प्रदेश

नागरिक उन्मुक्तिले विश्वासको मत नदिने भएपछि सुदूरपश्चिम प्रदेश सभा बैठक स्थगित

नागरिक उन्मुक्तिले विश्वासको मत नदिने भएपछि सुदूरपश्चिम प्रदेश सभा बैठक स्थगित

सुदूरपश्चिम प्रदेश सभा बैठक आजको लागि स्थगित भएको छ । आज बुधवार दिउँसो १ बजेका लागि बोलाइएको बैठक भोलि बिहीवार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको प्रदेश सभा सचिवालयले जनाएको छ । आजको बैठकमा मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मतको प्रस्ताव पेस गर्ने कार्यसूची थियो । तर, सुदूरपश्चिम सरकार गठनमा मुख्यमन्त्री रावललाई समर्थन गरेको नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिने भएपछि प्रदेश सभा बैठक स्थगित भएको हो । नागरिक उन्मुक्ति पार्टीले संरक्षक रेशम चौधरीसहित टीकापुर घटनामा जेलमा रहेकाहरूलाई रिहाइ गर्नुपर्ने माग गरिरहेको छ । नागरिक उन्मुक्ति पार्टीले आफूहरूका माग पूरा नभएसम्म सरकारमा नजाने पनि बताइरहेको छ । ५३ सदस्यीय प्रदेश सभामा…
Read More
मुग्लिन–नारायणगढ सडकको विकल्पका रुपमा शक्तिखोर–फिसलिङ सडक तयार, फागुनदेखि सञ्चालनमा आउने

मुग्लिन–नारायणगढ सडकको विकल्पका रुपमा शक्तिखोर–फिसलिङ सडक तयार, फागुनदेखि सञ्चालनमा आउने

मुग्लिन–नारायणगढ सडकको विकल्पका रूपमा शक्तिखोर–फिसलिङ सडक तयार भएको छ । उक्त सडकखण्ड आगामी फागुनभित्र सञ्चालनमा आउने भएको छ । ग्रामीण सडकका रूपमा निर्माण गरिएको यस सडकखण्डमा साना तथा मझौला सवारीसाधन सञ्चालन गर्न सकिनेछ । २०७५ सालबाट निर्माण थालिएको सडकको काम ९० प्रतिशत सकिएको ग्रामीण सडक सञ्जाल सुधार आयोजना कार्यालयले जनाएको छ । पृथ्वी राजमार्गअन्तर्गत चितवनको फिसलिङबाट शक्तिखोरसम्मको दूरी ४५ किलोमिटर छ । यस क्षेत्रको नौ किलोमिटर पहिला नै निर्माण भएको थियो । निर्माण भएको पुरानो स्थानमा थप फराकिलो पारेर नयाँ निर्माणको काम भएको ग्रामीण सडक सञ्जाल सुधार आयोजना कार्यालयका व्यवस्थापक सुरेन्द्र घिमिरेले जानकारी दिनुभयो । अहिले नयाँ निर्माण भएको ३५…
Read More
चितवनमा उपनिर्वाचन चैतपछि मात्र हुने

चितवनमा उपनिर्वाचन चैतपछि मात्र हुने

चितवन क्षेत्र नम्बर २ मा चैतपछि मात्रै उपनिर्वाचन हुने भएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आगामी चैत महिना अघि चितवनमा उपनिर्वाचन सम्भव नहुने बताउनुभएको हो । उहाँका अनुसार मतदाता नामावली अद्यावधिक गरेर मात्र उपनिर्वाचनको प्रक्रिया सुरु हुनेछ । राष्ट्रपतिको निर्वाचनअघि उपनिर्वाचन गर्न समय नपुग्ने थपलियाको भनाई छ । नागरिकता सम्बन्धमा सर्वोच्च अदालतको फैसलाले चितवन २ बाट निर्वाचित रवि लामिछानेको पद गुमेपछि सो क्षेत्रमा पुनः निर्वाचन हुन लागेको हो । देशभर मतदाता नामावली अद्यावधिक सुरु गरेपछि कम्तीमा ४० दिन समय लाग्ने र त्यसपछि मात्रै उपनिर्वाचनका लागि आयोगले समय तोक्नेछ । आयोगले मतदाता नामावली अद्यावधिक गर्नका लागि छिट्टै मिति तोकेर…
Read More
मैतीदेवी प्रहरी बिटमा चल्यो महानगरको डोजर

