वन्यजन्तु मार्ने घटनाका दोषीलाई कारबाही गर्न सौराहा जेसिजको माग
वन्यजन्तु मार्ने घटनाका दोषीलाई कारबाही गर्न सौराहा जेसीज परिवारले माग गरेको छ । आज एक विज्ञप्ती जारी गर्दै जेसीजले गत हप्ता नारायणी नदीको भंगालोमा गैंडाका आमा र छोरा मृत भेटिएपछि यस घटनाप्रति दुःख प्रकट गर्दै बन्यजन्तु मार्ने घटनाका दोषीलाई आवश्यक छानविन गरी कारबाही गर्न माग गरेको हो । (संरक्षणमा युवा) भन्ने मुख्य नारा लिएको जेसीजले यस घटनाको आवश्य छानविन गरी घटनामा संलग्न दोषीहरुलाई कानुन बमोजिम सजाय गरियोस् भन्दै सम्पूर्ण संरक्षण विद, सरोकारवाला र सम्बन्धित निकायलाई ध्यानाकर्षण गराएको छ । जेसीजका अध्यक्ष सुरेश भुसालद्धारा जारी गरेको विज्ञप्तीमा भनिएको छ–‘ नेपालको पहिलो राष्ट्रिय निकुञ्जको रुपमा स्थापना भएको चितवन राष्ट्रिय निकुञ्ज जसलाई, जीव…