प्रदेश

स्रोत नखुलेको १७ लाख भारुसहित महोत्तरीबाट एक जना पक्राउ

स्रोत नखुलेको १७ लाख भारुसहित महोत्तरीबाट एक जना पक्राउ

स्रोत नखुलेको १७ लाख भारतीय रुपैयाँसहित महोत्तरीबाट एक व्यक्ति पक्राउ परेका छन् । मटिहानी नगरपालिका–८ स्थित दशगजा क्षेत्र नजिकैबाट ज.६ प ६६६४ नम्बरको मोटरसाइकलको ट्यांकीमुनि लुकाएर राखेको अवस्थामा रकम बरामद गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पक्राउ पर्नेमा मटिहानी–८ का २९ वर्षका महेश यादव रहेका छन् । प्रहरी चौकी मटिहानी र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले यादवलाई पक्राउ गरेको हो । बरामद गरिएको रकम, मोटरसाइकल र चालकलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको जनाइएकोे छ ।
Read More
एउटा संसदमा नटुङ्गिएको महाअभियोग अर्को संसदमा लैजान सांसदहरु सहमत

एउटा संसदमा नटुङ्गिएको महाअभियोग अर्को संसदमा लैजान सांसदहरु सहमत

प्रतिनिधिसभा नियमावली मस्यौदा समितिमा एउटा संसदमा नटुङ्गिएको महाअभियोग प्रस्ताव अर्को संसदमा लैजान सांसदहरूबीच सहमति जुटेको छ । आज मङ्गलवार सिंहदरबारमा बसेको समितिको बैठकमा सांसदहरू प्रतिनिधि सभाको कार्यकाल पाँच महिनाभन्दा कम भएर महाअभियोग टुङ्ग्याउन नसके चुनावपछि आउने संसद्ले स्वीकार्नुपर्नेमा सहमत भएका हुन् । आजको छलफलमा संसदमा महाअभियोग लगिसकेको अवस्थामा टुङ्गोमा पु¥याउने व्यवस्था नियमावलीमा हुनुपर्ने सांसदहरूले माग गरेका थिए । तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामाथिको महाअभियोग अहिले पनि संसद् सचिवालयमा विचाराधीन छ । संसद्को कार्यकाल सकिएर नयाँ संसद् आएपछि महाअभियोग के हुने हो कुनै निश्चित छैन । नियमावलीमा स्पष्ट व्यवस्था भएपछि भने महाअभियोगबारे के हुने भन्ने विवाद अन्त्य हुनेछ । त्यस्तै, समितिमा राष्ट्रपति…
Read More
आज प्रणय दिवस ः प्रणय दिवस मनाउने उत्कृष्ट थलो बन्यो चितवनको सौराहा

आज प्रणय दिवस ः प्रणय दिवस मनाउने उत्कृष्ट थलो बन्यो चितवनको सौराहा

आज १४ फेब्रुअरी अर्थात् प्रणय दिवस नेपालसहित विश्वभर प्रेम साटासाट गरी मनाइँदैछ । प्रणय दिवसको अवसरमा परिवार, साथीभाइलाई विभिन्न उपहार प्रदान गरी प्रेम, सद्भाव साटासाट गर्ने प्रचलन रहि आएको छ । विशेषगरी, यो दिवसमा गुलाबको फूल उपहार दिएर प्रेम आदानप्रदान गर्ने गरिएको छ । युवापुस्तामा बढी लोकप्रिय रहेको यो दिवसमा नयाँ प्रेमीप्रेमिकाले प्रेम प्रस्ताव राख्ने दिनका रुपमा लिने गरिन्छ । प्रेमका पक्षधर सन्तभ्यालेन्टाइनलाई मृत्युदण्ड दिएको सम्झनामा प्रणय दिवस मनाउन थालिएको हो । यो दिवस अहिले विश्वभर चर्चित छ । भ्यालेन्टाइनलाई मृत्युदण्ड दिएको दिनको सम्झनामा प्रत्येक वर्षको १४ फेब्रुअरीमा भ्यालेन्टाइन दिवस मनाउने गरिएको छ । भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस मनाउन…
Read More
नारायणी नदी किनारमा जारी कोटिहोम महायज्ञमा भक्तजनको भीड

