फोटो पत्रकार महासंघ चितवनले खुलायो सदस्यता
फोटो पत्रकारहरुको छाता सङ्गठन नेपाल फोटो पत्रकार महासंघ चितवन शाखाले सदस्यता आह्वान गरेको छ । हिजो आईतबार बसेको जिल्ला शाखाको बैठकले उक्त सदस्यता खुला गरेको हो । पुस १५ गतेसम्म सदस्यता खुला गरिएको संघले जनाएको छ । जिल्लामा रहेर पत्रकारिता गर्दै गरेका र फोटो पत्रकारिमा इच्छुक पत्रकारहरुले सदस्यता लिन सक्नेछन् । फोटो पत्रकार महासंघको सदस्यता लिनका लागि शैक्षिक योग्यताको प्रमाणपत्रसहित कार्यरत संस्थाको परिचयपत्र तथा सिफारिस पेस गर्नुपर्ने बताइएको छ । फोटो पत्रकार महासंघको सदस्यता अनलाइनबाट समेत भर्न सकिने जनाइएको छ । त्यसै उक्त शाखाले फोटो पत्रकारहरुको क्षमता अभिवृद्धिका लागि अब आउँदो माघको पहिलो साता आधारभूत फोटो पत्रकारिता तालिम गर्ने जनाइएको…