आर्थिक खबर

सुनको मुल्य फेरी बढ्यो

सुनको मुल्य फेरी बढ्यो

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख पाँच हजार दुई सय पुगेको छ । अघिल्लो दिन प्रतितोला रु एक लाख चार हजार पाँच सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु सात सयले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख चार हजार सात सय छ । यसको मूल्य अघिल्लो दिन रु एक लाख चार हजार थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला रु २० ले बढेर रु एक हजार तीन सय ७५ पुगेको महासङ्घले जनाएको छ । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन…
Read More
सरकारले अवैध क्रसर बन्द गराएको रिसमा व्यवसायीले ढुङ्गा, गिटी बेच्न छाडे, विकास निर्माणको काम प्रभावित

सरकारले अवैध क्रसर बन्द गराएको रिसमा व्यवसायीले ढुङ्गा, गिटी बेच्न छाडे, विकास निर्माणको काम प्रभावित

सरकारले अवैध क्रसर बन्द गराएको रिस फेर्न व्यवसायीले ढुङ्गा, गिटी र बालुवा बेच्न छाडेपछि विकास निर्माणको काम प्रभावित हुन थालेको छ । गृह मन्त्रालयले अवैध क्रसर बन्द गराउन पत्राचार गरेपछि वैधरूपले सञ्चालनमा रहेका क्रसर उद्योगीले पनि सोहि रिसमा ढुङ्गा, गिटी र बालुवा नबेच्दा ठूला विकास निर्माणका काम नै प्रभावित हुन थालेका हुन् । गृह मन्त्रालयले गत पुस २० गते सबै जिल्ला प्रशासन कार्यालयलाई पत्र पठाएर अवैध र मापदण्ड विपरीत सञ्चालनमा रहेका क्रसर उद्योग बन्द गराउन पत्र पठाएको थियो । प्रारम्भिक तथ्याङ्कअनुसार सञ्चालमा रहेका आधाभन्दा धेरै क्रसरले दर्ता नवीकरण नगरेको, आवश्यक कागजात कार्यालयमा नराखेको, मापदण्ड विपरीत उत्खनन गरेको पाइएको गृह मन्त्रालयले…
Read More
नारायणी नदीमा हिजोदेखि चल्यो पानीजहाज

नारायणी नदीमा हिजोदेखि चल्यो पानीजहाज

चितवनको नारायणी नदीकिनारमा हिजोदेखि क्रुजसिप (पानीजहाज)सञ्चालनमा आएको छ । राइनो वाटर इन्टरटेनमेन्ट प्रालिले हिजो आइतबार दिउँसो १ बजे विशेष क्रुजिङको समयलाई साइत मानेर पर्यटकीय प्रयोजनका लागि क्रुज सञ्चालनमा ल्याएको हो । करिब दुईवर्ष पहिले नै क्रुजसिपको परीक्षण गरिएपनि कोभिड महामारी र केही नीतिगत व्यवधानका कारण उक्त क्रुजसिप( पानीजहाज)सञ्चालनमा आउन सकेको थिएन । अहिले सबै प्रक्रिया पूरा गरेर क्रुजसिप सञ्चालनमा ल्याइएको राइनो वाटर इन्टरटेनमेन्ट प्रालिका कार्यकारी निर्देशक दीपक ढुङ्गेलले जानकारी दिनुभयो । निर्देशक ढुङ्गेलका अनुसार तीनतला रहेको क्रुजमा एकपटकमा एकसय ८० जना यात्रु चढ्न सक्छन् । यसको कुल क्षमता भने दुईसय जना रहेको छ । क्रुज चढ्न सातसय रूपैयाँ शुल्क तिरेर…
Read More
नारायणगढ–मुग्लिन सडक खण्डको काम सकिएन अझै, निर्माण कम्पनीले माग्यो थप एक वर्षको समय

नारायणगढ–मुग्लिन सडक खण्डको काम सकिएन अझै, निर्माण कम्पनीले माग्यो थप एक वर्षको समय

