प्रदेश

प्रशासन बाट अनुमती पाएसङ्गै सौराहामा १७औं  फुड फेष्टिबलको तयारी तीब्र

प्रशासन बाट अनुमती पाएसङ्गै सौराहामा १७औं फुड फेष्टिबलको तयारी तीब्र

रत्ननगर । चितवनको पर्यटकीय नगरी सौराहामा १७औं सौराहा फुड फेष्टिबलको तयारी तिव्र भएको छ । रेष्टुरेण्ट एण्ड बार एशोसियसन रेवान सौराहाले प्रणय दिबसको अबसरमा हरेक बर्ष फेष्टिबल आयोजना गर्दै आएको छ । फेष्टिवल माघ २९ गते देखि फागुन दुई गते सम्म सञ्चालन हुने छ । फेष्टिवललाई भब्य बनाउन आयोजक रेवान सौराहाले तयारीको काम सुरु गरेको हो । अन्य तयारीका कामसंगै फेष्टिबल सञ्चालनको लागि मंगलवार जिल्ला प्रशासन कार्यालयल भरतपुरबाट अनुमति समेत प्रदान गरिएको छ । भर्खरै जिल्ला प्रशासन कार्यालय भरतपुरमा कार्यभार सम्हालेका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेललाई स्वागत गर्दै रेवान सौराहाका व्यवसायीहरुले फेष्टिवलको अनुमति र सुरक्षा व्यवस्थाको लागि आग्रह गरेको फेष्टिबलका…
Read More
संखुवासभामा अरुण तेस्रोको सुरुङ भत्किँदा एक कामदारको मृत्यु, दुई जना घाइते

संखुवासभामा अरुण तेस्रोको सुरुङ भत्किँदा एक कामदारको मृत्यु, दुई जना घाइते

संखुवासभामा निर्माणाधीन नौ सय मेगावाटको अरुण तेश्रोको सुरुङभित्र आज मंगलबार बिहान एक जना कामदारको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् । पावरहाउस रहेको स्थान चिचिलाको पुखुवास्थित सुरुङभित्र काम गर्ने क्रममा सुरुङ भत्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ । मृत्यु हुने कामदारमा सिन्धुपाल्चोकका २० वर्षीय सूर्य गोले तामाङ रहेका छन् । त्यस्तै, भोजपुरका ५४ वर्षीय भीमबहादुर पाण्डे र सिन्धुपाल्चोकका ३८ वर्षीय मंगल तामाङ घाइते भएका छन् । दुवै जना घाइतेहरूको अवस्था सामान्य रहेको बताइएको छ । मृतकको शव पोष्टमार्टमका लागि अहिले जिल्ला अस्पताल खाँदबारी लगिएको छ ।
Read More
कैलालीमा ११ किलो चरेशसहित चार जना पक्राउ

कैलालीमा ११ किलो चरेशसहित चार जना पक्राउ

कैलालीमा ११ किलो नौसय ग्राम लागुऔषध चरेशसहित चार जना पक्राउ परेका छन् । आज मंगलबार दिउँसो धनगढी उपमहानगरपालिका–३ चटकपुरमा गौरीशंकर अल्लो कपडा उद्योगका सञ्चालक ३४ वर्षीय नरेन्द्र सिंह धामीसहितका चार जनालाई पक्राउ गरीएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा दार्चुलाको नौगाड गाउँपालिका २ स्थायी घर भएका धामी, सोही ठाउँका २० वर्षीय रुकुम सिंह धामी, बझाङ्गको केदारस्यु गाउँपालिका ७ बस्ने ४२ वर्षीय धनबहादुर धामी र बाजुराको स्वामीकार्तिक गाउँपालिका २ का ३५ वर्षीय धनलाल कामी रहेका छन् । सुदूरपश्चिम प्रदेश अनुसन्धान समूह आरआईटीका प्रहरी वरिष्ठ नायब निरीक्षक केशव जोशी र जिल्ला प्रहरी कार्यालयको टोलीले विशेष सूचनाका आधारमा उनीहरुलाई लागुऔषधसहित पक्राउ गरेको जिल्ला…
Read More
संविधानले तोकेबमोजिम मस्यौदा तयार गर्न रत्ननगरको विधायन समितिलाई निर्देशन

