोली सोमबार भारत प्रस्थान गर्नेछन् । नेपाली टोलीले भारतसँग चेन्नईमा अब आउँदो फागुन ३ र ६ गते मैत्रीपूर्ण खेल खेल्नेछ । मैत्रीपूर्ण खेलका लागि टोलीका मुख्य प्रशिक्षक अनन्तराज थापाले २३ सदस्यीय टोलीको घोषणा गरिसक्नुभएको छ । चोटका कारण साफ…
Read More
टर्कीमा भूकम्प गएको एक सय १५ घण्टापछि एक गर्भवती महिला र उनकी छोरीको जीवितै  उद्धार, भुकम्पबाट ज्यान गुमाउनेको संख्या २४ हजार नाघ्यो

टर्कीमा भूकम्प गएको एक सय १५ घण्टापछि एक गर्भवती महिला र उनकी छोरीको जीवितै उद्धार, भुकम्पबाट ज्यान गुमाउनेको संख्या २४ हजार नाघ्यो

टर्कीमा भूकम्प गएको एक सय १५ घण्टापछि एक जना गर्भवती र उनकी छोरीको जीवितै उद्धार गरिएको छ । टर्कीको गाजिएन्टेपमा भत्किएको एउटा भवनको भग्नावशेषबाट आमाछोरीको उद्धार गरिएको जनाइएको छ । यसअघि भूकम्प गएको एक सय १० घण्टामा पनि एक जना किशोरसहित केही मानिसको जीवितै उद्धार भएको थियो । अत्याधिक चिसो र भूकम्प गएको लामो समय भैसकेकाले मानिसहरु जीवित भेटिने आशा कम हुँदै गएका बेला चामत्कारिक दृष्यहरु देखिएको बीबीसीले जनाएको छ । हिजो पनि भूकम्प गएको ९० घण्टापछि एक जना गर्वभती महिला र उहाँको १० दिनको शिशुको पनि जीवितै उद्धार भएको थियो । उद्धारकर्ताहरूले ९३ हजार जनाभन्दा धेरैलाई भूकम्पको कारण भत्किएका…
Read More
टर्कीको भुकम्पमा परी करिब आठ हजारले गुमाए ज्यान ,झन्डै चालीस हजार घाइते

टर्कीको भुकम्पमा परी करिब आठ हजारले गुमाए ज्यान ,झन्डै चालीस हजार घाइते

टर्कीमा सोमबार गएको भुकम्पमा परि कम्तीमा सात हजार नौसय २६ जनाको ज्यान गएको पुष्टि भएको छ । उक्त भुकम्पबाट करिब ४० हजारजना घाइते भएका सीएनएनले जनाएको छ । टर्की र सिरियामा गरी हालसम्म झन्डै आठ हजारजनाको मृत्यु भएको हो । सिरियामा मात्र एक हजार नौसय भन्दा बढी मानिसको मृत्यु भएको छ । मानिस सुतिरहेको समयमा टर्कीको गाजियन्टेपनजिकै केन्द्रविन्दु भएर ७.८ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पका कारण हजारौँ भवनहरू भत्किएको जनाइएको छ । स्थानीय समयानुसार सोमबार बिहान ४ बजेर १७ मिनेटमा गएको उक्त भूकम्पको केन्द्रविन्दु जमिनको सतहबाट १७.९ किमि गहिराइमा थियो । सोमबारै दिउँसो टर्कीमा अर्को शक्तिशाली भूकम्प गएको थियो…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.