हेडलाईन

आज नाग पन्चमी

आज नाग पन्चमी

परापुर्ब काल देखि सबैलाई देवता मान्ने चलन अन्तर्गत नाग, जो पाताल को राजा मानिन्छ तिनलाई पुजा गरेर शान्त पर्नु परम्परा रही आएको छ । श्रावन शुक्ल पंचमीलाई नाग पंचमीको रुपमा मनाईन्छ । पंचमी भन्नाले औंसीको पाँचौ दिन हो । यस दिन मूल ढोकामा गोबर लगाएर नाग को चित्र टाँस्ने गरिन्छ । जल दुध र घिऊ ले सर्प लाई स्नान गराईन्छ । गहु दुबो धानको लावा दहि चामलको दुध (चौलानी) हरुले सर्पको पूजा गरिन्छ । कपासको सर्प बनाएर पुजा गर्ने चलन पनि छ । सर्पको प्वाल मा दुध, दुबो, गहु चौलानी राखिदिने र पूजा गर्ने चलन छ । यस दिन अरु…
Read More
बकुलहर अस्पतालका सबै शैया निशुल्क

बकुलहर अस्पतालका सबै शैया निशुल्क

२ भदौ । पूर्वी चितवनमा रहेको रत्ननगर बकुलहर अस्पतालका सबै शैया निःशुल्क गरिएको छ । बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयको निर्देशनपछि अस्पतालले शैया निःशुल्क गरेको हो । अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा.मदन ज्ञवालीका अनुसार भदौ १ गतेदेखि लागू हुने गरी शैया निःशुल्क गरिएको छ । अस्पतालमा रहेका ९० शैया मध्ये आईसियू, एनआईसियू र क्याबिन बाहेकका शैया निःशुल्क गरिएको उहाँले जानकारी दिनुभयो । अस्पतालमा क्याबिन, एनआईसियू र आईसियू गरी १४ शैया रहेका छन् । बाँकी ७६ शैया निःशुल्क गरिएको डा.ज्ञवालीको भनाई छ । अस्पतालमा यस अघि नै १० प्रतिशत शैया र उपचार निःशुल्क गरिसकिएको डा.ज्ञवालीले जानकारी दिनुभयो । बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले मातहतका…
Read More
गुल्मीका वडा अध्यक्ष घिमिरे मृत भेटिए

गुल्मीका वडा अध्यक्ष घिमिरे मृत भेटिए

मुसिकोट नगरपालिका-१ पौदीअमराइका वडाध्यक्ष मोहन घिमिरे मृत अवस्थामा भेटिएका छन् । बिहान करिब पाँच बजेको समयमा फेसबुक स्टाटस लेखेर अलबिदा उल्लेख गरेका घिमिरे बिहान साढे सात बजे रुखमा झुन्डिएको अवस्थामा फेला परेका हुन। घरबाट करिब डेढ घण्टाको दूरीमा रहेको घन्टुङ भन्ने जंगलमा घिमिरे मृत भेटिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक (एसपी) नवीन किशोर प्रधानले बताए । वडाअध्यक्ष घिमिरेले आफ्नो फेसबुकमा ‘परिस्थितिको चपेटामा परेपछि बाँच्नुको अर्थ हुँदो रहेनछ । प्रीय अनिता, साथ निभाउन सकेन। मलाई माफ गरे । घर परिवार, साथिभाइ सुभचिन्तक सबैसँग माफी चाहान्छु। अल बिदा ।’ भनेर स्टाटस लेखेका छन् । शुक्रबार अपराह्न घरबाट वडाको काममा निस्केका वडाअध्यक्ष…
Read More
पेट्रोलमा डिजल मिसाईएको भन्दै खैरहनीको हरिशरणम आयलमा शिल

पेट्रोलमा डिजल मिसाईएको भन्दै खैरहनीको हरिशरणम आयलमा शिल

पेट्रोलमा डिजल मिसाइएको भन्दै खैरहनी मगनी चोकस्थित हरिशरणम आयल डिष्टिब्युटर्सलाई खैरहनी नगरपालिकाले बन्द गराएको छ । पेट्रोलमा डिजल मिसाइएको गुनासो धेरै आएपछि खैरहनी नगरपालिकाको टोलीले अनुगमन गरेर तत्कालका लागि उक्त पम्पबाट डिजल तथा पेट्रोल वितरणमा रोक लगाएको हो । पेट्रोल प्रयोगपछि केही सर्वसाधारणको सवारीसाधनमा समस्या आएपछि यो घटना बाहिर आएको हो । घटना बाहिर आएपछि खैरहनी नगरपालिकाका नगरप्रमुख शशिकुमार खनियाँ, उपप्रमुख कविता उप्रेती, प्रमुख प्रशासकीय अधिकृत पुरूषोत्तम शर्मा, खैरहनी–८ का वडा अध्यक्ष शंकर कँडेल, इलाका प्रहरी कार्यालय खैरहनीका प्रमुख प्रहरी निरीक्षक भानु खड्कासहितको टोलीले आयल स्टोर्सको अनुगमन गरेको थियो । डिष्टिब्युटर्सको तेल परीक्षणका लागि काठमाडौँ पठाउन नमुना संकलन गरिएको र…
Read More
टिकौली जङ्गलमा एकै स्थानमा आठ सवारी दुर्घटना

