पिसाब गर्ने क्रममा करेन्ट लागेर मृत्यु

ललितपुर, पुस २३ । ललितपुरको कोञ्ज्योसोम-३ शंखु छापकमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

प्रहरी कार्यालय गोटीखेलका प्रहरी हलल्दार प्रकाश श्रेष्ठका अनुसार पिसाब फेर्ने क्रममा करेन्ट लाग्दा कोञ्ज्योसोम दलचोकी बस्ने ३५ वर्षीय शम्भु घिमिरेको मृत्यु भएको हो ।

करेन्ट लागेर घाइते भएका घिमिरेलाई उपचारका लागि कीर्तिपुर अस्पताल पुर्‍याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए । बिहीबार साँझ ५ बजेर २५ मिनेटको समयमा घिमिरे ढलेपछि उठाउन जाँदा करेन्ट लागेको थाहा भएको थियो ।

By Admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.