टर्कीको भुकम्पमा परी करिब आठ हजारले गुमाए ज्यान ,झन्डै चालीस हजार घाइते
टर्कीमा सोमबार गएको भुकम्पमा परि कम्तीमा सात हजार नौसय २६ जनाको ज्यान गएको पुष्टि भएको छ । उक्त भुकम्पबाट करिब ४० हजारजना घाइते भएका सीएनएनले जनाएको छ । टर्की र सिरियामा गरी हालसम्म झन्डै आठ हजारजनाको मृत्यु भएको हो । सिरियामा मात्र एक हजार नौसय भन्दा बढी मानिसको मृत्यु भएको छ । मानिस सुतिरहेको समयमा टर्कीको गाजियन्टेपनजिकै केन्द्रविन्दु भएर ७.८ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पका कारण हजारौँ भवनहरू भत्किएको जनाइएको छ । स्थानीय समयानुसार सोमबार बिहान ४ बजेर १७ मिनेटमा गएको उक्त भूकम्पको केन्द्रविन्दु जमिनको सतहबाट १७.९ किमि गहिराइमा थियो । सोमबारै दिउँसो टर्कीमा अर्को शक्तिशाली भूकम्प गएको थियो…