मैत्रीपूर्ण खेलका लागि भारत जाने नेपाली महिला फुटवल टोलीको बिदाइ

अखिल नेपाल फुटबल संघ (एन्फा) ले भारत जाने नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई आज आइतबार बिदाइ गरेको छ ।
एन्फाले भारतसँग मैत्रीपूर्ण खेल खेल्ने नेपाली टोलीलाई सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिदाइ गरेको हो ।
राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिव टंक लाल घिसिङ, एन्फाका उपाध्यक्ष वीर बहादुर खड्का, महासचिव किरण राई लगायतले उक्त नेपाली टोलीलाई बिदाइ गर्नुभएको हो ।

नेपाली महिला टोली सोमबार भारत प्रस्थान गर्नेछन् । नेपाली टोलीले भारतसँग चेन्नईमा अब आउँदो फागुन ३ र ६ गते मैत्रीपूर्ण खेल खेल्नेछ । मैत्रीपूर्ण खेलका लागि टोलीका मुख्य प्रशिक्षक अनन्तराज थापाले २३ सदस्यीय टोलीको घोषणा गरिसक्नुभएको छ । चोटका कारण साफ महिला च्याम्पियनसिप गुमाउनुभएकी मिडफिल्डर रेनुका नगरकोटी पनि उक्त टिममा फर्किनुभएको छ । मैत्रीपूर्ण खेलका लागि भारत जाने नेपाली खेलाडीमा गोलकिपर एन्जिला तुम्बापो सुब्बा, अञ्जना राना मगर, उषा नाथ, डिफेन्डरमा हिरा कुमारी भुजेल, घिमकुमारी गुरुङ, अमृता जैशी, गीता राना, निशा थोकर, विमला विक, समीक्षा घिमिरे, मिडफिल्डरः विमला चौधरी, सविता राना मगर, सरु लिम्बु, दीपा शाही, रेनुका नगरकोटी, अनिता बस्नेत, प्रिती राई, अनिता केसी हुनुहुन्छ भने फरवार्डमा अमिषा कार्की, रेखा पौडेल, सावित्रा भण्डारी, रश्मीकुमारी घिसिङ, निर्मला विक लगायतका २३ जना नेपाली खेलाडी रहनुभएको छ ।

By रेडियो अर्पण

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.