नारायणी नदी किनारमा जारी कोटिहोम महायज्ञमा भक्तजनको भीड

नारायणी नदी किनारमा जारी साङ्ग–बिराट्–श्रीगायत्री कोटिहोम ज्ञानमहायज्ञमा हिजो सोमबार भक्तजनको सर्वाधिक सहभागीता देखिएको छ । हिजो सोमबार सार्वजनिक बिदा र नारायणगढ बजार समेत बन्द रहेकाले महायज्ञमा भक्तजनको भीड अहिलेसम्मकै धेरै भएको हो । महायज्ञ आज २०औँ दिनमा आइपुगेको छ । महायज्ञमा हिजो सांसद एवम् नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीको प्रमुख आतिथ्यता रहेको थियो । पूर्व मन्त्रीसमेत रहनुभएका भण्डारी कांग्रेसभित्र हिन्दु धर्मको संरक्षण र नेपाललाई हिन्दु राष्ट्र बनाउनुपर्छ भन्ने पक्षका नेता हुनुहुन्छ । उहाँले नदी किनारमा भएको धार्मिक अनुष्ठानले सनातन धर्म संस्कृतिको रक्षामा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । त्यस्तै, महायज्ञको अवलोकन तथा दर्शन गर्न योगी पिताम्बर र आमन्त्रित कथावाचक…
Read More
काठमाडौंको गोंगबुमा लुटपाट र आगजनीमा संलग्नलाई कारबाही गर्न गृहमन्त्रालयको निर्देशन

काठमाडौंको गोंगबुमा लुटपाट र आगजनीमा संलग्नलाई कारबाही गर्न गृहमन्त्रालयको निर्देशन

गृहमन्त्रालयले हिजो सोमबार काठमाडौंको गोंगबु क्षेत्रमा प्रदर्शनको क्रममा लोत्से मलमा तोडफोड गरी मोबाइल लगायतका सामग्री लुट्नेहरुलाई पक्राउ गरी कारबाही चलाउन प्रहरीलाई निर्देशन दिएको छ । गृह सचिव बिनोद सिंहले आज मंगलबार काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख एआइजी दिवेश लोहनी लगायतलाई बोलाएर कारबाही गर्ने निर्देशन दिनुभएको हो । यातायात व्यावसायी र मजदुरहरुले गरेको प्रदर्शन भड्किएपछि लोत्से मलमा लुटपाट चलेको थियो । प्रदर्शनकारीहरुले पसल तोडफोड गरेर मोबाइल लगायतका सामग्री लुटेका थिए । त्यस्तै प्रदर्शनका क्रममा प्रहरीको भ्यान र अन्य भवनहरु समेत तोडफोड भएकाले त्यसमा संलग्नलाई पनि कारबाही गर्ने गृहमन्त्रालयले निर्देश गरेको छ । हिजो सोमबार भएको प्रदर्शनलाई नियन्त्रण लिने सवालमा प्रहरीको तर्फबाट…
Read More
बाग्मती प्रदेशमा आजदेखि सवारी लाइसेन्स परीक्षामा ‘ग्रेडिङ सिस्टम’ लागू, ७० अङ्क ल्याए पास

बाग्मती प्रदेशमा आजदेखि सवारी लाइसेन्स परीक्षामा ‘ग्रेडिङ सिस्टम’ लागू, ७० अङ्क ल्याए पास

बाग्मती प्रदेशमा आजदेखि सवारी अनुमतिपत्र (लाइसेन्स) परीक्षामा ‘ग्रेडिङ सिस्टम’ लागू भएको छ । प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले आजदेखि प्रदेशका सम्पूर्ण यातायात सेवा कार्यालयमा पहिलोपटक लाइसेन्समा ७० अङ्क ल्याए पास हुने गरी ग्रेडिङ सिस्टम कार्यान्वयनमा ल्याएको हो । हिजै फागुन १ गतेबाटै लागू गर्ने तयारीमा रहेको प्रदेश सरकारले बिदा परेकाले आजदेखि नयाँ मापदण्ड कार्यान्वयनमा ल्याएको हो । मन्त्रालयले मोटरसाइकल, स्कुटर तथा मोपेडका लागि कुल अंकभार एक सय तोकेको छ । यसमा ७० अङ्क प्राप्त गर्ने प्रशिक्षार्थी अनुमतिपत्रका लागि योग्य मानिने व्यवस्था गरिएको छ । सवारी चालक अनुमति परीक्षा सञ्चालन निर्देशिका २०७७ अनुसार मोटरसाइकल, स्कुटर र मोपेड चालकका लागि घुमाउरो…
Read More
भरतपुर अस्पतालमा सेवा, सुविधा र उपकरण थपिँदै गएपछि सेवाग्राहीको चाप बढ्यो

भरतपुर अस्पतालमा सेवा, सुविधा र उपकरण थपिँदै गएपछि सेवाग्राहीको चाप बढ्यो

भरतपुर अस्पतालमा पछिल्लो समय अस्पतालले आफ्नो सेवालाई विस्तार गर्दै गएको छ । अस्पतालमा सेवा, सुविधा र उपकरण पनि थपिँदै गएका छन् ।सोही कारण उक्त अस्पतालमा सेवाग्राहीको चाप बढ्दै गएको छ । एकैवर्षमा सात पटकसम्म अस्पताल प्रमुख (मेडिकल सुपरिटेण्डेन्ट) परिवर्तन हुँदा सेवा प्रवाहमा केही कमी आएको थियो । अस्पतालमा सरदर दैनिक एक हजार पाँच सय बिरामी बहिरङ्ग सेवा लिन आउने जनाइएको छ । छ सय शय्याको यो अस्पताल सङ्घीय अस्पताल हो । चितवनसहित छिमेकी २१ जिल्लाबाट उक्र अस्पतालमा बिरामी आउने गर्दछन् । आएका बिरामीमध्ये ७० प्रतिशत हाराहारी स्वास्थ्य बीमाका हुने गर्दछन् । अस्पतालमा बीमा सुरु भएयता रु एक अर्बभन्दा बढी रकम…
Read More
नेपाल–भारत परराष्ट्र सचिवस्तरीय संयन्त्रको बैठक सम्पन्न