पुल निर्माणका लागि भित्तो काट्नुपर्ने भएकाले दिउँसोको समयमा चार घण्टा बन्द गरिँदै आएको नारायणगढ–मुग्लिन सडक खण्डको काम नसकिएपछि समय थप गर्नुपर्ने देखिएको छ । यही पुस ५ गतेदेखि ३० दिनका लागि बिहान ११ बजेदेखि अपराह्न ३ बजेसम्म सडक रोकेर काम गरिँदै आएको छ । सो आयोजना हेर्दै आएको नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन)का सूचना अधिकारी कृष्ण आचार्यका अनुसार सवारी रोकेर काम गर्दा प्रभावकारी भएको छ । निर्माणाधीन पाँच पुलमध्ये तीनको भित्तो काट्ने काम सकिएको छ । अन्य दुई वटाको काम नसकिएपछि ठेकेदार कम्पनीले थप २१ दिनको समय माग गरेको छ । यसअघि भएको निर्णयअनुसार माघ ४ गते ३० दिन…
Read More
१४औँ संस्करणको चितवन महोत्सव आजदेखि सुरु

१४औँ संस्करणको चितवन महोत्सव आजदेखि सुरु

उद्योग वाणिज्य संघ चितवनको आयोजनामा नारायणगढस्थित नारायणी नदी किनारमा १४औँ संस्करणको चितवन महोत्सव आजदेखि सुरु भएको छ । उक्त महोत्सवको बागमती प्रदेशका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मिलनबाबु श्रेष्ठले कलात्मक पानसमा दियो बालेर उद्धघाटन गर्नुभएको छ । यसअघि महोत्सवको उद्धघाटन उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गर्ने तय भएको थियो । तर, मौसम प्रतिकुलता कारण समयमै जहाज उड्न नसक्दा अर्थमन्त्री पौडेल आउन नपाएको बताइएको छ । महोत्सव अब आउँदो माघ ४ गतेसम्म चल्नेछ । उक्त महोत्सवमा चितवनको धर्म, संस्कृति र पर्यटनको विकासलाई केन्द्रित गरी कार्यक्रम तय गरिएको छ । महोत्सवमा चारसय ५० स्टल रहेका र २५ करोड रुपैयाँ बराबरको कारोबार हुने…
Read More
पेट्रोलियम पदार्थको मूल्य घटाउन प्रधानमन्त्री दाहालको निर्देशन

पेट्रोलियम पदार्थको मूल्य घटाउन प्रधानमन्त्री दाहालको निर्देशन

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचन्ड) ले पेट्रोलियम पदार्थको मूल्य घटाउन निर्देशन दिनुभएको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेको र भारतबाट आएको मूल्यसूचीअनुसार पनि सोही बमोजिम मूल्य समायोजन गर्न दाहालले वाणिज्य तथा आपूर्ति सचिव तोयम रायालाई निर्देशन दिनुभएको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आज वाणिज्य तथा आपूर्ति सचिवलाई बोलाएर प्रधानमन्त्री दाहालले आम जनतालाई राहतको अनुभूति हुने गरी पेट्रोल, डिजेल तथा हवाई इन्धनको मूल्य कटौती गर्न निर्देशन दिनुभएको बताइएको छ ।
Read More
नवलपुरबाट चितवन निकुञ्जभित्र जंगल सफारी खोलिदै

नवलपुरबाट चितवन निकुञ्जभित्र जंगल सफारी खोलिदै

पर्यटनको प्रचुर सम्भावना रहेको नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा चितवन राष्ट्रिय निकुञ्जभित्र जङ्गल सफारी ‘ट्र्याक’ खोलिने भएको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व)बाट जान मिल्ने गरी पहिलो पटक चितवन राष्ट्रिय निकुञ्जभित्र जंगल सफारी ट्र्याक खोल्न लागिएको हो । हालसम्म जिल्लाका मध्यवर्ती सामुदायिक वनहरुमा जंगली सफारी हुने गरे पनि पहिलो पटक निकुञ्जको कोर एरियामा सफारी गर्ने प्रबन्ध गर्न लागिएको छ । जंगल सफारी ट्र्याक जिल्लाको सिख्रौली मध्यवर्ती क्षेत्र, शिसवार मध्यवर्ती क्षेत्र, लामिचौर मध्यवर्ती क्षेत्रमा पर्नेछ । यसले गैँडाकोट नगरपालिका, देवचुली नगरपालिका र कावासोती नगरपालिकालाई छुने देवचुली नगरपालिका प्रमुख हरिप्रसाद न्यौपानेले बताउनुभयो । ट्र्याक निर्माणका लागि चितवन राष्ट्रिय निकुञ्ज, होमस्टे तथा होटल एसोसिएसन नवलपुर, देवचुली…
Read More
सुनको मूल्य वर्षकै उच्च