टिकौली जङ्गलमा एकै स्थानमा आठ सवारी दुर्घटना

टिकौली जंगलमा आठ वटा सवारी साधन एकै ठाउँमा दुर्घटना हुँदा २० जना घाईते भएका छन् । भरतपुर महानगरपालिका वडा नं. ९ स्थित टिकौली जंगलमा आज दिउँसो दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुरबाट टाँडीतर्फ जादै गरेको ना १ क ६१३१ नं.को अक्सफोड कलेज गैंडाकोटको बसले बिपरित दिशाबाट आउदै गरेको ना २ च ८४४६ नं.को शव बोकी देवघाटतर्फ जाँगै गरेको बोलेरोलाई ठक्कर दिएको हो । सोही दुर्घटनामा बा.प्र.०६–००१ प ९९८१, बा.प्र.०३–००५ प ९७, ना ६२ प ६०३२, बा.प्र.०३–००१ प ४१४७ मोटरसाईकलहरु र बा.प्र.०६–००१ प २२९४ र बा.प्र.०३–००२ प ४१९८ नं.को स्कुटर सहित सम्पूर्ण सवारी साधनहरु एक आपसमा ठक्कर…
Read More
जेसिज सप्ताहको समापन

जेसिज सप्ताहको समापन

सौराहा जेसिजले जेसिज सप्ताहको समापन गरेको छ। सौराहाको होटल गैरिवारी रिसोर्टमा एक कार्यक्रमका बिच जेसिज सप्ताहको समापन गरिएको हो। एक हप्ता सम्म चलेको जेसिज सप्ताहमा सौराहा जेसिजले विभिन्न समाजिक कार्यहरु गरेको थियो।समापन समारोहका प्रमुख अतिथी एवम नेपाल जेसिजका कार्यकारिणी उपाध्यक्ष रजनी थापाले सौराहा जेसिज अन्य जेसिज भन्दा अब्बल रहेको र सामाजिक उत्तरदायीत्वलाई बहन गर्न सफल भएकोमा खुसी ब्यक्त गर्नु भएको थियो। कार्यक्रमका विशिष्ट अतिथी एवम रतननगर ६ का वडा अध्यक्ष किरण महत्तोले वडाले गर्नु पर्ने सामाजिक कार्य सौराहा जेसिजले गरेको भन्दै आवश्यक सहकार्य गर्न आफू तयार रहेको भन्दै बजेट बिनियोजन समेत गर्ने बताउनु भएको छ। यस्तै खैरहनी १३ का वडा…
Read More
वृद्धबृद्वाद्वारा कुमरोज सामुदायिक  वनमा बृक्षारोपण

वृद्धबृद्वाद्वारा कुमरोज सामुदायिक वनमा बृक्षारोपण

साउन २८ गते । कुमरोज मध्यवर्ती सामुदायिक वन उपभोक्ता समुहको वन क्षेत्रमा आइतबार बृक्षारोपण गरिएको छ । वनको ईकाइ दुई अन्तर्गत हात्ती काउन्टर नजिक बृक्षारोपण गरिएको हो । खैरहनी नगरपालिका वडा नम्बर १३ का वडा अध्यक्ष कुलप्रसाद भुसालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमम वृद्धबृद्वाहरुले विरुवा रोपेका थिए । सोही अवसरमा ४८ जना वृद्धबृद्वाहरुलाई सम्मान समेत गरिएको थियो । सम्मानित वृद्धबृद्वाहरुलेनै धुपी,आँप लगायतका बिरुवा रोपेका वनका कार्यालय सचिव भरत नेपालले जानकारी दिए । कार्यक्रमका प्रमुख अतिथि वडा अध्यक्ष भुसालले यहाँका जेष्ठ नागरिकले नै वन संरक्षण गरेको उल्लेख गर्दै युवा पुस्तालाई पनि संरक्षण गर्न प्रेरित गर्ने बिश्वास व्यक्त गरे । सम्मानित जेष्ठ नागरिककै…
Read More
१२ औं हात्ती दिवसको अवसरमा सौराहामा हात्तिलाई वनभोज

