चितवन, पुस १७ । प्रेस चौतारी नेपाल चितवन शाखाको अधिवेशन पुस २५ गते हुने भएको छ ।
आज (शनिबार) बसेको सचिवालयको बैठकले पुस २५ गते जिल्ला अधिवेशन गर्ने निर्णय गरेको हो । अधिवेशन सम्पन्न गर्नका लागि विभिन्न उपसमितिहरु गठन गरिएको छ ।
प्रतिनिधि व्यवस्थापन उपसमितिमा गोविन्द घिमिरे, इन्दिरा दाहाल र अमिर रामदाम रहेकाछन् । प्रचारप्रसार उपसमितिमा कृष्ण आचार्य, ध्रुवराज खनाल र सञ्जय चौधरी, हल तथा मञ्च व्यवस्थापन उपसमितिमा हेमराज रिमाल, सविता दराई र कुल काफ्ले, भोजन, आवास तथा यातायतमा सचिन भट्टराई, राजु थापा र बद्री अर्याल, स्वागत तथा अतिथि सत्कारमा रविना पौडेल, रामशरण गैरे, हिरालाल आचार्य ‘डायमण्ड’ रहेकाछन् । यस्तै आर्थिक उपसमितिको जिम्मेवारी मुकुन्द भूषाल, लक्ष्मण सापकोटा र आनन्द पोखरेललाई दिइएको छ ।
बैठकले प्रतिवेदन तयारीका लागि अध्यक्ष सुवास पण्डित र सहअध्यक्ष कृष्ण आचार्यलाई जिम्मेवारी दिएको छ । अधिवेशन अगाडि नै सदस्यता अद्यावधिक गरी प्रदेशमा सिफारिस गर्ने निर्णय गरिएको प्रेस चौतारी चितवनका सहअध्यक्ष कृष्ण आचार्यले जानकारी दिए ।
यस्तै बैठकले अधिवेशनको सन्दर्भ पारेर विभिन्न पुरस्कार वितरण गर्ने निर्णय गरेको आचार्यले बताए। स्वर्गीय द्वारिका नेपाल स्मृति पुरस्कार वितरणका लागि केन्द्रीय सदस्य शालिग्राम नेपाल, सन्तकुमार चौधरी, जिल्ला अध्यक्ष सुवास पण्डित, सदस्यहरु दिपेन्द्र अधिकारी र शान्ता अधिकारी रहेको छनोट समिति गठन गरिएको छ ।
बैठकमा केन्द्रीय सदस्य शालिग्राम नेपाल, राधेश्याम खतिवडा, नवराज ढकाल, सन्तकुमार चौधरी, तिलक रिमाल, तिर्थ नेपाल लगायतको उपस्थिति रहेको थियो ।
यसअघि प्रेस चौतारीको केन्द्रीय कमिटीको बैठकले केन्द्रीय अधिवेशन माघ २२ गते कास्कीको पोखरामा गर्ने निर्णय गरेको छ । यस्तै, जिल्ला अधिवेशन पुस २८ र २९ गते, साथै प्रदेश अधिवेशन माघ ३–६, मा गर्ने निर्णय केन्द्रीय कमिटीले गरेको छ ।