प्रदेश

बारामा मतगणना सुरु

बारामा मतगणना सुरु

बारा क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनको मतगणना सुरु भएको छ । केहि बेर अगाडि शैक्षिक तालिम केन्द्रमा मतगणना सुरु भएको हो । मतगणना करैयामाई गाउँपालिका १ र सुवर्णपुर गाउँपालिका १ नम्बर वडाबाट सुरु गरिएको छ । बारा क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनको तर्फबाट जसपा अध्यक्ष उपेन्द्र यादव, नेकपा एमालेका पुरुषोत्तम पौडेल, जनमत पार्टीका शिवचन्द्र कुशवाहा, रास्वपाका रमेश खरेल उम्मेदवार हुनुहुन्छ । यसअघिको निर्वाचनमा बारा २ बाट विजयी हुनुभएका जसपाका रामसहाय प्रसाद यादव उपराष्ट्रपति बनेपछि रिक्त भएको स्थानमा उपनिर्वाचन भएको थियो । चितवनको मतगणना दिउँसो १ बजेबाट सुरु गर्ने सहमति सर्वदलीय बैठकमा भएको हो । तनहुँ १ मा भने…
Read More
भरतपुरको कृष्णपुर माविमा नाराबाजी भएपछि केहि बेर रोकिएको मतदान पुनः  सुरु

भरतपुरको कृष्णपुर माविमा नाराबाजी भएपछि केहि बेर रोकिएको मतदान पुनः सुरु

भरतपुर महानगरपालिका–७ स्थित राष्ट्रिय मावि कृष्णपुरमा रोकिएको मतदान पुनः सुरु भएको छ । मतदान स्थल बाहिर नाराबाजी भएपछि केहि बेर रोकिएको मतदान पुनः सुचारु भएको मतदान अधिकृत रमेश कुमार श्रेष्ठले जानकारी दिनुभयो । आचारसंहिता उल्लघंनकर्तालाई आयोगले नै कारबाही गर्ने सहमति भएपछि मतदान पुनः सुरु भएको श्रेष्ठको भनाई छ ।
Read More
चितवनको नयाँकिरण माविमा मतदान सुरु गर्न माग गर्दै मतदाताले गरे नाराबाजी

चितवनको नयाँकिरण माविमा मतदान सुरु गर्न माग गर्दै मतदाताले गरे नाराबाजी

दुई पक्षबीच विवाद र झडपपछि रोकिएको मतदान प्रक्रिया चाँडो सुरु गर्न माग गर्दै चितवनमा मतदाताले प्रदर्शनसहित नाराबाजी गरेका छन् । चितवनको भरतपुर महानगरपालिका–११ नयाँकिरण माविमा मतदान गर्न आएका मतदाताले मतदान प्रक्रिया चाँडो सुरु गर्न माग गर्दै नाराबाजी गरेका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा एमाले तथा सत्ता गठबन्धनका कार्यकर्ताबीच विवाद भएपछि रोकिएको उक्त स्थानको मतदान सुरु गर्न सर्वदलीय बैठक बसेर सुचारु गर्नेबारे छलफल भइरहेको छ ।
Read More
विद्युत् कटौती तालिका सार्वजनिक गर्न माग गर्दै उद्योगीद्वारा प्राधिकरण घेराउ

विद्युत् कटौती तालिका सार्वजनिक गर्न माग गर्दै उद्योगीद्वारा प्राधिकरण घेराउ

तालिकाबिना दैनिक ८ देखि १२ घण्टासम्म हुँदै आएको अनियमित विद्युत् कटौतीले उद्योग चौपट भएको भन्दै मोरङ व्यापार संघले आज आइतबार विद्युत् प्राधिकरणको दुहवी ग्रिडमा घेराउ गरेको छ । विद्युत् कटौतीको तालिका सार्वजनिक गर्न र भएको विद्युत् व्यवस्थित रुपमा वितरण गर्नुपर्ने माग गर्दै संघमा आबद्ध सुनसरी मोरङ औद्योगिक क्षेत्रका उद्योगीले ग्रिडमा धर्ना दिएका हुन् । धर्नाका क्रममा उद्योगीले विद्युत् कटौती तालिका सार्वजनिक गर्, जथाभावी विद्युत् काट्न पाइँदैन, उद्योग मार्न पाइँदैन, कुलमान घिसिङ राजीनामा दे जस्ता नारा लगाएका थिए । उनीहरुले विद्युत् कटौतीको तालिका सार्वजनिक नगरेसम्म घेराउ कार्यक्रम जारी रहने बताएका छन् । दैनिक ८ देखि १२ घण्टासम्म सूचनाबिना हुँदै आएको अनियमित…
Read More
कांग्रेस उम्मेदवार भट्टराईलाई निर्वाचन आयोगले सोध्यो २४ घण्टे स्पष्टीकरण

