कांग्रेस उम्मेदवार भट्टराईलाई निर्वाचन आयोगले सोध्यो २४ घण्टे स्पष्टीकरण

निर्वाचन आयोगले तनहुँ क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईलाई आचारसंहिता उल्लंघन गरेको भन्दै २४ घण्टे स्पष्टीकरण सोधेको छ ।
उम्मेदवार भट्टराईले प्रचारप्रसार निषेध गरिएको अवधिमा मोवाइलबाट भ्वाइस मेसेजमार्फत मत मागेको सूचना पाएको भन्दै आयोगको तनहुँमा रहेको निर्वाचन अनुगमन समितिले स्पष्टीकरण सोधेको हो । उम्मेदवार भट्टराईले ७ गते राति १२ बजेपछि निर्वाचन आचारसंहिता २०७९ को दफा १७ (ग) प्रतिकूल हुने गरी भ्वाइस म्यासेजमार्फत मत माग्नुभएको आयोगले जनाएको छ ।
उम्मेदवार भट्टराईलाई आफैँ वा आफ्ना प्रतिनिधिमार्फत २४ घण्टाभित्र प्रमुख निर्वाचन अधिकृतको कार्यालयमा स्पष्टीकरण पेस गर्न निदर्शन दिएको अनुगमन समितिले जनाएको छ ।

By रेडियो अर्पण

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.