संविधानले तोकेबमोजिम मस्यौदा तयार गर्न रत्ननगरको विधायन समितिलाई निर्देशन

रत्ननगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीले स्थानीय सरकारको कानुन निर्माण गर्न संविधानले तोकेबमोजिम मस्यौदा तयार गर्न विधायन समितिलाई निर्देशन दिनुभएको छ । उहाँले संघ र प्रदेशको कानुन नबाझिने गरी नगरवासीलाई अधिकार दिलाउन नगर प्रोफाइलका आधारमा प्रवद्र्धनात्मक कानुन बनाउन विभिन्न समितिलाई निर्देशन दिनुभएको हो । स्थानीय सरकारले २२ वटा एकल अधिकारका लागि कानुन बनाउन सकिने प्रमुख प्रशासकीय अधिकृतको भनाई छ । उहाँले कानुनको मस्यौदाको नेतृत्व लिने समिति नै विधायन समिति रहेकाले स्थानीय सरकार ऐनलगायतका कानुन र संविधानका प्रावधानहरु अध्ययन गरी विज्ञता हासिल गर्न पनि विधान समितिलाई सुझाव दिनुभयो । स्थानीय सरकारले बनाउने कानुन पनि दिगो विकास लक्ष्यसँग सम्बन्धित रहेको र…
Read More
चितवनको राप्ती नगरपालिकाले विपन्न परिवारलाई पाँच सय घर बनाइदिने

चितवनको राप्ती नगरपालिकाले विपन्न परिवारलाई पाँच सय घर बनाइदिने

चितवनको राप्ती नगरपालिकाले विपन्न परिवारका समुदायलाई लक्षित गर्दै पाँच सय घर बनाइदिने भएको छ । नगरभित्र बसोबास गर्ने चेपाङ, दलित र अन्य समुदायको विपन्न परिवारलाई नगरपालिकाले आवासको व्यवस्था गर्न लागेको हो । हरेक वर्ष एक सय घर बनाउने योजनासहित काम भइरहेको छ । पहिलो वर्षका लागि यस कार्यक्रममा रू एक करोड विनियोजन भएको नगरपालिकाका प्रमुख शमशेर लामाले बताउनुभयो । हिउँदे अधिवेशनमा यसको बजेट बढाइएको छ । ।” यस वर्षमा निर्माण गरिने भनिएका घरहरूमध्ये मङ्सिर मसान्तसम्म ३२ वटा घरको निर्माण सम्पन्न भई रकम भुक्तानीसमेत भइसकेको लामाको भनाई छ । हाल आठवटा घर निर्माणको क्रममा छन् । घर निर्माणका लागि नगरपालिकाले प्रतिघर…
Read More
चितवनका किसानद्धारा दूधको मूल्य बढाउन माग

चितवनका किसानद्धारा दूधको मूल्य बढाउन माग

चितवनका किसानले दूधको मूल्य बढाउन माग गरेका छन् । उत्पादन लागत तथा उपभोग्य वस्तुको भाउ बढेको जनाउँदै किसानले भरतपुरमा पत्रकार सम्मेलन गरेर दूधको मूल्य बढाउन सरकारसंग आग्रह गरेका हुन् । सहकारी संघका अध्यक्ष किशोर बगालेले उक्त पत्रकार सम्मेलनमा दूधको मूल्य बढाउन र कच्चा पदार्थको मूल्यवृद्धिलाई रोक्न माग गर्नुभएको हो । बैंक तथा वित्तीय संस्थाले ऋण असुली भन्दै किसानलाई धरपकड गरेको उहाँको आरोप छ । । चितवनलाई सरकारले तीन वर्ष अगाडि दूधमा आत्मनिर्भर क्षेत्र घोषणा गरेको थियो । जिल्लामा ३३ प्रतिशत दुग्ध उत्पादक किसान छन् । यहाँका किसानले ६८ हजार छ सय ११ वटा गाईभैँसी पालेका छन् । जसबाट प्रतिदिन तीन…
Read More
सिरहामा ब्राउन सुगरसहित नौ जना पक्राउ

सिरहामा ब्राउन सुगरसहित नौ जना पक्राउ

सिरहामा प्रहरीले लागूऔषध ब्राउन सुगरसहित नौ जनालाई पक्राउ गरेको छ । सिरहाको नवराजपुर गाउँपालिका २ मझौराबाट ब्राउन सुगरजस्तो देखिने सेतो पदार्थ २८ ग्रामसहित नौ जनालाई पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय झाँझपट्टीको टोलीले ओमप्रकाश यादवको घरमा छापा मारेर उनै घरधनी यादवसहित सोही ठाउँका २२ वर्षीय अमितकुमार यादव, २५ वर्षीय देवरामकुमार यादव, लहान नगरपालिका १२ का ५१ वर्षीय मदनकुमार चौधरी, २३ वर्षीय नरसिंह चौधरीलाई पक्राउ गरेको हो । त्यसैगरी लहान नगरपालिका–५ का २७ वर्षीय इरफान हुसेन, लहान नगरपालिका–१ का १९ वर्षीय कृष्णा पासमान, सप्तरी शम्भुनाथ नगरपालिका–१२ अर्नाहका २३ वर्षीय रमेश पासमान र सप्तरीकै शम्भुनाथ नगरपालिकाका २२ वर्षीय सुरेशकुमार पासमान पनि…
Read More
पर्साको मालपोत कार्यालयबाट आठ जना पक्राउ