मैतीदेवी प्रहरी बिटमा चल्यो महानगरको डोजर

काठमाडौं महानगरपालिकाले मैतीदेवीमा रहेको प्रहरी बिटमा डोजर चलाएको छ । सडक मिचेर बिट बनाइएको भन्दै महानगरले प्रहरी विटमा डोजर चलाएको हो । सडक मिचेर बनाएका टहरा हटाउने क्रममा प्रहरी बिट पनि हटाइएको महानगरका प्रहरी प्रमुख राजु पाण्डेले जाकारी दिनुभयो । उहाँका अनुसार मापदण्डविपरीत बनेका टहरा हटाउने क्रम जारी छ । उहाँले प्रहरीकै सहकार्यमा बिट हटाइएको जनाएका छन् । तर त्यहाँ रहेको प्रहरी बिट कहाँ सार्ने भन्ने टुंगो लागेको छैन । बिटमा रहेका प्रहरीका सामान हटाएर डोजर चलाइएको थियो ।
Read More
पूर्वसांसद कर्मा घलेको उपचारका क्रममा  निधन

पूर्वसांसद कर्मा घलेको उपचारका क्रममा निधन

नेपाली कांग्रेसका नेता एवं पूर्वसांसद कर्मा घलेको आज मंगलबार निधन भएको छ । ५९ वर्षिय घलेको उपचारकै क्रममा शिक्षण अस्पताल काठमाडौंमा निधन भएको हो । प्रोस्टेट क्यान्सरबाट ग्रसित भएपछि लामो समयसम्म भारतमा उपचार गराउनुभएका घले केही समयदेखि नेपालमै उपचाररत हुनुहुन्थ्यो । व्यवसायी समेत रहनुभएका मनाङका स्थायी निवासी घले नेपाली कांग्रेसको राजनीतिमा सक्रिय हुनुहुन्थ्यो । उहाँ २०७४ को निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधिसभा सदस्य बन्नुभएको थियो । तर, क्यान्सरका कारण अधिकतम उपचारमै समय बिताउन पर्दा संसद्मा उहाँले पूर्ण कार्यकाल सक्रिय भूमिका निभाउन पाउनुभएको थिएन । उहाँले लामो समय भारतको नयाँ दिल्लीमा रहेर उपचार गराउनुभएकोे थियो ।
Read More
फागुनको पहिलो साता १५ लाख बाइभलेन्ट खोप नेपाल आउँदै

फागुनको पहिलो साता १५ लाख बाइभलेन्ट खोप नेपाल आउँदै

सरकारले कोरोनाको नयाँ भेरियन्ट (ओमिक्रोन) नियन्त्रणमा समेत काम गर्ने भनिएको फाइजरको नयाँ खोप (बाइभलेन्ट) खोप फागुनको पहिलो साता नेपाल आउने भएको छ । कोभ्याक्सको काम गरिरहेको गाभीमार्फत १५ लाख डोज फाइजरको नयाँ खोप ल्याउन लागेको स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन शाखा प्रमुख सुरेन्द्र चौरसियाले जानकारी दिनुभयो । उक्त खोप फागुन १ गतेदेखि ४ गतेसम्म आउने कार्यतालिका रहेको बताइएको छ ।अहिले १५ लाख खोप मागेको र यसको खपतको आधारमा पछि आवश्यकताको आधारमा थप १५ लाख ल्याउने योजना रहेको चौरासियाको भनाई छ । छिमेकी देशमा चीनमा ओमिक्रोनको उपप्रजाति बी.एफ. ७ फैलिरहेकाले सरकारले बुस्टर खोप लगाउन छुटेका सबैलाई खोप लगाउन आग्रह गर्दै आएको…
Read More
तरकारी ढुवानीका लागि इच्छाकामनाले कृषि एम्बुलेन्स सञ्चालन गर्ने

तरकारी ढुवानीका लागि इच्छाकामनाले कृषि एम्बुलेन्स सञ्चालन गर्ने

कृषि क्षेत्रको समस्या समाधान गर्नका लागि चितवनको इच्छाकामना गाउँपालिकाले कृषि एम्बुलेन्स सञ्चालन गर्ने भएको छ । यसका लागि सङ्घीय सरकार र गाउँपालिकाले बजेट विनियोजन गरेको छ । पालिकाभित्र पर्ने पहाडी क्षेत्रका किसानलक्षित कृषि एम्बुलेन्स खरिद गर्न लागेको गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले बताउनुभयो । घुम्ती सेवामार्फत कृषि उत्पादन किसानका घर–घरबाट बजारसम्म ल्याइने उहाँको भनाई छ । उहाँका अनुसार वडा नं १, २ र ७ का किसानले उत्पादन गरेका कृषिजन्य उत्पादनको सहज ढुवानीका लागि तीनवटा कृषि एम्बुलेन्स खरिद गर्ने तयारी गरिएको हो । “किसानले उत्पादन गरेका कृषि उपजलाई बजारसम्म लैजान सहज होस् भन्ने उद्देश्यले कृषि एम्बुलेन्स खरिद गर्न खोजेको बताइएको छ अहिले…
Read More
दुई गैंडा मारिएको घटनामा चितवन राष्ट्रिय निकुञ्जले थाल्यो अध्ययन

