हेडलाईन

बाग्मति प्रदेशका उपसभामुखमा तीन उम्मेदवार

बाग्मति प्रदेशका उपसभामुखमा तीन उम्मेदवार

बाग्मती प्रदेशको उपसभामुखका लागि तीनजनाको उम्मेदवारी परेको छ । आज ३ बजे हुन गईरहेको उपसभामुख निर्वाचनका लागि नेकपा एमाले, नेपाली कांग्रेस र नेमकिपाका तीन उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन् ।जस अनुसार एमालेवाट अप्सरा चपागाई, कांग्रेसवाट सुना परियार तथा नेमकिपावाट गीता काफ्लेको उम्मेदवारी परेको छ । तीनै जनाको उम्मेदवारका मत चयन प्रक्रिया आज अपरान्ह ३ बजेवाट सुरु हुने प्रदेश संसद सचिवालयले जनाएको छ ।
Read More
नारायणी नदीमा हिजोदेखि चल्यो पानीजहाज

नारायणी नदीमा हिजोदेखि चल्यो पानीजहाज

चितवनको नारायणी नदीकिनारमा हिजोदेखि क्रुजसिप (पानीजहाज)सञ्चालनमा आएको छ । राइनो वाटर इन्टरटेनमेन्ट प्रालिले हिजो आइतबार दिउँसो १ बजे विशेष क्रुजिङको समयलाई साइत मानेर पर्यटकीय प्रयोजनका लागि क्रुज सञ्चालनमा ल्याएको हो । करिब दुईवर्ष पहिले नै क्रुजसिपको परीक्षण गरिएपनि कोभिड महामारी र केही नीतिगत व्यवधानका कारण उक्त क्रुजसिप( पानीजहाज)सञ्चालनमा आउन सकेको थिएन । अहिले सबै प्रक्रिया पूरा गरेर क्रुजसिप सञ्चालनमा ल्याइएको राइनो वाटर इन्टरटेनमेन्ट प्रालिका कार्यकारी निर्देशक दीपक ढुङ्गेलले जानकारी दिनुभयो । निर्देशक ढुङ्गेलका अनुसार तीनतला रहेको क्रुजमा एकपटकमा एकसय ८० जना यात्रु चढ्न सक्छन् । यसको कुल क्षमता भने दुईसय जना रहेको छ । क्रुज चढ्न सातसय रूपैयाँ शुल्क तिरेर…
Read More
नेपालमा हालसम्म हवाई दुर्घटनाको संख्या एकसय चार पुग्यो, साढे आठ सयभन्दा बढीको मृत्यु

नेपालमा हालसम्म हवाई दुर्घटनाको संख्या एकसय चार पुग्यो, साढे आठ सयभन्दा बढीको मृत्यु

दीपा चालिसे आज पोखरामा भएको निजी वायु सेवा कम्पनी यति एयरलाईन्सको विमान दुर्घटना सहित नेपालको हवाई उड्ययन इतिहासमा हवाई दुर्घटनाको संख्या एकसय चार पुगेको छ । हालसम्म नेपालमा एक इन्जिनयुक्त आठ वटा दुर्घटना भएका छन् भने हेलिकप्टरतर्फ ३६ र विदेशी १० वटा वायुसेवासमेत गरी एकसय चार वटा दुर्घटना भइसकेका छन् । उक्त हवाई दुर्घटनामा परी हालसम्म साढे आठ सयभन्दा बढीको ज्यान गइसकेको छ । आज भएको पोखरा दुर्घटनाबाहेक हालसम्म आन्तरिकतर्फ तीनसय ६४, सिंगल इन्जिन भएका विमान दुर्घटनामा २५, हेलिकप्टरतर्फ ८५ र विदेशी वायुसेवातर्फ तीनसय ७५ गरी आठसय ४९ जनाको ज्यान गइसकेको छ । नेपाल नागरिक उड्ययन प्राधिकरणको ‘एभीएसन सेफ्टी रिपोर्ट’…
Read More
आज माघे संक्रान्ति, सरकारले दियो सार्वजनिक बिदा