सुनको मूल्य वर्षकै उच्च

नेपाली बजारमा आज बुधबार सुनको मूल्य यो वर्षकै सबैभन्दा उच्च कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलाको एक लाख दुई हजार नौसय रुपैयाँ पुगेको छ । सुनको मूल्य यस दिन तोलामा तीनसय रुपैयाँले बढेको हो । मंगलबार छापावाल सुन तोलाको एक लाख दुई हजार छ सय मा कारोबार भएको थियो । यो वर्ष यसअघि गएको वैशाखमा तोलाको एक लाख दुई हजार पाँचसय रुपैयाँसम्म कारोबार भएको थियो । बुधबार तेजाबी सुन तोलाको एक लाख दुई हजार चारसय रुपैयाँमा कारोबार भइरहेको छ । यस दिन चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको छ । चाँदी तोलाको…
Read More
चितवनमा मिटरब्याजका २३ उजुरी, गृहमन्त्री लामिछानेलाई बुझाइयोे कानुनी मस्यौदाको प्रस्ताव

चितवनमा मिटरब्याजका २३ उजुरी, गृहमन्त्री लामिछानेलाई बुझाइयोे कानुनी मस्यौदाको प्रस्ताव

बैँकहरुले ऋण दिन छाडेसँगै चितवनमा मिटरब्याजीहरुको संख्या बढ्दै गएको छ । चितवनमा गत पुस १९ गतेसम्म मिटरब्याजीबाट ठगिएका २३ वटा उजुरी दर्ता भएका छन् । यसबारे जनगुनासो आउनेक्रम बढ्दै गएको छ । चितवनमा दर्ता भएका उजुरीहरुमध्ये जिल्ला प्रशासन कार्यालयले एउटा उजुरीको समाधान गरेको छ भने कारबाहीको क्रममा दुईवटा उजुरी रहेका छन् । कानुनको स्पष्ट अभावमा मिटरब्याजीहरुलाई कारबाही गर्न नसकिएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ । यस विषयमा पीडितलाई न्याय दिन कानुनको अभाव भएको चितवनका प्रमुख जिल्ला अधिकारी आश्मान तामाङले बताउनुभयो । मिटरब्याजीलाई ठगी मुद्दाअन्तर्गत कारबाही गर्नुपर्ने भएकाले त्यसको लागि ठगी हो वा होइन भनेर प्रहरीले प्रमाणित गर्नुपर्ने उहाँको भनाई…
Read More
जरिवाना तिराउने निर्वाचन आयोगको निर्णयविरूद्ध सर्वोच्च पुगे मेयर बालेन

जरिवाना तिराउने निर्वाचन आयोगको निर्णयविरूद्ध सर्वोच्च पुगे मेयर बालेन

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले निर्वाचन आयोगले तोकेको जरिवानाविरूद्ध सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको छ । आज मंगलबार मेयर शाहले सर्वोच्च अदालतको संवैधानिक इजलासमा निवेदन पेश गर्नुभएको हो । बालेनको तर्फबाट पेस गरिएको रिटमा आयोगको निर्देशनबमोजिम ३० दिनभित्र विवरण बुझाउनुपर्ने भए पनि ३०औँ दिन सार्वजनिक बिदा भएको कारण बुझाउन नसकेको र ३१औँ दिन असार १२ गते विवरण बुझाएको रिटमा लेखिएको छ । निर्वाचन आयोगले मेयर शाहलगायत जनप्रतिनिधिलाई चुनावी खर्च ढिलो गरी बुझाएको भन्दै जरिवाना तोकेको थियो । आयोगले शाहलाई सातलाख ५० हजार जरिवाना तोकेको छ । आयोगले तोकेअनुसार सात लाख ५० हजार रुपैयाँ चुनावी खर्च गर्न पाउने भए पनि आफूले…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.