कांग्रेस उम्मेदवार भट्टराईलाई निर्वाचन आयोगले सोध्यो २४ घण्टे स्पष्टीकरण

निर्वाचन आयोगले तनहुँ क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईलाई आचारसंहिता उल्लंघन गरेको भन्दै २४ घण्टे स्पष्टीकरण सोधेको छ । उम्मेदवार भट्टराईले प्रचारप्रसार निषेध गरिएको अवधिमा मोवाइलबाट भ्वाइस मेसेजमार्फत मत मागेको सूचना पाएको भन्दै आयोगको तनहुँमा रहेको निर्वाचन अनुगमन समितिले स्पष्टीकरण सोधेको हो । उम्मेदवार भट्टराईले ७ गते राति १२ बजेपछि निर्वाचन आचारसंहिता २०७९ को दफा १७ (ग) प्रतिकूल हुने गरी भ्वाइस म्यासेजमार्फत मत माग्नुभएको आयोगले जनाएको छ । उम्मेदवार भट्टराईलाई आफैँ वा आफ्ना प्रतिनिधिमार्फत २४ घण्टाभित्र प्रमुख निर्वाचन अधिकृतको कार्यालयमा स्पष्टीकरण पेस गर्न निदर्शन दिएको अनुगमन समितिले जनाएको छ ।
Read More
बारामा उपचुनावमा असर पुर्याउन खोजेको आरोपमा पाँच जना पक्राउ

बारामा उपचुनावमा असर पुर्याउन खोजेको आरोपमा पाँच जना पक्राउ

बारामा भइरहेको उपचुनावमा असर पु¥याउन खोजेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । प्रहरीले देवताल गाउँपालिका ७ को मतदान केन्द्रबाट बारका दुई र रौतहटका तीन जना गरी पाँच जनालाई पक्राउ गरेको प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले जानकारी दिनुभयो । प्रहरीले जनता समाजवादीका स्थानीय नेता एवं जिल्ला समन्वय समितिका सदस्य रामसागर यादवसहित ५ जनालाई पक्राउ गरेको हो । यादवले सक्कल मतपत्रसँगै नमुना मतपत्र समेत मतपेटिकामा खसाल्न खोजेपछि प्रहरीले पक्राउ गरेको प्रमुख जिल्ला अधिकारी सापकोटाले बताउनुभयो । अन्य चार जनालाई होहल्ला गरेको आरोपमा पक्राउ गरिएको हो । उनीहरुलाई बेलुका ५ बजेपछि छोडिने सापकोटाले जानकारी गराउनुभयो । बारामा अहिलेसम्म २० प्रतिशत मत…
Read More
चितवनको नयाँकिरण माविमा मतदान  रोकियो , सर्वदलीय बैठक बसेर मतदान प्रक्रिया सुरु गर्ने तयारी

चितवनको नयाँकिरण माविमा मतदान रोकियो , सर्वदलीय बैठक बसेर मतदान प्रक्रिया सुरु गर्ने तयारी

चितवन क्षेत्र नं २ को उपनिर्वाचनका क्रममा एक मतदानस्थलमा मतदान प्रक्रिया स्थगित भएको छ । भरतपुर महानगरपालिका–११ नयाँकिरण माविमा मतदान स्थगित भएको हो । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछाने आउने क्रममा नाराबाजी गरेको भन्दै अन्य दलका नेता कार्यकर्ताले विरोध जनाएसँगै मध्याह्नबाट मतदान स्थगित भएको हो । यस स्थलमा सात केन्द्रबाट मतदान भइरहेको थियो । अहिले मतदानस्थलमा छलफल जारी रहेकोले चाँड पुनः मतदान सुरु हुने मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत ईश्वरी आचार्यले जानकारी दिनुभयो । नाराबाजी गरेसँगै आचारसंहिता कार्यान्वयन नभएको आरोप अन्य दलका प्रतिनिधिले लगाएका छन् । सर्वदलीय बैठक बसेर मतदान प्रक्रिया सुरु गर्ने तयारी भइरहेको उहाँको भनाई…
Read More
बागलुङको काठेखोलामा पिकअप जिप दुर्घटना, गलकोटका चार जना घाईते