पर्साको मालपोत कार्यालयबाट आठ जना पक्राउ

प्रहरीले वीरगञ्जको मालपोत कार्यालय परिसरबाट आठजनालाई पक्राउ गरेको छ । सेवाग्राहीलाई हैरानी दिएको भन्दै प्रहरीले दीपककुमार पटेल, सन्तोषकुमार राउत, राजकुमार साह, सुशीलकुमार साह, शुभनारायण महतो कोइरी, धमेन्द्रकुमार सहनी, सञ्जय चौहान र हरिओम गुप्तालाई पक्राउ गरेको हो । मालपोत कार्यालयमा आएका सेवाग्राहीहरूलाई काम छिटो गराइदिन्छु भनेर बार्गेनिङ गरेको गुनासो आएपछि पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । मालपोत कार्यालयमा सेवाग्राहीको फाइल बोकेर भित्र बाहिर गर्ने, प्रचलित कानून विपरीत अत्याधिक सेवा शुल्क लिने तथा सेवाग्राहीलाई अनावश्यक हैरानी दिने गरेको जनगुनासो पटक पटक आएपछि उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक निर्मल बुढाथोकीले जानकारी दिनुभयो । उनीहरु…
Read More
बाँकेमा एक युवकले श्रीमती र दुई वर्षे छोरालाई पेट्रोल छर्किएर लगाइदिए आगो, छोराको मृत्यु, श्रीमती घाइते

बाँकेमा एक युवकले श्रीमती र दुई वर्षे छोरालाई पेट्रोल छर्किएर लगाइदिए आगो, छोराको मृत्यु, श्रीमती घाइते

बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर २ शक्तिनगरका एक युवकले पेट्रोल छर्किएर आगो लगाउँदा उहाँका दुई वर्षीय छोराको मृत्यु भएको छ भने श्रीमती घाइते हुनुभएको छ । हिजो आईतबार बेलुका ५ बजे ३० वर्षीय भानुभक्त विकले आफ्नै श्रीमती गंगा र छोरा प्रिन्सलाई पेट्रोल छर्किएर जलाएका थिए । त्यसपछि भारततर्फ भागेका विकलाई गएराति १ बजेतिर नै भारतको नानपारा आसपासबाट नियन्त्रणमा लिएर प्रहरीले कारबाही प्रक्रिया अघि बढाएको छ । जलेर गम्भीर घाइते हुनुभएका दुई वर्षीय छोरा प्रिन्सको भेरी अस्पताल नेपालगञ्जमा उपचारको क्रममा आज बिहान ६ बजेर २० मिनेटमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । भानुभक्तले एक वर्ष अगाडिदेखि नै श्रीमती…
Read More
ललतिपुरको ग्वार्कोमा कार र ट्याक्सी आपसमा ठोकिँदा दुई जनाको मृत्यु, छ जना घाइते

ललतिपुरको ग्वार्कोमा कार र ट्याक्सी आपसमा ठोकिँदा दुई जनाको मृत्यु, छ जना घाइते

ललितपुरको ग्वार्कोस्थित बि एण्ड बि अस्पताल नजिकै गएराती कार र ट्याक्सी आपसमा ठोकिदा दुईजनाको मृत्यु भएको छ । छ जना भने घाइते भएका छन् । उक्त दुर्घटनामा ट्याक्सीमा सवारछ६ जना र कारमा सवार दुईगरी आठजना घाईते भएका थिए । ट्याक्सीमा सवार ललितपुरको ताल्चीखेल बस्ने सुनसरीका ४७ बर्षीय सरोज कुमार बिक र कारमा सवार काठमाडौंको कलंकी बस्ने मोरङका अन्दाजी ३५ बर्षीय धन बहादुर बस्नेतको उपचारको क्रममा बि एण्ड बि अस्पताल मृत्यु भएको हो । अन्य घाइतेहरूको सोही अस्पतालमा उपचार भइरहेको छ । घाइते भएकामध्ये कार चालक कलंकी बस्ने झापाको बिर्तामोडका ३५ बर्षीय बिर बहादुर बिकको अवस्था भने गम्भीर रहेको छ ।…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.