नेपाल–भारत परराष्ट्र सचिवस्तरीय संयन्त्रको बैठक सम्पन्न

दुई देशबीच साझेदारीको व्यापक समीक्षा हुँदै नेपाल–भारत परराष्ट्र सचिवस्तरीय संयन्त्रको बैठक सम्पन्न भएको छ । उक्त बैठकमा दुवै पक्ष समग्र क्षेत्रको हितका लागि आर्थिक र विकास सहयोगलाई थप सुदृढ गर्न सहमत भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । द्वीपक्षीय परराष्ट्र सचिवस्तरीय संयन्त्रको बैठकमा नेपालका परराष्ट्र सचिव भरतराज पौड्याल र भारतका विदेश सचिव विनयमोहन क्वात्राको नेतृत्वमा सात–सात जनाको टोली उपस्थित थियो । भारतीय विदेश सचिव क्वात्रा दुईदिने औपचारिक भ्रमणका लागि आज सोमबार नै काठमाडौं उत्रिनुभएको हो । उहाँलाई परराष्ट्र सचिव पौड्यालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नुभएको थियो । त्यसलगत्तै उहाँहरु रु याक एन्ड यति होटलमा द्वीपक्षीय परराष्ट्र सचिवस्तरीय संयन्त्रको बैठकमा आइपुगेको परराष्ट्र…
Read More
लुम्बिनीकी पूर्वमन्त्री खत्रीद्धारा माओवादी केन्द्र परित्याग

लुम्बिनीकी पूर्वमन्त्री खत्रीद्धारा माओवादी केन्द्र परित्याग

लुम्बिनी प्रदेशकी पूर्वस्वास्थ्य राज्यमन्त्री बिमला कुमारी खत्री वलीले माओवादी केन्द्र परित्याग गर्नुभएको छ । उहाँले यहि माघ २४ गते माओवादी केन्द्र जिल्ला समन्वय कमिटी दाङका अध्यक्ष सुवास पुनसमक्ष राजीनामा बुझाउनुभएको हो । खत्रीले लुम्बिनीमा माओवादी नेतृत्वमा सरकार बनाउन आफूले ठूलो भूमिका खेले पनि अन्त्यमा पार्टीले ‘युज एण्ड थ्रो’ गरेको गुनासो गर्नुभएको छ । दाङ ३ (ख) बाट निर्वाचित एमाले प्रदेशसभा सदस्य तथा खत्रीका श्रीमान् उत्तरकुमार वलीको सडक दुर्घटनामा मृत्यु भएपछि उहाँ उपनिर्वाचनमा प्रदेशसभा सदस्यको टिकट पाएर विजयी हुनुभएको थियो । पछि सरकार निर्माणका क्रममा उहाँले माओवादी केन्द्रलाई साथ दिएर शंकर पोखरेल नेतृत्वको सरकार ढाल्न भूमिका खेल्नुभएको थियो । पछि माओवादीका…
Read More
सुर्खेतमा आन्दोलनकारीसँगको झडपमा प्रहरी घाइते, चार राउण्ड अश्रुग्यास प्रहार

सुर्खेतमा आन्दोलनकारीसँगको झडपमा प्रहरी घाइते, चार राउण्ड अश्रुग्यास प्रहार

सुर्खेतमा एक महिलाको दुर्घटनामा परी मृत्यु भएको विषयमा भएको प्रदर्शनका क्रममा आज सोमबार दिउँसो प्रहरी र प्रदर्शनकारीको झडपमा एक प्रहरी घाइते भएका छन् । आन्दोलनकारीले ढुङ्गा प्रहार गर्दा प्रहरी घाइते भएका हुन् । झडप नियन्त्रण गर्न प्रहरीले चार राउन्ड अश्रुग्यास हानेको छ । प्रहरीले आन्दोलनकारीलाई लखेटेर मंगलगढी चोकदेखि बुलबुले चोकमा पु¥याएको थियो । मंगलगढी चोकमा आन्दोलनकारी र प्रहरी बीचको झडप हुँदा आन्दोलनलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको सुर्खेतका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद सापकोटाले जानकारी दिनुभयो । मृतकका परिवार र पीडक पक्षबीच जिल्ला प्रहरी कार्यालयमा विहानैदेखि वार्ता भैरहेको छ । केही भट्काउ समूहले उग्रता मच्चाएपछि ठुलो मात्रामा प्रहरी परिचालन…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.