बागलुङको काठेखोलामा पिकअप जिप दुर्घटना, गलकोटका चार जना घाईते

बागलुङको काठेखोला गाउँपालिका वडा नम्वर १ पाटामा आज बिहान पिकअप जिप दुर्घटना भएको छ । गलकोट नगरपालिका वडा नम्वर ३ हटियाबाट बागलुङ बजार जादैँ गरेको प्रदेश ३—०१—०२३ च ८६२५ नम्वरको पिकअप जिप मध्यपहाडि लोकमार्गमा दुर्घटना भएको हो । उक्त दुर्घटनामा चालक सहित चारजना घाईते भएका छन् । घाइते हुनेमा गलकोट नगरपालिका वडा नम्वर ३ का ५२ वर्षिय नितु श्रेष्ठ, ५७ वर्षिय विरबल श्रेष्ठ, ५९ वर्षिय कृष्ण श्रेष्ठ र चालक २६ वर्षिय अभिषेक श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय बागलुङका सुचना अधिकारी मदन केसीले जानकारी दिनुभयो । घाईतेहरुको अहिले धौलागिरी अस्पताल बागलुङमा उपचार भईरहेको र अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय बागलुङले…
Read More
रास्वपाका सभापति लामिछानेका कार्यकर्ताले बुथ कब्जा गर्न खोजे, भाँडभैलो मच्चाएपछि प्रहरीले लियो नियन्त्रणमा

रास्वपाका सभापति लामिछानेका कार्यकर्ताले बुथ कब्जा गर्न खोजे, भाँडभैलो मच्चाएपछि प्रहरीले लियो नियन्त्रणमा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा उम्मेदवार रवि लामिछानेका समर्थक र कार्यकर्ताहरूले मतदान स्थलमा भाँडभैलो मच्चाउने प्रयास गरेका छन् । लामिछानेका कार्यकर्ताले भाँडभैलो र होहल्ला गर्न खोजेपछि प्रहरीले नियन्त्रणमा लिएको छ । भाँडभैलो गर्न खोज्ने कार्यकर्ताहरूलाई लखेटेको छ । स्थानीयले लामिछानेका समर्थक गुण्डाहरूले बुथ कब्जा गर्न खोजेको भन्दै आक्रोश पोखेका छन् । लामिछानेको क्रेज पहिलाभन्दा घटेकाले लामिछाने पराजित हुने हो कि भनेर उहाँका समर्थक र गुण्डाहरूले बुथ कब्जाको प्रयास गरेको आरोप छ । भरतपुर महानगरपालिका वडा नं. ११ भोजाडस्थित नयाँकिरण मावि मतदान स्थलमा रास्वपाका कार्यकर्ताले केहीबेर तनाव उत्पन्न गरेका थिए । लामिछानेका समर्थकहरूले निर्वाचन आचारसंहिता विपरित नाराबाजी गरेपछि तनाव सिर्जना…
Read More
पाल्पामा बस दुर्घटना हुँदा एक जनाको ज्यान गयो, ३५ जना घाइते

पाल्पामा बस दुर्घटना हुँदा एक जनाको ज्यान गयो, ३५ जना घाइते

पाल्पाको जोरधारामा आज बिहान बस दुर्घटना हुँदा एक जनाको घटनास्थलमै ज्यान गएको छ भने ३५ जना घाइते भएका छन् । रुपन्देहीको बुटवलबाट बाग्लुङको बुर्तीबाङका लागि छुटेको लु १ ख ५९५६ नम्बरको बस दुर्घटनामा परेको हो । ज्यान गुमाएकी महिलाको परिचय खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । घाइते सबैलाई उपचारको लागि तानसेनमा रहेको लुम्बिनी मेडिकल कलेज प्रभासमा लगिएको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ ।
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.