झुवानीमा निशुल्क स्वास्थ्य सिविर सम्पन्न

रत्ननगर
रत्ननगर ५ झुवानीमा निशुल्क स्वास्थ्य सिविर सम्पन्न भएको छ।
रत्ननगर ४ सिनेमा रोडमा रहेको अनुराग फार्मेसी र लायन्स क्लब अफ चितवन राईनो सिटिको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको अनुराग फार्मेसीका संचालक टेक प्रसाद सापकोटा ‘बाशु’ ले जानकारी दिनुभएको छ।

झुवानी माध्यमिक विधालयको प्राङ्गणमा संचालन भएको उक्त निशुल्क स्वास्थ्य परिक्षण कार्यक्रममा चितवन मुटु अस्पतालका वरिष्ठ फिजिसियन सन्तोष शर्मा भुसालले करिव १७० जना विरामीको स्वास्थ परिक्षण र आवश्यकता अनुसारको निशुल्क औसधि वितरण गरिएको सापकोटाले बताउनु भएको छ।

रत्ननगर नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष बालकृष्ण चापागाईंको प्रमुख अतिथी रहनुभएको उक्त कार्यक्रम क्लबका अध्यक्ष लायन जनक ढुङ्गानाको सभापतित्वमा सप्पन्न भएको हो।

By सञ्जय दवाडी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.