दुई गैंडा मारिएको घटनामा चितवन राष्ट्रिय निकुञ्जले थाल्यो अध्ययन

खागका लागि तस्करले बिजुलीको करेन्ट लगाउँदा दुईवटा गैंडा मरेको घटनामा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले अनुसन्धान थालेको छ । विभागले माघ ११ मा उपमहानिर्देशक अजय कार्कीको नेतृत्वमा ६ सदस्यीय टोली गठन गरेको थियो । तस्करले बिजुलीको करेन्ट लगाएर गैंडा मारेको घटना विरलै हुने गरेको छ । नौलो घटना भएका कारण सुरक्षा रणनीति बनाउन अध्ययन टोली बनेको हो । निकुञ्जका सूचना अधिकारी सहायक संरक्षण अधिकृत गणेशप्रसाद तिवारीका अनुसार माघ ६ गते मध्याह्न दुईवटा गैंडा मृत फेला परेका थिए । निकुञ्जको पश्चिम क्षेत्र नवलपरासीको अमलटारी सेक्टरअन्तर्गत भुताहा पोस्टनजिक मध्यबिन्दु नगरपालिका–२ मा पर्ने नारायणी नदीको उत्तरी किनारमा अन्दाजी १४ वर्षको पोथी गैंडा…
Read More
पूर्वसांसद चौधरीको मुद्दामा आज सुनुवाइ हुँदै

पूर्वसांसद चौधरीको मुद्दामा आज सुनुवाइ हुँदै

पूर्वसांसद रेशम चौधरीले आफूविरुद्ध जन्मकैदको फैसला खारेज हुनुपर्ने माग राखी दायर गरेको मुद्दाको आज सर्वोच्च अदालतमा सुनुवाई हुँदैछ । टीकापुर घटनासम्बन्धी मुद्दामा चौधरीसहित १२ जनाको मुद्दा सुनुवाइका लागि पेशी तोकिएको छ ।यसअघि आठ पटकसम्म साधारण तारिख र छ पटक पेसी सरिरहेको यो मुद्दाको आज बहस हुने बताइएको छ । २०७२ भदौ ७ गते थरुहटको आन्दोलन हिंसात्मक बनेपछि भीडको आक्रमणबाट नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपानेसहित आठ सुरक्षाकर्मी मारिएका थिए । उक्त घटनामा रेशम चौधरीसहित ११ जनालाई दोषी ठहर गर्दै २०७५ फागुन १२ गते कैलाली जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको थियो । त्यसको दुई वर्ष पछि २०७७ साल पुस ३…
Read More
बाराबाट स्वतन्त्र जितेका सांसद कलवार जसपामा प्रवेश

बाराबाट स्वतन्त्र जितेका सांसद कलवार जसपामा प्रवेश

बाराबाट निर्वाचित स्वतन्त्र प्रदेशसभा सदस्य शारदा शंकर कलवार जनता समाजवादी पार्टी (जसपा)प्रवेश गर्नुभएको छ । बारा २ (१) बाट जितेका कलवारलाई मधेश प्रदेशका अर्थमन्त्री संजय कुमार यादव र जसपाका विराटनगर महानगरपालिका अध्यक्ष अमरेन्द्र यादवले पार्टी प्रवेश गराउनुभएको हो । उहाँ बारा क्षेत्र नं २ (१) बाट नौहजार दुईसय ९५ मत प्राप्त गरी एमालेका बलवीर भुजेललाई पराजित गर्दै विजय हुनुभएको थियो । यसअघि महोत्तरी २ (२) बाट चुनाव जित्नुभएका स्वतन्त्र सांसद सुरिता साह र पर्सा क्षेत्र नम्बर ३(१) का प्रमोद कुमार जैसवालले जसपामा प्रवेश गर्नुभएको थियो । यो सँगै जसपाको मधेश प्रदेशमा १९ सांसद पुगेको छ ।
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.