आज माघे संक्रान्ति, सरकारले दियो सार्वजनिक बिदा

आज माघ १ गते अर्थात् माघे संक्रान्ति । थारु समुदायको महान् चाड माघी पर्व तथा मगर समुदाय लगायत अन्य समुदायले मनाउने चाड माघे संक्रान्ति (मकर संक्रान्ति) को अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ । माघ महिनाको १ गते मनाइने यस पर्वलाई थारु समुदायले माघी भनेर मनाउँछन् र नयाँ वर्ष मान्ने गर्छन् । मगर समुदायले पनि यसलाई आफ्नो मुख्य चाडको रुपमा धुमधामका साथ मनाउँछन् भने नेपालको समस्त भूभाग, हिमाल, पहाड र तराईमा यो पर्वलाई आ–आफ्ना परम्परा, भिन्न भिन्न विशेषता र प्रकृतिले मनाउने गरेका छन् ।
Read More
पोखरा विमान दुर्घटना अपडेट ः घटनास्थलबाट ३२ जनाको शव निकालियो

पोखरा विमान दुर्घटना अपडेट ः घटनास्थलबाट ३२ जनाको शव निकालियो

पोखरामा भएको विमान दुर्घटनामा ३२ जनाको शव निकालिएको छ । काठमाडौंबाट ६८ जना यात्रु र चालक दलका चार जना सदस्य लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको–एन एएनसी एटीआर आइतबार बिहान सेती दोभानमा खसेको थियो । उद्धार कार्यमा खटिएका सुरक्षा स्रोतकाअनुसार ११ बजेर ३० मिनेट जाँदासम्म दुर्घटनास्थलबाट ३२ जनाको शव निकालिएको हो । पुरानो विमानस्थलको पछाडिपट्टि रहेको सेती नदी दोभानमा जहाज खसेको थियो ।
Read More
यातायात कार्यालयका शाखा अधिकृतविरुद्ध एक करोड रुपैयाँको भ्रष्टाचार मुद्दा

यातायात कार्यालयका शाखा अधिकृतविरुद्ध एक करोड रुपैयाँको भ्रष्टाचार मुद्दा

यातायात व्यवस्था कार्यालय सुकेधाराका तत्कालीन पूर्व निमित्त प्रमुख गणेशप्रसाद पोखरेलमाथि गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा भ्रष्टाचारमुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक करोड छ लाख रुपैयाँ बिगो मागदाबीसहित भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियारले जनाएको छ । यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र सुकेधाराका तत्कालीन निमित्त कार्यालय प्रमुख पोखरेल अहिले राष्ट्रिय भूमि आयोग ताहाचलमा कार्यरत हुनुहुन्छ । शाखा अधिकृतस्तरका कर्मचारी पोखरेल २०४६ सालमा सरकारी सेवा प्रवेश गर्नुभएको हो ।
Read More
अनेरास्ववियुको राष्ट्रिय महाधिवेशन आउँदो फागुनमा

अनेरास्ववियुको राष्ट्रिय महाधिवेशन आउँदो फागुनमा

नेकपा (एमाले) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको २३औँ राष्ट्रिय महाविधेशन अब आउँदो फागुनमा हुने भएको छ । अब आउँदो फागुन २ देखि ४ गतेसम्म महाअधिवेशन गर्ने निर्णय गरिएकोे अनेरास्ववियुका महासचिव समिक बडालले जानकारी दिनुभयो । अनेरास्ववियुको यसअघि २०७२ मा २२ औं राष्ट्रिय अधिवेशन भएको थियो । नेकपा (माओवादी केन्द्र)सँग पार्टी एकता भएपछि अखिलको अधिवेशन हुन सकेको थिएन । महाअधिवेशनअघि अब आउँदो माघ १५ गतेभित्र अधिवेशन हुन बाँकी भएका कमिटीको अधिवेशन गर्न र महाधिवेशनका लागि आउँदो माघ २५ गतेभित्र महाधिवेशन प्रतिनिधि छनोट गरी केन्द्रमा पठाउनसमेत भनिएको छ । माघ २० गते स्ववियु निर्वाचन सम्पन्न भएका कमिटी, माघ २१ गते…
Read More
मधेस प्रदेशका मुख्यमन्त्री यादवसहित तीन मन्त्रीले लिए शपथ

