कर्णाली प्रदेशसभाको नवौँ अधिवेशन आह्वान

सुर्खेत, पुस २३ । कर्णाली प्रदेशसभाको नवौँ (हिउँदे) अधिवेशन यही पुस २८ गते बस्ने भएको छ ।

प्रदेश प्रमुख तिलक परियारले प्रदेश सरकारको निर्णयबमोजिम नेपालको संविधान धारा १८३ (१) बमोजिम प्रदेशसभा अधिवेशन आह्वान गरेका हुन् ।

प्रदेशसभा बैठक पुस २८ गते बुधबार दिउँसो ३ बजे बोलाइएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

यसअघि गत मंसिर १४ गते मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत लिने प्रयोजनार्थ प्रदेशसभाको विशेष अधिवेशन बोलाइएको थियो।

By Admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.