‘भ्यालेन्टाइन डे’ का लागि झकिझकाउ बन्यो चितवनको सौराहा
आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी चितवनको सौराहामा भ्यालेन्टाइन विशेष खाना महोत्सव आयोजना हुने भएको छ । पर्यटकलाई आकर्षित गर्न रेस्टुरेन्ट एन्ड बार एसोसिएसन (रेवान) सौराहाले यही माघ २९ अर्थात् भोलीदेखि फागुन २ गतेसम्म खाना महोत्सव आयोजना गर्ने भएको हो । भ्यालेन्टाइन डे मनाउन परिवार तथा प्रेमिल जोडीको स्वागतका लागि व्यवसायीहरूले सौराहालाई झकिझाउ पारेर सिँगारेका छन् । स्थानीय उत्पादनका सामग्रीले सौराहा सिँगारिएको छ । सौराहाको हात्तीचोकदेखि गैँडाचोकसम्म डाली र लाइट राखेर सौराहालाई झिलिमिली बनाइएको छ । चितवनमा घुम्ने, बस्ने र रमाउन सकिने ठाउँ र व्यवस्था छ भन्न कार्यक्रम आयोजना गरिएको बताइएको छ । भ्यालेन्टाइन डे मनाउन अन्त जान नपर्ने गरी…