आज साँझ चितवन आउँदै रवि लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछान आज साँझ चितवन आउँदै हुनुहुन्छ । उहाँको साथमा पार्टी उपसभापति डिपि अर्याल पनि चितवन आउन लाग्नुभएको छ । भोली शनिबार र पर्सी आइतबारका विभिन्न सार्वजनिक कार्यक्रममा सहभागी हुन लामिछाने चितवन आउन लाग्नुभएको हो । लामिछाने सहभागी हुने शनिबारको विभिन्न कार्यक्रम तय भइसकेको उहाँका सहयोगी प्रकाश सिग्देलले जानकारी दिनुभयो । लामिछानेले भोली शनिबार बिहान साढे ६ बजे मौलाकालिका मन्दिरको दर्शन गर्नुहुनेछ । त्यसपछि आफ्नो निवासमा पुगि खाना खाएर खैरहनी जानुहुनेछ । त्यहाँ एक कार्यक्रममा सहभागी भई करिब २ बजेतिर कोटिहोम महायज्ञ र साढे २ बजेतिर लंकुस्थित अर्काे महायज्ञमा सहभागी हुनुहुनेछ । भोली बेलुकीपख मेघौली र…