१२ औं हात्ती दिवसको अवसरमा सौराहामा हात्तिलाई वनभोज

रत्ननगर । चितवनको पर्यटकीय नगरी सौराहामा शनिबार हात्तीलाई बनभोज खुवाइएको छ । १२औं विश्व हात्ती दिवसको अबसरमा सरकारी तथा निजी स्तरका हात्तीहरुलाई खिर, केक सहित बनभोज खुवाइएको हो । युनाइटेड हात्ती सञ्चालक सहकारी संस्थाले बाघमारा मध्यवर्ती सामुदायिक वनको कार्यालय परिसरमा हात्ती बनभोज कार्यक्रमको आयोजना गरेको हो । सरकारी र निजी स्तरमा पालेका ६५ वटा हात्तीलाई लस्करै राखेर मिष्ठान्न भोजन गराइएको कार्यक्रम संयोजक कृष्णप्रसाद खतिवडाले जानकारी दिए । कार्यक्रमका प्रमुख अतिथि चितवन राष्ट्रिय निकुञ्ज प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जापुनले हात्तीलाई केक खुवाएर कार्यक्रमको उद्घाटन गरेका थिए । चामल र भेलीको खिर र केक सहित उखु, सख्खर, चना, फर्सी, ड्रागनफूड, स्याउ, केरा,…
Read More
भक्तिनी बगैंचाको दुर्गा मन्दिरमा पुरुषोत्तम महात्म्य तथा कथा प्रवचन शुरु

भक्तिनी बगैंचाको दुर्गा मन्दिरमा पुरुषोत्तम महात्म्य तथा कथा प्रवचन शुरु

रत्ननगर, साउन २७ । रत्ननगर- १ भक्तिनी बगैंचामा रहेको दुर्गा मन्दिरमा आज (शनिवार) बाट पुरुषोत्तम महात्म्य तथा कथा प्रवचन शुरु भएको छ । आजबाट सुरु भएको महात्म्य तीन दिन सम्म चल्ने दुर्गा मन्दिर संरक्षण समितिका अध्यक्ष हरीबहादुर रिजालले जानकारी दिए । सबै मिलेर भगवानको पवित्र कार्यलाई सफल बनाउनुपर्ने उनले बताए । महात्म्य तथा कथा प्रवचन शुरु हुनुभन्दा पहिले बिहान ९ बजे मन्दिर परिसरबाट कलस शोभा यात्रा निकालिएको थियो । कलस शोभा यात्रा बोकेर रत्ननगर- १ का विभिन्न क्षेत्रहरु परिक्रमा गरि मन्दिर परिसरमै पुगेर टुंगिएको थियो । पुरुषोत्तम महात्म्य तथा कथा प्रवचन कार्यक्रममा भक्तजनहरुको उल्लेखिय सहभागिता रहेको मन्दिर संरक्षण समितिका अध्यक्ष…
Read More
सौराहामा कार्यकुशलता तथा सिकाई ब्यवस्थापन तथा कार्यसाला सम्पन्न

सौराहामा कार्यकुशलता तथा सिकाई ब्यवस्थापन तथा कार्यसाला सम्पन्न

सौराहामा बछौली नारी चेतना साकोसको आयोजनामा चौंथो कार्यकुशलता तथा सिकाई ब्यवस्थापन तथा कार्यसाला सम्पन्न भएको छ। बछौली नारी चेतना बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा आज सौराहामा नारायणी छैठौं समुहको कार्यकुशलता तथा सिकाई ब्यवस्थापन कार्यसाला सम्पन्न भएको हो। संस्थाका अध्यक्ष भागिरथी कुमारी घिमिरेको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नेफस्कुनका लेखा संयोजक नवराज सापकोटा प्रमुख अतिथी रहेका थिए। प्रोवेशन कार्यक्रममा आबद्द चितवन जिल्लाका १० वटा सहकारी संस्थाले पर्ल्स सुचाकंको आधारमा संस्थाको प्रस्तुतीकरण गरेका थिए । सहकारीकर्मी ब्यक्तित्वहरुको सहभागीता रहेको उक्त कार्यक्रममा सहकारीलाई कसरी ब्यवस्थित र पारदर्शी ढङ्गले संचालन गर्नसकिन्छ भन्ने विषयमा कार्यक्रम केन्द्रित रहेको थियो। प्रत्येक ३ महिनामा संस्थाको बारेमा प्रस्तुतीकरण गर्ने…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.