मधेस प्रदेशका मुख्यमन्त्री यादवसहित तीन मन्त्रीले लिए शपथ

मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ । प्रदेश प्रमुख हरिशंकर मिश्रले एक समारोहका बीच यादवलाइ शपथ ग्रहण गराउनुभएको हो । मुख्यमन्त्री यादवले आफ्नो मातृभाषा भोजपुरीमा शपथ ग्रहण गर्नुभएको छ । मुख्यमन्त्रीसँगै अन्य तीन जना मन्त्रीले पनि शपथ लिएका छन् । नेकपा एमालेका सरोज यादव, जनमत पार्टीका वसन्त कुशवाहा र जनता समाजवादी पार्टीका सञ्जय यादवले शपथ लिए पनि मन्त्रालयको जिम्मेवारी भने दिइएको छैन । उक्त शपथ ग्रहण कार्यक्रममा जसपाका अध्यक्ष उपेन्द्र यादव, जसपा सङ्घीय संसदीय दलका नेता रामसहायप्रसाद यादव, निवर्तमान मुख्यमन्त्री लालबाबु राउत लगायतको सहभागिता रहेको थियो । शपथ ग्रहण गर्नुअघि मुख्ख्यमन्त्री यादवले जनकपुरधामको…
Read More
बीस लाख धरौटी बुझाएर छुटे सन्दीप लामिछाने

बीस लाख धरौटी बुझाएर छुटे सन्दीप लामिछाने

बलात्कार आरोपी क्रिकेटर सन्दीप लामिछाने थुनामुक्त हुनुभएको छ । उच्च अदालत, पाटनमा २० लाख रुपैयाँ धरौटी बुझाएर उहाँ छुट्नुभएको हो । लामिछानेलाई विभिन्न सर्तसहित २० लाख रुपैयाँ धरौटी लिएर छाड्न हिजो बिहीबार उच्च अदालत, पाटनले आदेश दिएको थियो । न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको इजलासले पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालत, काठमाडौंको आदेश बदर गर्दै धरौटीमा छाड्न आदेश दिएको हो । लामिछानेलाई धरौटीमा छाड्न अदालतले पीडितसँग सम्पर्क गर्न नपाउने, विदेश जान नपाउने, काठमाडौं उपत्यका पनि छाड्न नपाउने र यदि छाड्नै पर्ने अवस्था आएमा जिल्ला प्रशासन कार्यालयसँग अनुमति माग्नुपर्ने लगायतका पाँचवटा शर्त राखेको छ । ती सर्त उलंघन भएको अवस्थामा…
Read More
लुम्बिनी केबलकार फागनुदेखि सञ्चालनमा आउने

लुम्बिनी केबलकार फागनुदेखि सञ्चालनमा आउने

रुपन्देहीको बुटवलदेखि पाल्पाको बसन्तपुरसम्म निर्माणाधीन लुम्बिनी केबलकार आगामी फागुनदेखि सञ्चालनमा आउने भएको छ । आज शुक्रबार काठमाडौंमा आयोजित कम्पनीको १९औं वार्षिक साधारण सभामा सञ्चालक समितिको प्रतिवेदन पेश गर्दै लुम्बिनी केबलकार प्रालिका अध्यक्ष चन्द्रप्रसाद ढकालले केबलकार टावरहरुको सिभिल निर्माण कार्य लगभग सम्पन्न भइसकेको र आगामी फागुनदेखि सञ्चालनमा आउने बताउनुभएको छ । केबलकार टावरहरुको सिभिल निर्माण कार्य सम्पन्न भइसकेको छ र टप स्टेशनमा मन्दिर एरियाको सिभिल निर्माण कार्य पनि द्रुत गतिमा अगाडी बढिरहेका बताइएको छ । केवलकारको सम्पूर्ण गोण्डोला लगायतका उपकरणहरुको विदेशबाट आयत गर्ने कार्य सम्पन्न भइ नौवटा टावर मध्ये सातवटा टावरको जडान कार्य सम्पन्न भइसकेको र बाँकी दुईवटा टावरको जडान कार्य…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.